News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डलाइ झापड हान्ने युवा पदम कुवँर कहा के गर्दै छन् !

सिखबर संवाददाताकाठमाडौ -असोज
१८३० पटक
काठमाडौ -असोज

पहिलो संविधान सभाको असफलता पछि दोस्रो संविधानसभा निर्वाचनको वरिपरि राजधानीमा चर्चामा रहेका पदम कुँवर यतिबेला खास मिडियाहरुमा आएका छैनन् । यतिबेला उनि कहा के गर्दैछन भन्ने खोजी पनि त्यती हुदैन ।

२०६९ सालमा भृकुटीमण्डपमा भएको चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष (तत्कालिन एकीकृत नेकपा माओवादी) पुष्पकमल दाहाल प्रचण्डलाई गालामा थप्पड हानेका थिए। उनलाई त्यही हातपात भएको थियो भने प्रहरीले गिरफ्तार गरि थियो हिरासतमा राखेको थियो ।

तत्कालीन धौलागिरी र अहिलेको गण्डकी प्रदेशका बाग्लुङ राजकुत–२ , पदम कुँवरले दाहाललाइ १० वर्षे जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेको भन्दै आक्रमण गरेका थिए त्यतिमात्र होइन संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौ १० मा जहा प्रचण्ड उम्मेदवार थिए त्यही नै आफ्नो उम्मेदवारी दर्ता गरि चुनाव लडेका थिए । जहा प्रचण्डले चुनावमा पराजय भोगेका थिए ।

पुष्पकमल दाहालले युद्धको नेतृत्व गरेका कारणले नै गाला थप्पड लगाएको उनको भनाइ थियो । तत्कालिन माओवादीका अन्य नेतासँग पनि उनी क्रुद्ध थिए । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पदम कुँवरले मुख खोलेको देखिएको छैन ।

प्रायस पूर्वलडाकूले आफ्नो निजि अध्ययन छोडेर हतियार सग साइको गासेका थिए । नया बिहानीको सपना बोकेर लागेका योद्धाहरुको अंगभंग र पीडहरुको महासागरमा डुबेका छन् । ‘उनको रुप र युद्धमा घाइते अपांग भएकाहरूको त के कुरा गर्ने सहिद परिवारले समेत राहत पाएका छैनन् त्यसैको आक्रोशको अभिव्यक्तिका रुपमा दाहालको गाला थप्पड लगाएका थिएँ ।’

केहि समय सामना परिवारमा रहेर विप्लवको पार्टीमा काम गरेका पदम कुवर यति बेला भने बाग्लुङ तिर नै रहेका छन । तर पहिला जस्तो त्यती सारै नलागे पनि क्रान्तिकारी शक्ति लाइ नै साथ र सहयोग गर्ने बताउने कुवरले अहिले आफुले गर्दै गरेको कामको र सम्लग्नताको बारेमा खास बाहिर आउन नचाहेको कतिपय उनलाइ नजिक बाट बुझ्नेहरुको तर्क रहेको छ । यता, प्रचण्ड भने पत्नी सीताको उपचार गरेर सिंगापुर बाट गए राती मात्र स्वदेश फिरेकाछन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...