News Portal

रेडियो सुन्नुहोस्

धानमा नयाँ रोगको प्रकोप देखियो, प्यूठानका किसानहरु चिन्तित

झुलेनी पाेष्ट२०७९ साउन ३१, प्यूठान
११२१ पटक
२०७९ साउन ३१, प्यूठान

प्यूठानमा रोपिएको धानमा यस वर्ष नयाँ रोगको प्रकोप देखिएको छ । रोपिएको धानमा नयाँ रोग तथा किराको प्रकोपले किसानहरु चिन्तित वनेका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गत नयाँगाउँ, लामाचौर, प्यूठान नगरपालिकाको झिमरुक फाट, सरुमारानी गाउँपालिकाको बागेंसाल, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिका अन्तर्गतका किसानका धान खेतमा भर्खरै रोपेका धानका बोटहरु पहेलिदै सुक्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
उक्त धान वालीमा देखिएको समस्यालाई मध्यनजर गर्दै रोगको पहिचान एवम् व्यवस्थापन तथा समस्या समाधानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ प्यूठानको पहलमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञ टोलीद्धारा अनुगमन गरि रोगको परिक्षण थालिएको छ ।
यस वर्ष प्यूठानका धान खेतका बोटमा विभिन्न ६ प्रकारका नयाँ रोगको प्रकोप देखिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ धान जोनले किसानहरुको समस्यालाई पहिचान गर्न किसानको धान खेतमै पुगेतापनि धानबालीमा धेरै प्रकारका समस्या देखिएका कारण आफुहरुले रोग पत्ता लगाउन नसकेपछि सोमबार कृषि अनुसन्धान केन्द्र (नार्क) का विज्ञ टोलीको परिक्षणबाट धानको जरामा गड्यौला लाग्ने समस्या, मरुवा, खैरो थोप्ले रोग र जरा कुहिने रोग लगाएत ६ प्रकारका रोगहरु पुष्टि भएको परियोजनाका धान जोन इकाइका प्रमुख चुमानसिंङ गिरीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका करिब १ हजार रोपनी जग्गामा यस्ता रोगको समस्या देखिएको छ । उक्त समस्या समाधान तथा व्यवस्थापनको लागि किसानहरुले नजिकैको कृषि शाखा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ धान जोनको कार्यालय प्यूठानमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...