News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भेटियो कालाजारको बिरामी : अस्पतालमा उपचार हुँदै

बोम बहादुर परियार२०७८ फागुन १९
२४९२ पटक
२०७८ फागुन १९

प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ ।

मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो ।

आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान र जिल्ला अस्पताल प्यूठानको समन्वयमा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाई अस्पताल बिहिबार ल्याईएको हो ।

उनको स्वास्थ्य जाँच गर्दा कालाजार रोग पुष्टि भएको प्यूठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिए ।
बिरामीलाई अहिले प्यूठान अस्पतालमा राखेर उपचार गरिएको छ ।

एम्फोटेरिसिन बि नामक औषधी जिल्लामा उपलब्ध नभएपछि बाहिरबाट मगाइएको छ । बिरामीलाई भोलि देखिनै औषधी सुरु गरिने दर्नालले बताएका छन् ।

साथै बिरामीको घर परिवार र सय मिटर वरिपरिका छर–छिमेकीहरुलाई ज्वरो आउने, तौल घट्ने लगायतका समस्या देखिएमा स्कृनिङ्ग गरिने स्वास्थ्य कार्यालय प्यठानका नि. प्रमुख मधुसुदन खड्काले जानकारी दिए ।

कालाजार एक प्रकारको भुसुना (स्यान्ड फ्लाई) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा यो रोग सार्ने गर्छ । यस्ताखाले भुसुनाहरू गोबरमाटोले लिपेर ओसिलो भएको घरको भित्ताका चिरा र प्वालहरूमा बस्ने गर्छन् । गाईभैंसीको गोठ, फोहोरमैला थुप्रिएको ठाउँ, दाउरा राख्ने ठाउँ, मुसाको दुलो आदिमा यस्तो भुसुनाले फुल पार्छ ।
लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिन्छ । कसैकसैमा त यो रोगको लक्षण संक्रमण भएको १० दिनदेखि २ वर्षसम्म पनि देखिन सक्ने डा. दर्नाल बताउँछन् ।
यो बिस्तारै फैलिने रोग हो । विश्वमा औलोपछि सबैभन्दा बढी मृत्यु कालाजारले हुन्छ । कालाजारको परजीविले शरीरका थुप्रै महत्त्वपूर्ण अंगलाई प्रभावित गर्छ । तर यसको सबैभन्दा बढी असर कलेजो र फियोमा पर्छ ।
यो रोग सार्ने भुसुना नौ फिटभन्दा माथि उक्लन सक्दैन । यसैले सम्भव भएसम्म माथिल्लो तलामा सुत्दा वा मचान बनाएर सुत्दा यो रोगको संक्रमणबाट जोगिन सकिन्छ ।
कालाजारको उपचारमा पहिले एक महिना जति समय लाग्ने गरे पनि हाल नयाँ उपचार विधि अन्तर्गत दस दिनभित्रै निको हुने डा. रोग हो ।
कालाजारको उपचारमा पैसा लाग्दैन, औषधि, परीक्षण र अस्पताल बस्नुपरे कुनै शुल्क लाग्दैन । सरकारको कार्यक्रम सञ्चालित जिल्लाहरूमा कालाजारबाट संक्रमितहरूले स्वास्थ्य संस्थाबाट एक हजार रुपैयाँ यातायात खर्च र विषादी उपचारित एउटा झुलसमेत निःशुल्क पाइन्छ ।
कालाजारका मुख्य लक्षणहरु :-
दुई साताभन्दा बढी समयसम्म निरन्तर ज्वरो आउनु,
तौल घट्नु, थाक्नु, खानामा रुचि नहुनु,
रगतको कमी हुनु,
फियो बढेको भेटिनु,
छालाको रंग गाढा कालो हुँदै जानु,
औंलो रोगको उपचार गर्दा समेत सुधार नहुनु,
घर छेउछाउ सफा राख्नुपर्छ,
सुत्दा झुल प्रयोग गर्नुपर्छ,
साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनुपछर्,
घर र गोठका भित्ताका प्वाल र चिराहरू राम्ररी टाल्नुपर्छ,
गोठ सकेसम्म घरभन्दा टाढा बनाउनुपर्छ,

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...