News Portal

रेडियो सुन्नुहोस्

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

मधुसुधन पोख्रेलम‌‌‍सिर ७
१११२ पटक
म‌‌‍सिर ७

प्यूठान
जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना भैरहेको छ । मतगणनाको परिणम आकलन गरिएको भन्दा फरक देखिएको छ । गठबन्धन निकट दलका उम्मेद्वारहरुले आफ्नै पकट मानिने क्षेत्रबाट निकै कम मत प्रप्त गरेका छन ।
सत्तारुढ गढबन्धन दलहरुले जितेका गौमुखी, ऐरावती,झिमरुक र माण्डबी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा भन्दा कम मत प्राप्त गरेका छन । गौमुखि गाउँपालिकमा सत्तारुढ गठबन्धकी उम्मेद्वार दुर्गा पौडेलले ३ हजार ८ सय ६८ मत प्राप्त गरेकी छिन । यहाँ नेकपा एमालेका उम्मेद्वार सूर्य थापाले ३ हजार ८ सय ५२ मत प्राप्त गरेका छन । गौमुखिमा १६ मत मात्र मतअन्तर देखिएको छ गौमुखी गाउँपालिका गठबन्धनको पकट क्षेत्र मानिन्थ्यो । ऐरावती गाउँपालिकामा एमालेका उम्मेद्वार थापाले ३ हजार ६ सय ६० र पौडेलले २ हजार २ सय ६२ मात्र मत प्राप्त गरेकी छिन । यि दुई गाउँपालिकाहरुमा गठबन्धनले एमालेका उम्मेद्वारलाई निकै मतअन्तरले पछाडि पार्ने अनुमान गरिएको थियो । गौमुखी, ऐरावती सरुमारानी,नौबहिनी,र झिमरुक गाउँपालिकाको मत गन्दा एमालेका उम्मेद्वार सूर्य बहादुर थापा क्षेत्रीले २२ हजार १सय २३ मत लिएका छन, गठबन्धनकी उम्मेद्वार दुर्गा पौडेलले १८ हजार ८ सय ८ मत प्राप्त गरेकी छीन । मतअन्तर ३ हजार ३ सय १५ रहेको छ । संघ अन्र्तरगत प्यूठान, स्वार्गद्वारी नगरपालिका,माण्डबी गाउँपालिका र मल्लरानी गाउँपालिका को मत गणना गर्न बाँकी रहेको छ । जिल्लाको प्रदेश सभा क र ख मा पनि गठबन्धनका उम्मेद्वारले आकलन गरिएको भन्दा कम मत प्राप्त गरेका छन
यो समाचार तयार पार्द सम्म प्रदेश सभा ख मा एमालेका उम्मेद्वार हरी प्रसाद रिजालले ८ हजार ७ सय ९४ मत प्राप्त गरेका छन भने गठबन्धनका उम्मेद्वार सरोज थापाले ७ हजार ८ सय ५६ मत प्राप्त गरेका छन । त्यस्तै क मा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । सरुमारानी ऐरावती र माण्डवी गाउँपालिकाको मत गनिसक्दा एमालेका उम्मेद्वार तुल्सी शर्माले १० हजार ६ सय ६८ मत लिएकाछन भने गठबन्धनका उम्मेद्वार कृष्ण प्रसाद अधिकारीले ८ हजार ५ सय १७ मत प्राप्त गरेका छन । प्रदेश क को स्वार्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाका १,२,३ र ५ वडाको मत गन्न बाँकी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...