News Portal

रेडियो सुन्नुहोस्

निजामती कर्मचारी संगठनद्वारा क्यान्सर पिडितलाई सहयोग

झुलेनी नेटवर्क२०७९ बैशाख ०७, प्यूठान
११३१ पटक
२०७९ बैशाख ०७, प्यूठान

निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानले क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । संगठनले आफ्नो ३२ औ स्थापना दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय प्यूठानमा कार्यरत कर्मचारी सगुन शाक्यकी धर्मपत्नी कृष्णा अधिकारीको उपचार खर्च स्वरुप ३० हजार रुपैया प्रदान गरको संगठनका उपाध्यक्ष भक्तराज गिरीले जानकारी दिए ।

संगठनले प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको हो । अधिकारीलाई स्तनको क्यानसर देखिए लगत्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पिडित महिलाको लागि संगठन समक्ष सहयोगको आह्वान गरेकी थिइन । सोही अनुसार रकम उपलब्ध गराएको संगठनका उपाध्यक्ष गिरीले बताए ।

निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानका उपाध्यक्ष भक्तराज गिरिको अध्यक्षता र संगठनका निवर्तमान अध्यक्ष टुकवहादुर रोकाको प्रमुख आथित्यता, सचिव पिताम्वर भण्डारी र केन्द्रिय प्रतिनिधी नारायणी पोख्रेलको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमिती प्यूठानका सचिव सागर पण्डितले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...