News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालमा डेलिभरी रिफर शुन्य,साउन महिनामा मात्रै २ सय ४० जना डेलिभरी भए

झुलेनी पाेष्ट२०७९ भदाै २, प्यूठान
१४८८ पटक
२०७९ भदाै २, प्यूठान

केही समय अगाडि बाहिरी मेडिकलमा बिरामी हेरेको भन्दै बिबादमा मुछिएका थिए प्युठान अस्पतालका डाक्टर सन्तोस के.सी ।
अहिले उनै डाक्टर केसीले अस्पतालमा डेलिभरी ब्यबस्थापनसङ्गै जिल्लामा पहिलो पटक एक महिनामा अस्पतालबाट २ सय ४० डेलिभरी गराउन सफल भएका छन् । साउन महिनामा मात्रै २सय १० वटा सामान्य र ३० वटा शल्यक्रिया माध्यामबाट डेलिभरी गराएको प्युठान अस्पतालका जनरल प्राक्टिसनल एवम् ईमर्जेन्सी फिजिसियन एम.डि.जि.पि डाक्टर सन्तोस केसीले बताए ।

गुल्मी अर्घाखाँची र रोल्पाबाट रिफर भएर बिरामी प्युठान अस्पतालमा आउछन् । बिरामीहरु प्राय सुत्केरी महिला आउने गर्छन् ।
अस्पतालमा प्रसुती कक्ष साघुरो हुदा एउटा बेडमा ३ ÷ ३ जना बिरामी राखेर पनि डेलिभरी गराईएको अस्पतालका डाक्टर केसीले बताए ।
साथै उनले भने “ शल्यक्रिया गर्नुपरे म आफै रात दिन नभनी काम गर्छु सामन्य डेलिभरी गराउन नर्सिङ कर्मचारीको उल्लेखनीय भुमिका रहेको छ ।
म बिरामीलाई सेवा दिन प्युठान आएको हु , सकभर बिरामिलाई बाहिर रिफर गर्दिन । चैत्र महिनादेखि प्रसुतिको जिम्मेवारी पाए लगत्तै डेलिभरी बाहिर रिफर गर्ने संख्या सुन्य गराएको छु । जस्ले गर्दा बिरामिहरु ठूलो रकम खर्च हुनेबाट जोगिएका छन ।“
गर्भवतीको अपरेसन निशुल्क
प्युठान अस्पतालमा डाक्टर सन्तोस केसी आउनुभन्दा अगाडी गर्भवती आमा सुरक्षाको कार्यक्रम अन्तरगत गर्भवती महिलाको सल्यक्रिया गर्दा औषधी तथा अपरेसन सामाग्री बाहिरबाट किन्न लगाईन्थ्यो तर अहिले डाक्टर केसी आएपछी सबै निशुल्क भएको छ । जसले गर्दा सेवाग्राही खुसी छन । शल्यक्रियाका लागि अस्पतालबाटै सामाग्री निशुल्क उपलब्ध गराईने डाक्टर केसीले बताए ।
साथै अहिले प्युठान अस्पतालमा दैनिक ५ बर्ष मुनिका बिरामी बालबालिकाको संख्या बढ्दै गएको बालरोग बिशेषज्ञ डाक्टर सौरभ श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...