News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : खेलमैदानको संरक्षणमा कसैको ध्यान पुगेन

झुलेनी नेटवर्क२०७९ भाद्र २१, प्यूठान
११४१ पटक
२०७९ भाद्र २१, प्यूठान

गणतान्त्रिक खेलकुद मैदानको संरक्षणमा कसैको ध्यान पुगेको छैन । गत वर्ष प्यूठान नगरपालिकाको बजेटमा खेलकुद मैदान वरिपरि तारजाली लगाए पनि तारजाली ठाउँठाउँबाट च्यातिएका छन् । च्यातिएका तारजाली मर्मत तथा संरक्षणमा कसैले चासो देखाएका छैनन् ।

करोडौँ रकम खर्चेर खेलमैदान निर्माण गरिएता पनि खेलाडीले यसको सदुपयोग गर्न पाएका छैनन् । खेलमैदान छिर्ने गेटमा प्रायः ताल्चा लगाएको हुन्छ । त्यसैले खेलाडीहरु तारजाली च्यातिएको ठाउँबाट जान बाध्य छन । खानेपानी र शौचालय गर्न समेत असुविधा रहेको खेलाडीहरुले गुनासो गर्दै आएका छन । खेलकुद मैदानमा चर्पी भएता पनि ताल्चा झुण्डाइएको छ । आजभोली खेलकुदको विभिन्न कार्यक्रम भैरहँदा धेरै खेलाडीहरु देखा पर्न थालेका छन । कार, बाइक तथा स्कुटर ड्राइभिङ सिक्नेहरु पनि उक्त खेलमैदान मै देखिने गरेका छन् ।

उक्त खेलमैदान साविकको जिल्ला विकास समिति, सामाजिक विकास डिभिजन कार्यालय र प्यूठान नगरपालिकको बजेटमा निर्माण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...