News Portal

रेडियो सुन्नुहोस्

एमसीसी: आजै संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड, माओवादी विपक्षमा, एमालेले बैठक चल्न नदिने

झुलेनी पोष्ट२०७८ फागुन ४
७९२ पटक
२०७८ फागुन ४

अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्‌मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्।

विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन् भने प्रतिनिधिसभा बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले के निर्णय गर्छ भन्नेमा पनि धेरैको चासो रहेको छ।

विभिन्न सञ्चारमाध्यमहरूमा बुधवारै एमसीसीसम्बन्धी प्रस्ताव संसद्‌मा पेस हुने विवरणहरू आएका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा भने बुधवार एमसीसीबारे प्रस्ताव पेस गर्ने कुरा राखिएको छैन।

उता आठवटा साना कम्युनिस्ट दलहरूले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको घोषणा गरेका छन् र त्यसको विभिन्न स्थानमा प्रभाव पनि परेको खबर छ।

संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले बुधवारै एमसीसी प्रतिनिधिसभामा पेस गराउनका निम्ति जोड दिने बताइन्।

उनले बीबीसीसँग भनिन्, “हाम्रो जोड आजै पेस गर्ने भन्नेमा हुनेछ र सरकारले त्यसबारे प्रस्ताव पनि ल्याउनेछ।”

तर सत्ताधारी गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपाल एमसीसीको विरोधमा अन्य साना दलहरूसँग नेपाल बन्दसम्मको विरोध कार्यक्रममा सहभागी भइरहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विरोध गर्ने विवरण आएका छन्।

ती पार्टीहरूका जनवर्गीय सङ्गठनहरूले त विरोध नै थालिसकेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...