News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा करिव १ हजारको मनोनयन दर्ता

झुलेनी नेटवर्क२०७९ वैशाख १५, बिहीवार प्यूठान
१५४१ पटक
२०७९ वैशाख १५, बिहीवार प्यूठान

आउँदौ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्यूठानमा करिब १ हजारको  मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका नौ स्थानिय तहमा ९सय८८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जसमा अध्यक्ष तथा प्रमुख पदका लागि ४५ जना,उपाध्यक्ष तथा उप्रमुख पदका लागि ३१ जना,वडा अध्यक्ष पदमा २सय२२ जना,सदस्यमा ३सय६२,महिला सदस्य १सय७०,दलित महिला सदस्य १सय५८ गरी कुल ९सय८८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै १सय५३ जनाले उम्मेदवारी दिएका छन । भने सबै भन्दा थोरै माण्डवी गाउँपािलकामा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जिल्लाका अन्य स्थानिय तहहरु मल्लरानी गाउँपालिकामा ८३,ऐरावतीमा १सय६,गौमुखीमा १सय३५,झिमरुकमा १सय४४,नौबहिहनीमा १सय५५,सरुमारानीमा ७२ र स्वर्गद्धारी नगरपालिकामा १सय१२ जनाले उम्मेदवारी दिएका छन ।
यस्तै भोली १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...