News Portal

रेडियो सुन्नुहोस्

राजनैतिक यात्रादेखि स्वतन्त्रसम्म

सिखबर संवाददाताजायश्वर जैसी
१०४० पटक
जायश्वर जैसी

म अनि मेरा सहयोद्धा साथीहरूसहित केही समय अगाडि हामीहरूले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी निकटका आपूmहरूले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरी स्वतन्त्र रहने जानकारी गरायौँ । यस कार्यले प्यूठानको राजनैतिक तथा सामाजिक वृत्तमा जिज्ञासा र चासो पैदा उत्पन्न गरायो । सकारात्मक र नकारात्मक, त्यसमा पनि अधिक मात्रमा सकारात्मक टिप्पणीहरू आए । लामो समयसम्म राजनैतिक भूमिकामा रहेका यी व्यक्तिहरूले किन एकाएक स्वतन्त्र रहने घोषणा गरे भन्ने कुराले धेरैलाई जिज्ञासा पैदा हुनु स्वभाविक नै हुने भइहाल्यो । स्वतन्त्र बस्ने निर्णयमा पुगेका यी व्यक्तिहरू के गर्छन् र कता जान्छन् भनी खोजतलासमा धेरै व्यक्ति र राजनैतिक पार्टीहरूले ध्यान दिएको पनि पाइयो । हामीले काम गर्दै आएको पार्टी र नेताहरूले भने हामी स्वतन्त्र भएको घोषणाले गम्भीर भएको समीक्षा गरेको पनि थाहा पायौँ । यो लेखमा हामीहरू किन स्वतन्त्र रहनु पर्ने स्थिति आयो भन्ने कुरा म मेरो झिनो राजनैतिक इतिहास र अहिलेको असाधारण परिस्थितिको बारेमा उल्लेख गर्ने प्रयत्न गरेको छु ।

म करिब १५÷१६ वर्षको उमेरमा ०६०÷६१ सालमा एस.एल.सी. पछि आई.ए. पढ्नको लागि दाङ जिल्लाको महेन्द्र बहुमुखी क्याम्पस घोराही गएको थिएँ । सानैदेखि राजनीतिप्रति चासो गर्ने र त्यसप्रति जिज्ञासु मैले आफ्नो पारिवारिक वर्ग मिल्ने र साँच्चै नै देशलाई आमूल परिवर्तन गर्ने पार्टी कुन हो भन्ने छुट्टाउन मन लागिरहेको थियो । म त्यतिवेला एकजना दाजुसँग डेरा गरी बस्थेँ । हाम्रो कोठामा ल्याण्ड लाइन फोनको सुविधा थियो । म बस्ने घरमा एमाले निकट विद्यार्थी संगठनका जिल्ला स्तरीय नेताहरू पनि बस्थे । हामी बस्ने कोठामा फोनको सुविधा भएकोले सुरुमै एमाले निकट विद्यार्थी र माओवादी निकट विद्यार्थी संगठनका नेताहरू बीच फोन संवादको वातावरण अगाडि बढ्यो । घरमा सँगसँगै बस्ने एमाले निकट विद्यार्थी नेताहरूले गरेको राजनैतिक कुरा पटक्कै मन पर्दैनथ्यो । उनीहरूले गर्ने तर्कले मलाई त्यतिवेला एक रती पनि छोएन । तर प्यूठानको मध्यम वर्गीय गरिब परिवारबाट पैसाको जोहो गरेर पढ्न गएको मलाई माओवादी निकट विद्यर्थीहरूले फोनमा गर्ने राजनैतिक कुराले साँच्ची तिनीहरू हाम्रा लागि लडेका हुन् कि क्या हो जस्तो लाग्थ्यो । उनीहरूका कुराले असाध्यै दिल छुन्थ्यो । उनीहरूले देशमा जनवादी राज्यसत्ता र जनवादी शिक्षाको स्थापनाले मात्र सबै नेपाली जनताको जीवनस्तर उठ्छ भन्थे । उनीहरूको त्यती कुराले मात्र म उनीहरूको बिचारमा सहमत हुन सकिनँ । अध्ययन गरेर मात्र अगाडि बढ्ने मेरो इच्चाले उनीहरूलाई केही पुस्तकहरू पठाइदिनको लागि आग्रह गरेँ । एक दुई दिनपछि विद्यार्थी आन्दोलन र पार्टीका बारेमा लेखिएका दर्जन पुस्तक मेरो हातमा आइपुगे । पुस्तकहरू पढ्दै जाँदा आफ्नो वर्गको असली कम्युनिष्ट पार्टी र देशलाई कायापलट गर्न सक्ने योजना भएको पार्टी माओवादी भएको कुरा ती पुस्तकहरू अध्ययन गर्दा लाग्यो । प्यूठान जिल्लाबाट बुबाआमाले खेती किसानी र मजदुरी गरेर पसिना र दुःखले लत्रक्कै भिजेका पैसा लिएर दाङ जिल्ला पढ्न गएको म माओवादी आन्दोलनमा लामबद्ध भई भूमिका निर्वाह गर्ने निर्णयमा पुगेँ । माओवादी निकट विद्यार्थी नेताहरूसँग मैले सम्पर्क गरी आपूm पनि संगठित भई काम गर्ने इच्छा प्रकट गरेँ । मेरो यस्तो इच्छा माओवादीको त्यो भूकम्पीय आन्दोलनमा नअटाउने कुरै थिएन । विहान क्याम्पस पढ्ने र असली विद्यार्थी बन्ने, दिउँसो शाही शासनको विरुद्धमा अग्र मोर्चामा रही आन्दोलनमा सरिक हुने र रातमा भूमिगत रूपमा पार्टी र संगठनका काम गर्ने भनी जिम्मेवारी प्राप्त भयो । कुशलतापूर्वक ती जिम्मेवारीहरू पुरा गर्ने काम भयो । पार्टी संगठनका कारणले एक वर्ष पढाइ रोकियो । झण्डैझण्डै बुर्जवा शिक्षाको काम छैन भनी छोडी सकेको थिएँ । ०६२÷६३ सालको जन आन्दोलन ताका परीक्षा दिनुपर्छ भन्ने मान्यता मनमा आयो र परीक्षा दिई आई.ए. पास गरेँ । भूमिगत रूपमै महेन्द्र बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) को मूल इकाई सदस्य हुँदै अध्यक्ष सम्मको जिम्मेवारी पुरा गरिसकेको थिएँ ।

