News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : जसले खोले प्यूठानमा पहिलो दालमोट उद्योग

सुजाता थापा भण्डारी२०७९ जेठ २६, प्यूठान
९६३ पटक
२०७९ जेठ २६, प्यूठान

भारतमा पन्ध्र वर्ष भन्दा बढि समय बिताई नेपाल फर्केर दालमोट उद्योग खोलेको यहाँका एक व्यवसायीले राम्रो कमाई गरिहेका छन् । उनले खोलेको उद्योगले परिवारलाई मात्र रोजगार दिएको छैन, अन्यलाई समेत रोजगारी दिएको छ ।

मल्लरानी गाउँपालिका ४ खलंगा सारिवाङका ४५ वर्षिय गोविन्द रावत ११ वर्ष देखि यहि पेसा मै रमाइरहेका छन् । उनी सिप सिकेर नेपाल आएपछि नेपालमै दालमोट उद्योग खोल्ने र भारत नजाने निधो गरेका थिए । रावत परिवारको आर्थिक स्रोतको मुख्य पेसा नै हिजोआज नमकिन, दालमोट बनाउने र विक्री गर्ने बनेको छ । गोविन्दले बजरंगी नमकिन भण्डार नामक उद्योग सञ्चालनमा ल्याएको पनि एक दशक भन्दा बढि भयो । उनले भारतबाट ल्याएको पैसाले नेपालमा आएर दालमोट उद्योग खोलेका थिए ।

१ लाख २५ हजारमा लगानी गरी सुरु गरेको दालमोट उद्योग २० लाखमा विस्तार भएको गोविन्द बताउँछन । “दालमोट बोकेर सुरु–सुरुमा एक÷दुई वर्ष मार्केटिङको लागि ब्पैदल हिँड्दै मच्छी, बाहानेसम्म पुगेँ,’ उनले भने,‘बजार बनाउन निकै गाह्रो थियो ।’ अहिले बजरंगी दालमोठको माग प्यूठान देखि दाङसम्म राम्रो रहेको उनले बताए । दालमोट विद्यालय सञ्चालन भएको समयमा दिनमा ढाइ क्वीन्टलसम्म बिक्री हुने गरेको उनले बताए । मंसिर देखी चैतसम्म दालमोठको माग निकै कम भए पनि बैशाख देखि कार्तिक सम्म दालमोट बजारमा पुर्याउन भ्याइ नभ्याइ हुने उनले बताए ।

रावतले घरेलु तथा साना उद्योग कार्यालय खलंगा मार्फत प्यूठान, सल्यान, रुकुम लगायत धेरै ठाउँमा दालमोट तथा नमकिन बनाउने तालिम समेत दिएको बताए । घरेलु कार्यालय मार्फत दालमोट तथा नमकिन सुकाउने ड्राइ मेसिन अनुदान स्वरुप पाएका छन् । यसैगरी करीव ४ वर्ष अघि दालमोट तथा नमकिन प्याकिङ मेसिन पनि सोही कार्यालयमार्फत पाएको बताए । उनको यस उद्योगबाट दालमोट तथा नमकिनका विभिन्न परिकार र बादाम पेस्ट्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेका छन् । स्थानीय तहबाट भने कुनै पनि अनुदान नपाएको उनले गुनासो गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...