News Portal

रेडियो सुन्नुहोस्

बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जनाले सेवा लिए ।

झुलेनी पोष्ट२०७९साउन१५,प्यूठान
११०३ पटक
२०७९साउन१५,प्यूठान

शनिबार बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जना सेवाग्राहीले सेवा लिएका छन ।

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट गाउँपालिका भित्रका ३सय ८० जनाले सेवा लिएका हुन् । शिविरमा आएका सेवाग्राहीलाई निशुल्क रुपमा स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण सहित परामर्श दिइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सोहि अवसरमा निशुल्क रुपमा ल्याव सेवा समेत दिइएको थियो । शिविरमा दन्त सेवा, महिलाको पाठेघरको समस्या, स्तन सम्बन्धी सेवा, खुट्टा दुख्ने सुन्निने, ढाड दुख्ने लगायतका समस्या भएका बिरामीलाई सेवा दिइएको नौबहिनी स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
शिविरमा डा. अनिल बस्नेत, फार्मेसिस्ट निर्मलबुढाथोकी, ल्याव टेक्निसियन प्रतिभा डाँगि, कमला डाँगि, दन्त चिकित्सक चुडामणि शर्मा, महिला सम्बन्धी समस्या कमला कुवर लगायतद्धारा सेवा दिइएको नौबहिनी स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार १ सय ५० जनाले दन्त सेवा, ५० जनाको निशुल्क सुगर जाँच सहित अन्यलाइ स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो ।
नौबहिनी गाउँपालिका, समृद्धि सेवा समाज र लमजुङ गोर्खा तनहु सेवा समाजको आयोजना तथा नौबहिनी फार्मेसि एण्ड हेल्थ क्लिनिकको समन्वयमा निशुल्क शिविर संचालन गरीएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...