News Portal

रेडियो सुन्नुहोस्

निजामती कर्मचारी संगठनद्वारा क्यान्सर पिडितलाई सहयोग

झुलेनी नेटवर्क२०७९ बैशाख ०७, प्यूठान
९४३ पटक
२०७९ बैशाख ०७, प्यूठान

निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानले क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । संगठनले आफ्नो ३२ औ स्थापना दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय प्यूठानमा कार्यरत कर्मचारी सगुन शाक्यकी धर्मपत्नी कृष्णा अधिकारीको उपचार खर्च स्वरुप ३० हजार रुपैया प्रदान गरको संगठनका उपाध्यक्ष भक्तराज गिरीले जानकारी दिए ।

संगठनले प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको हो । अधिकारीलाई स्तनको क्यानसर देखिए लगत्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पिडित महिलाको लागि संगठन समक्ष सहयोगको आह्वान गरेकी थिइन । सोही अनुसार रकम उपलब्ध गराएको संगठनका उपाध्यक्ष गिरीले बताए ।

निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानका उपाध्यक्ष भक्तराज गिरिको अध्यक्षता र संगठनका निवर्तमान अध्यक्ष टुकवहादुर रोकाको प्रमुख आथित्यता, सचिव पिताम्वर भण्डारी र केन्द्रिय प्रतिनिधी नारायणी पोख्रेलको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमिती प्यूठानका सचिव सागर पण्डितले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...