News Portal

रेडियो सुन्नुहोस्

पोषण सुधारका लागि चल्ला वितरण

सुजाता थापा क्षेत्री२०७८ फागुन १२, प्युठान
९८० पटक
२०७८ फागुन १२, प्युठान

सरुमारानी गाउपालिकाको ६ वटै वडाहरुमा बुधबार सुनौलो १ हजार दिनका आमाहरूलाई पोषण सुधारमा सहयोग गर्ने उदेश्यले उनीहरुलाई कुखुराको चल्ला वितरण भएको छ।
गाउँपालिकाको आ. व. २०७८/०७९ को वार्षिक स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत प्रत्येक वडाहरुमा ३०/३० जनाको दरले १८० आमाहरुलाई ५/५ वटाका दरले ९ सय कुखुराको चल्ला वितरण गरिएको पशु सेवा शाखा प्रमुख केशब गिरिले बताए ।
उनका अनुसार सुनौलो १ हजार दिन अन्तर्गत गर्भावस्थाको ९ महिना अर्थात २७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात ७३० दिनको अवधिलाई सुनौलो हजार दिन ( आमा र बच्चाको गोल्डेन डे) मानिने उनको भनाइ छ।
उक्त कार्यक्रम प्रत्येक वडामा सोहि वडाको वडाध्यक्षको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...