News Portal

रेडियो सुन्नुहोस्

महत्त्वपूर्ण निर्णय सहित नेकपा प्यूठानको तेस्रो पुर्ण बैठक सम्पन्न

राजेन्द्र रावत क्षेत्री २०७९ भाद्र , १९ प्यूठान ,
५५७ पटक
२०७९ भाद्र , १९ प्यूठान ,

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको तेस्रो पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ ।
आइतवार सम्पन्न बैठकले भाद्र २४ गते पाँचौ जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गर्न राजनैतिक, सांगठनिक, आर्थिक रुपमा व्यापक तयारी गर्ने निर्णय गरेको छ ।

भाद्र २४ गते दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन ! शुदृढ संगठन र गतिशिल विचारको पक्षमा पाँचौं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ , जिल्ला सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ जसमा व्यवस्थापन समिति संयोजक गिरु प्रसाद भुसाल ( परिवर्तन ), प्रचारप्रसार तथा झण्डा व्यानर , व्याज निर्माण उपसमिति संयोजक राजेन्द्र रावत क्षेत्री, अतिथि स्वागत सत्कार उपसमिति संयोजक प्रकाश सुवेदी , पत्राचार उपसमिति संयोजक बिरवल के. सी. लाई चयन गरेको छ । त्यस्तै आगामी असोज १ देखि काठमाडौंमा हुने नवौं राष्ट्रिय महाधिवेशन केन्द्रीत विभिन्न अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

तेस्रो पुर्ण बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ( जागृति ) ले आगामी भाद्र २४ गतेको पाँचौ जिल्ला सम्मेलन र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न सिंगो पार्टी आ– आफ्नो क्षेत्रबाट व्यापक रुपमा जनतामा जान जिल्ला समिति सदस्यहरु लाई निर्देशन दिए ।
नेपालमा दलाल संसदिय व्यवस्था असफल भइसकेकोले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको विचार र कार्यदिशालाई जनताको माझमा व्यापक अन्तरक्रिया सहित स्थापित गर्न पनि उनले अनुरोध गरे ।

जिल्ला सदस्यहरुद्वारा आलोचना , आत्मालोचना र रिपोर्टिङ सहित जिल्ला सेक्रेटरी केशबको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला पार्टीका निवर्तमान सेक्रेटरी तथा विशेष कमिटी सदस्य गत वैशाख ३० को स्थानीय निर्वाचन बाट निर्वाचित माण्डवी गाउँपालिका वडा नं. ४ उदयपुरकोट का वडा अध्यक्ष डिल बहादुर घर्ती मगर ( अजय) , जनयुद्धका सहिद परिवार तथा जिल्ला पार्टीका सल्लाहकार मोहन गिरि लगायतले प्रशिक्षण दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...