News Portal

रेडियो सुन्नुहोस्

एमसीसी: आजै संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड, माओवादी विपक्षमा, एमालेले बैठक चल्न नदिने

झुलेनी पोष्ट२०७८ फागुन ४
१०१२ पटक
२०७८ फागुन ४

अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्‌मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्।

विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन् भने प्रतिनिधिसभा बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले के निर्णय गर्छ भन्नेमा पनि धेरैको चासो रहेको छ।

विभिन्न सञ्चारमाध्यमहरूमा बुधवारै एमसीसीसम्बन्धी प्रस्ताव संसद्‌मा पेस हुने विवरणहरू आएका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा भने बुधवार एमसीसीबारे प्रस्ताव पेस गर्ने कुरा राखिएको छैन।

उता आठवटा साना कम्युनिस्ट दलहरूले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको घोषणा गरेका छन् र त्यसको विभिन्न स्थानमा प्रभाव पनि परेको खबर छ।

संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले बुधवारै एमसीसी प्रतिनिधिसभामा पेस गराउनका निम्ति जोड दिने बताइन्।

उनले बीबीसीसँग भनिन्, “हाम्रो जोड आजै पेस गर्ने भन्नेमा हुनेछ र सरकारले त्यसबारे प्रस्ताव पनि ल्याउनेछ।”

तर सत्ताधारी गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपाल एमसीसीको विरोधमा अन्य साना दलहरूसँग नेपाल बन्दसम्मको विरोध कार्यक्रममा सहभागी भइरहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विरोध गर्ने विवरण आएका छन्।

ती पार्टीहरूका जनवर्गीय सङ्गठनहरूले त विरोध नै थालिसकेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...