News Portal

रेडियो सुन्नुहोस्

एकैरातमा दर्जन बढी ठाउँमा चोरी : सुन र गहना नभेटाए तोड्दै भाग्दै

महेश थापा२०७८ माघ २५
९६१ पटक
२०७८ माघ २५

प्यूठानमा गएराती दर्जन बढी ठाउँमा चोरी भएको छ । नौबहिनी र प्यूठान नगरपालिकाको बिभिन्न ठाउँमा चोरी भएको हो । नौबहिनी गाउँपालिका ६ बल्लेखोला रमेश केसीको घरबाट ६ तोला सुन चोरी भएको छ ।

श्रीदेव स्टोर्स पसल रहेको घरको गेट, कोठा र दराजको ताला फोरेर सुन र नगद चोरी भएको पिडित के.सी.ले बताए । दराजमा २ वटा पोकाको सुन चोरेको भएपनि ९ तोला सुन भएको पोका घरमै खसेको अवस्थामा उनीहरुले भेटाएका हुन् ।

पिडित के.सी.का अनुसार नगद ३५ हजार रुपैयाँ समेत चोरी भएको छ । गएराती आफूहरु घरमा नभएको मौका छोपी चिनेजानेको आफन्तबाटै चोरी भएको हुनसक्ने स्थानीयले बताए ।

त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा गएराती चोरी भएको छ । प्यूठान न.पा. ८ धाइरेका २ वटा पसलमा चोरी भएको हो । यहाँबाट शिव के.सी.को पसलबाट २२ हजार रुपैयाँ नगद, सुनको तिलहरी र ७/८ हजारको रिचार्ज कार्ड चोरी भएको छ ।

दम्तिका बिभिन्न पसलमा चोरी भएपनि नगद र सुन नभेटाएपछि ताला तोड्दै हिडेको स्थानीयले बताए । उनीहरुले बाख्रा गोठमा समेत तोडफाड गरी क्षति पुर्याएका छन । यो क्षेत्रका करिब १० वटा भन्दा बढी ठाउँमा चोरी भएको छ ।
यसैबिच प्यूठान नगरपालिको जुम्रिको घरबाट गत हप्ता घरको ताला तोडेर ८ तोला सुन चोरी भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...