News Portal

रेडियो सुन्नुहोस्

चुनावका कुराः दिउँसै सपना देखाउने देखि सावधान !

मधुसुदन पोख्रेल२०७८ फागुन २६, प्यूठान
१२१५ पटक
२०७८ फागुन २६, प्यूठान

उस्ले भन्यो– तँ कुन पार्टीको मान्छे होस ? यसपाली भोट कस्लाई दिने ? यस्तै प्रस्नहरु थप्दै थियो । म उसको कुरा सुनिरहेको थिए । बोल्दै जाँदा उस्ले भन्यो म यसपाली त भोट नदिने सोंचमा छु । म केहि बोलिन । उस्ले गुनासोका चांङ तेर्साइरको थियो । मसँग सुन्ने बाहेक उस्लाई दिने केही जवाफ थिएन । उ त एउटा गरिखाने मान्छे हो । उस्को जस्तै गुनासा जनतासँग कति छन कति ? तपाइले कहिले सुन्नु भएको छ ।

हुन त म कुनै दल निकटको मान्छे हैन तर मलाई लाग्छ, समाजमा केहि गर्छु भन्नेका लागि अवसर दिनु पर्छ र उस्लाई मनै देखि सहयोग पनि गर्नु पर्छ । समाजमा समाज सेवा गर्छु भनेर धेरै मान्छेहरुलाई प्रलोभन देखाएर ठगी धन्दा चलाउने, राजनीतिको खोल ओढेर जनता झुक्याउने प्रवृत्तीले हाम्रो समाजमा जरा गाडेको छ । समाज रुपान्तरणका लागि युवाहरुलाई अवसरको बाटो खुल्ला गर्नुको साटो तानातान र हानाहान मात्र गरेको देख्दा मलाई मात्र हैन गाउँका सोझा जनताहरु पनि राजनीति प्रति वाक्क भएका छन ।

स्थानीय चुनाव आउदै गर्दा नेताहरु गाउँका सोझा–साझा जनतालाई झुक्याउँदै विभिन्न प्रलोभन देखाउदै आफुतिर आकर्षण गर्नका लागि हाम्रो गाउँमा मात्र हैन देशका कुना–कुनामा गुमनाममा रहेका गाउँमा पनि टुप्लुक्क पुगेको देखिन्छ । विचरा ति सोझाँ, सामाजीक संजाल नबुझेका जनताको के दोस आज यो पार्टीमा भोलि यो पार्टीमा भनेर फोटो पोष्टाएको । साच्चै जनता चाहिन्छ भने चुनाव मा मात्र हैन हर बखतमा जनतालाई साथ देऊ । चुनावमा मात्र हैन तिमी मर्दा पनि जनताले मलामी बनेर साथ दिने छन ।

गाउँ गाउँमा सिंह दरबार आयो भनेर खुशी हुने, हामी पाँच वर्ष सम्म के उपलब्धी भयो भनेर देखाउने काम छैन । गाउँ जाने बाटा उस्तै छन । नागरिकका दुख पिडा उस्तै छन । कोरोना महामारीबाट थलिएको हाम्रो समुदायमा कुनै उपलब्धी हुनै सकेको छैन । जे गरेउ नि तिम्रा आसे–पासे लाई गरेउ । न त साँच्चीकै कृषकले अनुदान पायो, न त डिग्री पास गरेकोले कुनै काम पायो । चुनावमा देखाएका सपना तिम्रा आफन्ती, आसेपासे मालामाल त भए तर जनताका लागि खै ?
समुदायमा प्रायः घरका सदस्यहरु भारत तथा तेस्रो मुलुक नगएको कुनै पनि घर भेटिदैनन् । वैदेशिक रोजगारमा गएका युवाहरुको चित्कार र पिडा सुन्दा साच्चै तिम्रा बकम्फुसे भाषणले केहि नाप्दैन । रेमिट्यान्सले धानिएको हाम्रो देश तिम्रा चिल्ला कुराले अब केहि गर्ने वाला छैन । अब साच्चै समाज रुपान्तरण गर्न चाहान्छौ भने आउ भिजन लिएर नत्र तिम्रो चिल्ला कुरा जनताले गाउँबाट लखेट्न समय लागाउँदैनन ।

बरोजगारी ले थलिएको हाम्रो समुदायका हामी काम गर्छु भन्दा पनि काम नपाउँदा आफैलाई लाग्छ देश मात्र सुन्दर हो देशमा सासन चलाउने त कालो मन भएका हुन । राजनीतिमा वितृष्णा जगाउने अगुवा वा नेता भनौदाको प्रवृत्तिले हो । राजनीति राम्रो हो तर राजनीति गर्नेहरुको गलत प्रवृत्तिले समाज बिगारेको बुझ्न सकिन्छ । अब साच्चै राजनीति गर्न चाहान्छौ, समाज रुपान्तरण गर्न चाहान्छौ भने आफ्नो कार्यकालमा गर्ने कामको लिष्ट बनाउँ । लिस्ट मात्र हैन प्रतिवद्धता गर, गर्छु मात्र हैन काम गरेर गरेँ भनी जनतालाई देखाऊ । बल्ल तिम्रो राजनीति सफल हुनेछ नत्र जनताले तिमिलाई बुझिसकेका छन ।

यो पार्टी र त्यो पार्टी भन्नु भन्दा पनि राम्रो गर्नेका लागि अवसर देऊ । अगाडी सारम भन्ने कुरा टोल, वस्ती, घसिया, गोठाले, समुह, ज्यामीहरु, कृषक, गृहणी देखि चिया गफमा पनि यो चर्चा चल्न थालेको छ । देउँसै सपना देखाउने देखि सावधान !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...