News Portal

रेडियो सुन्नुहोस्

निर्माणधिन पुलको सामग्री खोलाले बगायो

झुलेनी नेटवर्क२०७९ वैशाख,२० मंगलवार प्यूठान
१०६३ पटक
२०७९ वैशाख,२० मंगलवार प्यूठान

जिल्लाको गौमुखी गाउँपालिका खुङ र पुजा जोड्ने निर्माणाधिन पक्की पुलमा खोलाले क्षती पुर्याएको छ । सोमबार दिउसो एक्कासी आएको असीना, पानी, भेल सहतिको धमिलो खोलाले बन्दै गरेको पुलमा क्षती पुर्याएको हो ।
ढलानको तयारीमा रहेको पुल निमार्णको सामाग्रीहरु खोलाले बगाउँदा करिब ३५ लाख बराबरको क्षती भएको निमार्ण व्यवसायि संघ प्यूठानका अध्यक्ष नविन कुमार क्षेष्ठले बताए ।
आजबाट पुल ढलानको काम सुरु गर्ने गरी निमार्णका लागि २ हजार वोरा सिमेन्ट, बालुवा, गिट्टी, छड, सरिया, काठ, तारजाली लगाएतका समाग्रीहरु निमार्णधिन पुल आसपासमै राखिएको थियो । हिजो एक्कासी आएको खोलाले पुल निमार्णका सामाग्रीहरु बगाएपछि अनुमानित ३५ लाख बराबरको क्षती भएको छ, अध्यक्ष श्रेष्ठले भने ।
खुङ र पुजा जोड्ने ७२ मिटर लम्वाईको पुल ठुलावेसीमा निमार्ण हुदँै छ । उक्त पुल निमार्णको जिम्मा हिम सगरमाथा मल्लरानी इसाल जेभी निमार्ण कम्पनीले लिएको छ । पुल निमार्ण कार्य गएको कार्तिक महिना देखी सुरु भएको थियो । पुल निमार्ण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरी सक्नुपर्ने छ । ७२ मिटर मध्ये ३५ मिटर पुल निमार्ण सम्पन्न भैसकेको निमार्ण व्यवसायि संघ प्यूठानका अध्यक्ष श्रेष्ठको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...