News Portal

रेडियो सुन्नुहोस्

महत्त्वपूर्ण निर्णय सहित नेकपा प्यूठानको तेस्रो पुर्ण बैठक सम्पन्न

राजेन्द्र रावत क्षेत्री २०७९ भाद्र , १९ प्यूठान ,
८०५ पटक
२०७९ भाद्र , १९ प्यूठान ,

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्रो पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ ।
आइतवार सम्पन्न बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गर्न राजनैतिक, सांगठनिक, आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय गरेको छ ।

भाद्र २४ गते दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन ! शुदृढ संगठन र गतिशिल विचारको पक्षमा पाँचौं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ , जिल्ला सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ जसमा व्यवस्थापन समिति संयोजक गिरु प्रसाद भुसाल ( परिवर्तन ), प्रचारप्रसार तथा झण्डा व्यानर , व्याज निर्माण उपसमिति संयोजक राजेन्द्र रावत क्षेत्री, अतिथि स्वागत सत्कार उपसमिति संयोजक प्रकाश सुवेदी , पत्राचार उपसमिति संयोजक बिरवल के. सी. लाई चयन गरेको छ । त्यस्तै आगामी असोज १ देखि काठमाडौंमा हुने नवौं राष्ट्रिय महाधिवेशन केन्द्रीत विभिन्न अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

तेस्रो पुर्ण बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ( जागृति ) ले आगामी भाद्र २४ गतेको पाँचौ जिल्ला सम्मेलन र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न सिंगो पार्टी आ– आफ्नो क्षेत्रबाट व्यापक रुपमा जनतामा जान जिल्ला समिति सदस्यहरु लाई निर्देशन दिए ।
नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकोले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको विचार र कार्यदिशालाई जनताको माझमा व्यापक अन्तरक्रिया सहित स्थापित गर्न पनि उनले अनुरोध गरे ।

जिल्ला सदस्यहरुद्वारा आलोचना , आत्मालोचना र रिपोर्टिङ सहित जिल्ला सेक्रेटरी केशबको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला पार्टीका निवर्तमान सेक्रेटरी तथा विशेष कमिटी सदस्य गत वैशाख ३० को स्थानीय निर्वाचन बाट निर्वाचित माण्डवी गाउँपालिका वडा नं. ४ उदयपुरकोट का वडा अध्यक्ष डिल बहादुर घर्ती मगर ( अजय) , जनयुद्धका सहिद परिवार तथा जिल्ला पार्टीका सल्लाहकार मोहन गिरि लगायतले प्रशिक्षण दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...