News Portal

रेडियो सुन्नुहोस्

बाहाने दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति नेकपा एमाले प्यूठानको शोक वक्तव्य

झुलेनी पोष्ट २०७९ साउन ३०, प्यूठान
१९१६ पटक
२०७९ साउन ३०, प्यूठान

नेकपा एमाले प्यूठानले बाहाने दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गरेको छ ।
बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नं. को सवारी जिप दिउँसो करिव ४ः४५ बजेको समयमा बाग्दुला बाहाने सडक खण्डको नौबहिनी गाउँपालिका वडा नं. ६, बाहाने बजार नजिकै खहरे खोलामा दुर्घटना हुँदा नौबहिनी गाउँपालिका वडा नं. ५, डामृ निवासी २५ दिनको नाबालिका करुणा बुढा, ४ वर्षिय बालिका चेतना बुढा र २५ वर्षिय चालक लुकेश थापा सहित ३ जनाको उपचारका क्रममा दुखद निधन भएकोले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गर्दछौं, वक्तव्यमा उल्लेख गरिएको छ ।

यस्तै दुर्घटनामा नौबहिनी गाउँपालिका ५, डामृ निवासी वर्ष ५२ का मिनाराम सुनार, वर्ष ३० का दल बहादुर खत्री, वर्ष २६ का इन्द्र बहादुर बुढामगर, वर्ष २३ रबिन घ. म., वर्ष १८ का धनमला थापा मगर, वर्ष ११ का रोशन थापा मगर, वर्ष २८ का होम बहादुर बुढा मगर, वर्ष २८ का मिनराज राना क्षेत्री, वर्ष ६० का दिलसरी बिक, २२ वर्षिय दिलमायाँ थापा, वर्ष ११ का रियासा थापा, २५ वर्षिय लक्ष्मी घर्ति मगर, वर्ष २५ का रेमसरा बुढामगर, ऐरावती गाउँपालिका वडा नं. ५ निवासी वर्ष २८ का गोबिन्द के.सी., वडा नं. १, निवासी १२ वर्षिया अस्मिता पुन मगर घाइते भएका छन् ।

यस घटना प्रति नेकपा (एमाले) जिल्ला कमिटि प्यूठान गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं , बक्तव्यमा भनिएको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...