News Portal

रेडियो सुन्नुहोस्

दमौली बजारको आगो निभाउन हेलिकप्टर प्रयोग, आगो फैलिन नदिन ४ वटा घर भत्काइयो

झुलेनी पोष्ट
१०२७ पटक

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।

आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिएका छन् । उनका अनुसार आगो थप फैलिन नदिनका लागि चार वटा घर समेत भत्काइएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताएका छन् ।

आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने पनि प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...