News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेकपा राेल्पाले वडा कार्यालयहरुमा लगायो ताल्चा

सिखबर संवाददाताअसाेज १०
२४२५ पटक
असाेज १०

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रोल्पा बन्द गरेको छ । बन्दका कारण रोल्पा जिल्लाको जनजीवन प्रभावित बनेको छ । आफ्नो पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रोल्पा बन्द गरिएको नेकपा रोल्पाले जनाएको छ ।

बन्दका कारण बिहानैदेखि जिल्ला भित्रिने र बाहिरीने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि पुर्ण बन्द रहेका छन् । जिल्ला भरका बजार बन्द छन्। बिप्लव कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिका– वडा .न. ४ लगायत जिल्लाका भरका अधिकांश वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेका छन्।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले जिल्लाका केहि वडा कार्यालयमा ताला लगाएको आफुलाई जानकारी आएको बताउनुभयो । वडा अध्यक्ष र प्रहरी संगको समन्वयमा ताला खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काका अनुसार प्रहरी टाढा रहेका वडा कार्यालयहरुमा ताला लगाइएको छ ।

उता बिप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीका जिल्ला सेक्रेटरी प्रयासलाई प्रहरीले नछोडेसम्म वडा कार्यालयहरुलाई कामकाज गर्न नदिने नेकपा रोल्पाले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...