News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण : नया वर्ष २०७९ को शुभकामना आदानप्रदान

झुलेनि पोष्ट२०७८ बैशाक १
११०० पटक
२०७८ बैशाक १

प्युठान अस्पतालका बिरामिहरूलाई फलफुल बितरण
होटल व्यवसायि संघ तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले नव वर्ष २०७९ को अवसरमा फलफुल वितरण गरेको छ । प्युठान अस्पतालमा रहेका २५ जना बिरामि र उनिहरूका आफन्तलाइ जुस, पानी र फलफुल वितरण गरिएको हो ।

संघले हरेक वर्ष नया वर्षको अवसरमा अस्पतालका बिरामिहरूलाई फलफुल वितरण कार्यक्रम गर्दै आएको संघका अध्यक्ष जुद्द बहादुर कुवरले बताए । कार्यक्रममा संघका प्रेस सल्लाहकार एलबि थापा, निवर्तमान अध्यक्ष गन्जमान थापा, होटेल व्यवसायि संघ लुम्बिनि प्रदेश महासचिव दधिराम भण्डारि, होटल व्यवसायि संघका केन्द्रीय सचिव चन्द्रलाल न्यौपाने, अस्पतालका डा. दिपेन्द्रजंग शाहि लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा बोल्दै डा. शाहिले होटल व्यवसायि संघ संगठित रूपमा मजवुद संगठन भएकाले अस्पतालमा सुत्केरि हुन आउने महिलाहरूलाई बल्ड डोनेशनको ब्यवस्थाका लागि सहयोग गर्न आग्रह गरे ।

यसैबिच नया वर्षको अवसरमा संघले संघको सचिवालयमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संघका निवर्तमान अध्यक्ष गञ्ज बहादुर थापा प्युठान उद्योग वाणिज्य संघको मानार्थ सदस्य हुनुभएको अवसरमा सम्मान सहित अभिन्नदन गरिएको हो । सोही अवसरमा संघको प्रेस सल्लाहकारमा चयन भएका पत्रकार एलबि थापालाइ पनि स्वागत गरिएको छ । कार्यक्रममा सहभागी कार्यसमिति पदाधिकारि, सदस्य तथा उपस्थित सहभागिहरूबपच नया वर्य २०७९ को शुभकामना आदानप्रदान गरिएको थियो ।                                                                 सोही अवसरमा होटल व्यवसायि तथा पर्यटन सुचना केन्द्र विजुवार प्युठानले प्रकाशन गरेको भित्तेपात्रोको बिमोचन गरिएको छ ।  संघका अध्यक्ष जुद्द बहादुर कुवरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिव लिलाधर न्यौपानेले गरेका थिए ।     

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...