News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा २ हजार २ सय २२ जना मतदाता थपिए

झुलेनी पोष्ट२०७९ साउन २६, प्यूठान
१०६० पटक
२०७९ साउन २६, प्यूठान

प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको  हाे ।

पछि थपिएका यी मतदाता नामावली सच्याउनका लागि निर्वाचन आयोगमा नामावली संकलन गरि विवरण पठाउने तयारी भइरहेको निर्वाचन अधिकृत देविराम पाठकले जानकारी दिए । निर्वाचन आयोगले अन्तिम नामावली जिल्लामा पठाइसकेपछि मात्र मतदाता नामावलीको विवरण प्रकाशन गरिने उनको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार यस अघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १लाख५९हजार३सय४६ जना मतदाता रहेका थिए ।

निर्वाचन आयोगले भदौ १२ गतेदेखी १९ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम संचालन गर्ने जनाएको छ । उक्त समयमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावली नाम समावेश गरेको पाइएमा सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, आफुलाई पाएक पर्ने स्थानका लागि मतदाता नामावली सार्न सकिने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...