News Portal

रेडियो सुन्नुहोस्

दमौली बजारको आगो निभाउन हेलिकप्टर प्रयोग, आगो फैलिन नदिन ४ वटा घर भत्काइयो

झुलेनी पोष्ट
१२१७ पटक

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।

आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिएका छन् । उनका अनुसार आगो थप फैलिन नदिनका लागि चार वटा घर समेत भत्काइएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताएका छन् ।

आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने पनि प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...