News Portal

रेडियो सुन्नुहोस्

निर्माणधिन पुलको सामग्री खोलाले बगायो

झुलेनी नेटवर्क२०७९ वैशाख,२० मंगलवार प्यूठान
८९७ पटक
२०७९ वैशाख,२० मंगलवार प्यूठान

जिल्लाको गौमुखी गाउँपालिका खुङ र पुजा जोड्ने निर्माणाधिन पक्की पुलमा खोलाले क्षती पुर्याएको छ । सोमबार दिउसो एक्कासी आएको असीना, पानी, भेल सहतिको धमिलो खोलाले बन्दै गरेको पुलमा क्षती पुर्याएको हो ।
ढलानको तयारीमा रहेको पुल निमार्णको सामाग्रीहरु खोलाले बगाउँदा करिब ३५ लाख बराबरको क्षती भएको निमार्ण व्यवसायि संघ प्यूठानका अध्यक्ष नविन कुमार क्षेष्ठले बताए ।
आजबाट पुल ढलानको काम सुरु गर्ने गरी निमार्णका लागि २ हजार वोरा सिमेन्ट, बालुवा, गिट्टी, छड, सरिया, काठ, तारजाली लगाएतका समाग्रीहरु निमार्णधिन पुल आसपासमै राखिएको थियो । हिजो एक्कासी आएको खोलाले पुल निमार्णका सामाग्रीहरु बगाएपछि अनुमानित ३५ लाख बराबरको क्षती भएको छ, अध्यक्ष श्रेष्ठले भने ।
खुङ र पुजा जोड्ने ७२ मिटर लम्वाईको पुल ठुलावेसीमा निमार्ण हुदँै छ । उक्त पुल निमार्णको जिम्मा हिम सगरमाथा मल्लरानी इसाल जेभी निमार्ण कम्पनीले लिएको छ । पुल निमार्ण कार्य गएको कार्तिक महिना देखी सुरु भएको थियो । पुल निमार्ण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरी सक्नुपर्ने छ । ७२ मिटर मध्ये ३५ मिटर पुल निमार्ण सम्पन्न भैसकेको निमार्ण व्यवसायि संघ प्यूठानका अध्यक्ष श्रेष्ठको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...