News Portal

रेडियो सुन्नुहोस्

विरामीको सेवामा स्वास्थ्य क्षेत्रका कर्मचारी लचिलो हुनुस् : प्रदेश स्वास्थ्य मन्त्री थारु

झुलेनी पोष्ट २०७९ साउन १७, प्यूठान
७४० पटक
२०७९ साउन १७, प्यूठान

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरेका छन । प्यूठान अस्पताल र निक साइमन इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुद्ढिकरण परियोजना अन्तरगत अस्पतालको भवन पुनर्सरचना गरि बहुविशेषज्ञ सेवाको अद्घाटन कार्यक्रममा यस्तो बताएका हुन ।

भवन विस्तार भएर मात्र सेवा राम्रो नहुने भन्दै थारुले विरामीको सेवामा स्वास्थ्य क्षेत्रका कर्मचारी लचिलो भएर लाग्नु पर्ने बताएका हुन । साथै थारुले स्वास्थ्य क्षेत्र संवेदनशिल भएको भन्दै यसलाई हेलचक्राई नगर्न समेत आग्रह गरेका छन ।

साथै उनले चिकित्सकले बिरामीहरुसंग रिस पोख्ने र असर पुग्ने गरी काम नगरी माथिल्लो निकायसंग छलफल गर्न समेत आग्रह गरेका छन ।
साथै कार्यक्रममा निक साईमनका प्रमुख डा. कासिव शाहले प्यूठान अस्पतालमा प्रत्येक वर्ष १ करोडको कार्यक्रम गर्ने गरेको बताएका छन ।
अवको ५ वर्ष पछि निक साइमन फेजआउट हुन सक्ने सम्भावना भएको भन्दै आजै बाट अस्पताल व्यवस्थापन समिति र सरोकारवालाले यस विषयमा सोच्नु पर्ने बताएका छन ।

अस्पतालमा कर्मचारीहरुलाई तालिम तथा टेक्नीकलका विषयमा सहकार्य गर्नमा निकसाइमन सधै साथमा रहने बताएका छन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको विकासका लागि गाउँपालिका तथा नगरपालिकाहरुले पनि आर्थिक रुपमा सहयोग र सहकार्य गर्नु पर्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...