News Portal

रेडियो सुन्नुहोस्

कति कसिएला प्यूठानमा गठबन्धनको गाँठो

झुलेनी नेटवर्क २०७८ चैत १६ प्यूठान
७९८ पटक
२०७८ चैत १६ प्यूठान

२०७९ बैशाख ३० मा हुने निर्वाचनमा सत्ताधारी दलहरु एमाले विरुद्ध गठबन्धन गरेर जाने भन्ने प्यूठानको चोक–चोकमा व्यापक चर्चा छ । यद्यपी गठबन्धनको ढाँचाबारे भने दलहरुले खाका अझै बनाउन सकेका छैनन् । हलो दलहरुले पाउने पद कती भन्नेमै अड्कीएको छ ।

‘आवश्यकताका आधारमा’मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको निर्णय कार्यान्वयन गराउन प्यूठान कांग्रेसलाई सहज छैन् । अन्य दलहरुले खोजेको भाग दिँदा आफ्नै पार्टी भित्रका आंकक्षीहरुलाई मिलाउन कांग्रेस जिल्ला नेतृत्वलाई फलामको चिउरा बन्नसक्छ ।

सत्ता साझेदार माओवादी केन्द्र, राजमो, एकीकृत समाजवादी दलका जिल्ला नेताहरु जसरी पनि कांग्रेससंग गठबन्धन गरेरै जानुपर्छ भन्नेमा छन् । उनीहरूले गठबन्धनको बैठक तत्काल बसेर तालमेलको ढाँचा सहितको निर्णय गरेर चाडो भन्दा चाडो निर्वाचनमा होमिन कांग्रेसलाई दवाव दिइरहेका छन् । निर्वाचन आउन ४३ दिन मात्र बाँकी रहदासम्म तालमेलले मूर्तरुप दिन नसक्दा कांग्रेस बाहेका गठबन्धनका नेताले कतै तालमेल हुँदैनकी भन्ने शंका गर्न थालेका छन् ।
‘जिल्लाभरका सबै स्थानीय तहहरुमा तालमेल गरेर जानेगरी निर्णयमा पुग्न सक्ने अवस्था छैन,’ नेपाली कांग्रेस प्यूठानका पार्टी सभापति विष्णुु कुमार गिरीले भने,‘आवश्यकताको आधारमा स्थानीय तहरुमा मिल्न सकिन्छ ।’ जिल्ला भरमै निर्णय गरेर गठबन्धन गर्ने अवस्था नभएकाले कांग्रेस कार्यकर्तालाई स्थानीय स्तरमा छलफल गरेर निर्वाचनमा होमिन निर्देशन दिएको गिरीले बताए । सत्ता साझेदार गठबन्धनका दलसँग पटक–पटक बसेको बैठकमा ठोस निर्णयमा पुग्न नसकेको गठबन्धन स्रोत बताउँछ ।

‘स्थानीय आवश्यकता अनुसार जोसँग पनि गठबन्धन गर्न सकिने भनेर कांग्रेसको निर्णय आएको भए प्यूठानमा एमाले कांग्रेसको पनि तालमेल हुने सम्भावन हुनसक्थ्यो । जहाँ तालमेल हुन्छ, गठबन्धनका दलसँग हुन्छ भन्ने निर्णय केन्द्रले गरेकाले कांग्रेसको एमालेसंग जिल्लामा तालमेल नहुने प्रष्टै भइसकेको छ । अव सत्ताधारी दलहरुबिच गठबन्धन कस्तो बन्ला रु गठबन्धन भइहाले गाँठो कत्तिको कसिएला भन्ने हेर्न बाँकी छ ।

यसअघिको स्थानीय निर्वाचनमा गठबन्धन निर्माणमा सहभागी नेता र गठबन्धनका उम्मेदवार नजिकको प्रतिस्पर्धा भएका निश्चित स्थानमा मात्रै गठबन्धनले सफलता पाउन सक्ने बताउँछन । २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा प्यूठानमा नौबहिनी गाउँपालिकामा मात्र गठबन्धन सफल भएको थियो । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको थियो ।

यस्तै गौमुखीमा माओबादी केन्द्र र राजमो, प्यूठान नगरपालिकामा राजमो र माओबादी केन्द्र, स्वर्गद्धारी नगरपालिकामा राजमो र माओबादी केन्द्र, ऐरावती गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्र माण्डबीमा नेपाली कांग्रेस र राजमोबिच चुनाबी गठबन्धन भएको थियो । यस मध्य प्यूठान नगरपालिकामा माओवादीले मेयर र ऐरावतीमा माओवादी केन्द्रले उपाध्यक्ष मात्र जीत हात पारेका थिए । अरु स्थानमा गठबन्धनका उम्मेदवार पराजीत हुन परेको थियो । प्यूठान नगरपालिकामा माओवादीका मेयर अर्जुनकुमार कक्षपति निर्वातिच हँुदा राजमोका उम्मेदवार उपमेयर ध्रुर्व थापा पराजित भए । ऐरावतीमा माओबादी केन्द्रका उपाध्यक्ष बुद्ध बस्नेत निर्वाचित हुँदा एमालेका अध्यक्ष टिकाबहादुर गुरुङ पराजित भएका थिए ।

राजनीतिक दलले गठबन्धनमा पहल गरिरहँदा पहिले गठबन्धन गर्दा गठबन्धनबाट निर्वाचनमा पराजित हुनेहरु चुनावी तालमेलबारे उत्साहित छैनन् । अघिल्लो स्थानीय तह निर्वाचनमा प्यूठानमा गठबन्धनको प्रभावकारिता कमै मात्र देखिएको जानकारहरू बताउँछन् । जिल्लाका वडाहरुमा पनि धेरै स्थानमा एकल प्रतिस्पर्धा गरेका दलका उम्मेदवार निर्वाचित भएका थिए । प्यूठान नगरपालिका २ मा जिल्लामा क्रियाशिल ठूला राजनीति दलहरु नेपाली कांग्रेस, माओबादी केन्द्र, राजमोको गठबन्धनको चुनौतीबीच पनि एमालेका उम्मेदवारले एक्लै वडाको ५ वटै पदमा जित हात पारेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...