News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण : नया वर्ष २०७९ को शुभकामना आदानप्रदान

झुलेनि पोष्ट२०७८ बैशाक १
९०९ पटक
२०७८ बैशाक १

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण
होटल व्यवसायि संघ तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले नव वर्ष २०७९ को अवसरमा फलफुल वितरण गरेको छ । प्युठान अस्पतालमा रहेका २५ जना बिरामि र उनिहरूका आफन्तलाइ जुस, पानी र फलफुल वितरण गरिएको हो ।

संघले हरेक वर्ष नया वर्षको अवसरमा अस्पतालका बिरामिहरूलाई फलफुल वितरण कार्यक्रम गर्दै आएको संघका अध्यक्ष जुद्द बहादुर कुवरले बताए । कार्यक्रममा संघका प्रेस सल्लाहकार एलबि थापा, निवर्तमान अध्यक्ष गन्जमान थापा, होटेल व्यवसायि संघ लुम्बिनि प्रदेश महासचिव दधिराम भण्डारि, होटल व्यवसायि संघका केन्द्रीय सचिव चन्द्रलाल न्यौपाने, अस्पतालका डा. दिपेन्द्रजंग शाहि लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा बोल्दै डा. शाहिले होटल व्यवसायि संघ संगठित रूपमा मजवुद संगठन भएकाले अस्पतालमा सुत्केरि हुन आउने महिलाहरूलाई बल्ड डोनेशनको ब्यवस्थाका लागि सहयोग गर्न आग्रह गरे ।

यसैबिच नया वर्षको अवसरमा संघले संघको सचिवालयमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संघका निवर्तमान अध्यक्ष गञ्ज बहादुर थापा प्युठान उद्योग वाणिज्य संघको मानार्थ सदस्य हुनुभएको अवसरमा सम्मान सहित अभिन्नदन गरिएको हो । सोही अवसरमा संघको प्रेस सल्लाहकारमा चयन भएका पत्रकार एलबि थापालाइ पनि स्वागत गरिएको छ । कार्यक्रममा सहभागी कार्यसमिति पदाधिकारि, सदस्य तथा उपस्थित सहभागिहरूबपच नया वर्य २०७९ को शुभकामना आदानप्रदान गरिएको थियो ।                                                                 सोही अवसरमा होटल व्यवसायि तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले प्रकाशन गरेको भित्तेपात्रोको बिमोचन गरिएको छ ।  संघका अध्यक्ष जुद्द बहादुर कुवरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिव लिलाधर न्यौपानेले गरेका थिए ।     

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...