News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : जो अल्लोे अभियान्ता बनिन्

तेजेन्द्र बि.एम.२०७८ चैत ०२ प्यूठान
७६७ पटक
२०७८ चैत ०२ प्यूठान

कुनै मेला महोत्सव हुन हुदैन। त्यहा अल्लोका सामान बोकेर टुप्लुक्क पुगिहाल्छीन नौबहिनी–१, स्याउलीबाङकी चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित पुग्दा ५४ वर्षीय उनलाई सबैले अल्लोको अभियन्ता चित्रकली दिदी आइन भनेर सम्बोधन गर्दछन् । उनको स्टलमा पुग्ने जो कोहिाले पनि एउटा अल्लोको टोपी त लगाउन प¥यो भनेर किन्दी हाल्छन् । बुढालाई अल्लोले निकै परिचित बनाएको छ । उनले प्रदेश सरकाले प्रदान गरेको रत्न पदक समेत प्राप्त गरेकी छन् । उनले अल्लोबाट बुनेका टोपी, कोट, व्याग लगायत कपडा बिक्री गर्ने गर्दछिन । नेपाल सरकार र ग्राहकको मायाले आफूलाई अल्लो व्यवसायमा लाग्न थप हौसला मिल्दै गएको बुढाले बताउँछिन् । प्रदेश ५ प्रमुखको हातबाट प्रदेश स्थापनाको अवसर पारेर उनले पदक पाएकी थिइन् । ‘पदकले मेरो गर्जो त टर्दैन,’ उनले भनिन, ‘कामका लागि थप हौसला चाहि ठूलै हुदोरहेछ ।’ २० वर्ष अघिसम्म उनले जिल्लाकै दुर्गम गाउँ स्याउलीबाङमा परम्परागत रुपमा भांग्रो (अल्लोको कपडा) बनाउथिन् । कपडा बनाउन उनलाई आमाले सिकाएकी थिइन् ।

अल्लो सिस्नो प्रजातिको वनस्पति हो । उनले गाई÷बाख्रा चराउन जाँदा जंगलबाट त्यही सिस्नोको धागो निकालेर लिन्थिन। जागर लगाएर परिवारलाई चाहिने कपडा बनाउथिन् । त्यो बेलासम्म उनलाई जिल्लामा कसैले चिन्दैनथे । अहिले त्यहि सुरुको सिपले उनलाई अल्लो कपडा व्यवसायी बनाएको छ । देशभर अल्लो अभियान्ताकोरुपमा चिनाएको छ । दर्जनौ पुरस्कार दिलाएको । चित्रकलीले २० वर्षअघि १० हजार रुपैयाँ लगानीबाट नौबहिनी–६, बाहाने बजारमा अल्लो व्यवसाय थालेकी थिइन् । अहिले उनी वार्षिक करिब ५० लाख बढीको कारोबार गर्छिन् ।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने उनलाई सुरुमा व्यावसायिक महत्त्व जिल्ला लघुउद्यम विकास कार्यक्रमले बुझाएको बताउछिन् । अल्लोको अन्तर्रा्ष्ट्रिय बजार हुदोरहेछ भन्ने उनले पछि मात्रै थाहा पाएको बताइन। अल्लोलेनै विदेशमा समेत जाने अवसर मिलाएको बताइन् । ‘अल्लो त महत्त्वपूर्ण रहेछ’,उनले भनिन्,‘यसैले पदक पनि दिलायो । वर्षमा दुई ÷चार लाख रुपैया कमाइपनि भइरहेको छ । विदेश भ्रमण पनि गर्ने अवसर पाइयो ।’ अल्लोका पोसाकको माग बढ्दै गएपछि उनले अल्लो उद्योगमा लगानी पनि बढाएकी छन् । बाहनेबाट जिल्लाको व्यापारीक केन्द्र बाग्दुलामा समेत अल्लो उद्योगको बिस्तार गरेकी छन्। उनको उद्योगमा ढेड दर्जन बढी कामदार संलग्न छन् । चित्रकली अल्लो कपडा बिक्री गर्न मेला–महोत्सवसमेत धाउछीन्। श्रीमान जिल्लामा ठूला कार्यक्रम जहाँ हुन्छ त्यही अल्लोको टोपी लगेर बिक्री गर्न पुगीहाल्छन्। चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्सलगायत सामान बन्छ । कोठी हिमाल अल्लो उद्योगको कपडा धेरै प्रख्यात भएको छ ।

प्यूठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लो धागो खरिद बिक्रीमा संलग्न गराएकी छिन्। उनको उद्योगमा उत्पादीत अल्लोको कपडा साउदी, कतार, अस्ट्रेलिया,मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुरमा समेत निर्यात हुन्छन् । नौबहिनी गाउँपालिकाले त अल्लो उद्योगलाई प्रोत्सहान गर्न भन्दै सबै जनप्रतिधिले अल्लोको कपडा लगाउने अनिवार्य व्यवस्था समेत गरेको छ । जिल्लामा आउने पाहुनालाई मायाको चिनो चित्रकलीको उद्योगमा बनेको अल्लोको सामाननै हुने गरेको छ। प्यूठानको स्याउलीवाङ, अर्खा, लुङ, रजवारा, ओखरकोट,डाम्री, जुम्रीकाँढा क्षेत्रमा अल्लो पाइन्छ । यही अल्लोलेनै चित्रकलीको अल्लो उद्योग चलेको छ ।

Ko”7fgsf] gf}alxgL –^, afxfg]df sf]l7lxdfn cNnf] sk8f pBf]udf tof/ ePsf sk8f lalqm ug{ a;]sf Ps Jofkf/L . tl:a/Mlu?k|;fb e08f/L÷sflGtk’/

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने

झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई  भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला...

श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते

आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका...

कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल

कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ । सङ्घीय...

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि

२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक...

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम...