News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिकाले चुलाहरु वितरण गरेन ।। हाम्राे नजर

मधुसुदन पाेख्रेलकार्तिक २४
९५९ पटक
कार्तिक २४

प्युठान,
प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका चुलाहरु समयमै वितरण गर्न नगरपालिकाले सकेको छैन । सामान खरिद गरि सकेपछि समयमै चुलो वितरणमा नगरपालिका चुकेको छ ।
गरिवहरुका लागि वितरण गर्ने भनिएता पनि विद्युत र टेक्नीकल समस्याका कारण वितरण नगरीएको प्यूठान नगरपालिकाका प्रशासकीय अधीकृत महेश गुरुङले बताए । करिव सात लाखको लागतमा १४ सेट चुलो खरिद गरिएको गुरुङको भनाई छ । बढि एमपिएर भएका कारण गाउँको पहुँचमा यो सम्भव नभएको गुरुङले बताए । नगरपालिकामा सवै भन्दा बढि कर तिर्ने करदातालाई सम्मान स्वरुप चुनाव पछि चुलाहरु वितरण गर्ने योजना रहेको नगरपालिकाकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...