News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमालेका नेता नेम्वाङ साउन ३० गते (भोली) प्युठान आउँदै

झुलेनी पोष्ट २०७९ साउन २९, प्यूठान
११९४ पटक
२०७९ साउन २९, प्यूठान

नेकपा एमालेका नेता एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साउन ३० गते (भोली) प्यूठान आउने भएका छन् ।
नेकपा एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ प्यूठान आउन लागेको पार्टी जिल्ला कमीटीले जनाएको छ । समसामयिक, राजनीतिकि परिवेश, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी मुख्य प्रशिक्षकको रुपमा उनले प्रशिक्षण दिने कमीटीले बताएको छ ।
कार्यक्रममा प्रदेश विभागिय सदस्यहरु, जिल्ला कमिटी, पालिका कमिटी, जिल्ला कमिटी सल्लाहकार, वडा कमिटी पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी र एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु गरी करिब १५ सय जनाको सहभागीता रहने जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई नेम्वाङसँगै एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज विमला घिमिरे, पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल र केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसीले सम्बेधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्यूठानले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...