News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा २ हजार २ सय २२ जना मतदाता थपिए

झुलेनी पोष्ट२०७९ साउन २६, प्यूठान
८२९ पटक
२०७९ साउन २६, प्यूठान

प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको  हाे ।

पछि थपिएका यी मतदाता नामावली सच्याउनका लागि निर्वाचन आयोगमा नामावली संकलन गरि विवरण पठाउने तयारी भइरहेको निर्वाचन अधिकृत देविराम पाठकले जानकारी दिए । निर्वाचन आयोगले अन्तिम नामावली जिल्लामा पठाइसकेपछि मात्र मतदाता नामावलीको विवरण प्रकाशन गरिने उनको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार यस अघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १लाख५९हजार३सय४६ जना मतदाता रहेका थिए ।

निर्वाचन आयोगले भदौ १२ गतेदेखी १९ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम संचालन गर्ने जनाएको छ । उक्त समयमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावली नाम समावेश गरेको पाइएमा सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, आफुलाई पाएक पर्ने स्थानका लागि मतदाता नामावली सार्न सकिने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...