 

प्रतिक्रियावादी एवम् याथास्थितिवादीहरू जसरी भए पनि सेना समायोजनको नाममा प्रतिक्रियावादी सत्ताको सेनामा जनमुक्ति सेनालाई विलय गराउन चाहन्थे । पछि उनीहरूको त्यो चाहना पनि पुरा भयो । माओवादीको मूल नेतृत्व पनि गौरवपूर्ण इतिहास रचेको सेना हतार हतार गरी प्रतिक्रियावादीको सेनालई घेरा हाल्न लगाई कब्जा गराए । यो कम्युनिष्ट आन्दोलनको इतिहासमा कालो दिन सावित भयो । प्रतिक्रियावादीहरूमा खुसी छायो भने क्रान्तिकारीहरूमा रोदन भरियो ।

पार्टी र विद्यार्थी संगठनको सहमतिमा २०६३ साल असोजमा दाङबाट प्यूठान आई अखिल(क्रान्तिकारी) को जिल्ला सदस्यको जिम्मेवारीमा रही काम गर्दै निरन्तर पार्टी र विद्यार्थी राजनीतिमा अगाडि बढेँ । देशव्यापी रूपमा जनताको उत्साह र लहर माओवादी पार्टी तिर आयो । अब देशमा लामो युद्ध पश्चात आमूल परिवर्तन हुन्छ भन्ने कुरा मेरो पलाउँदै गयो । झन्पछि झन् पार्टी संगठनका कामहरूमा निरन्तरता दिई रहेँ । एक हिसाबले म पार्टीको पूर्णकालीन कार्यकर्ताको रूपमा क्रियाशील हुँदै गएँ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बेसरी लागियो । परिणाम पनि कोहीले नसोँचेको र कल्पना पनि नगरेको देशभर असाध्यै राम्रो आयो । जन संविधान सहितको जनसत्ताको कल्पना गर्ने माओवादी कार्यकर्ता र जनतामा तीब्र ढंगले आशा जागृत हुँदै गयो । त्यसपछि सेना समायोजनको चर्चा परिचर्चा सुरू भयो । प्रतिक्रियावादी एवम् याथास्थितिवादीहरू जसरी भए पनि सेना समायोजनको नाममा प्रतिक्रियावादी सत्ताको सेनामा जनमुक्ति सेनालाई विलय गराउन चाहन्थे । पछि उनीहरूको त्यो चाहना पनि पुरा भयो । माओवादीको मूल नेतृत्व पनि गौरवपूर्ण इतिहास रचेको सेना हतार हतार गरी प्रतिक्रियावादीको सेनालई घेरा हाल्न लगाई कब्जा गराए । यो कम्युनिष्ट आन्दोलनको इतिहासमा कालो दिन सावित भयो । प्रतिक्रियावादीहरूमा खुसी छायो भने क्रान्तिकारीहरूमा रोदन भरियो । एक प्रकारले भन्ने हो भने माओवादी आन्दोलनमा सेनाको त्यस प्रकारको विलयले ठूलो क्षति भयो । प्रतिक्रियावादी पुँजीवादी दलालहरूबाट क्रान्तिकारीहरूको नेतृत्व रहेको बहुमत प्राप्त सरकारबाटै जनताको संविधान सभा विघठन गराउन सफल भए भने क्रान्तिकारी नेतृत्व भन्नेहरू रमिते बने । पहिलो संविधान सभाको विघठन पश्चात पार्टी भित्र दुई लाइन संघर्ष तीब्र ढंगले सुरु भयो । त्यतिवेला अखिल(क्रान्तिकारी) प्यूठान जिल्लाको अध्यक्ष र पार्टी जिल्ला सदस्यको जिम्मेवारी पाइसकेको थिएँ । बिचार, राजनीति, दर्शन र सिद्धान्तका बारेमा थोरा बहुत ज्ञान हासिल भइसकेकाले दुई लाइन संघर्षले मलाई पनि छुन थाल्यो । दुई लाइन संघर्षमा कस्तो भूमिका निर्वाह गर्नुपर्छ मलाई अनुभव नै थिएन । माओवादीभित्र प्रचण्ड–बाबुराम र किरण–विप्लव समूह बीच लाइन संघर्षहरू तीब्र ढंगले सञ्चालन भए । प्रचण्डको लाइन नै नभए जस्तो लाग्थ्यो मलाई । व्यक्तिगत रूपमा बाबुराम मन पर्ने तर कम्युनिष्ट राजनैतिक सिद्धान्तबाट हेर्दा बाबुराम पतन भएको हो भन्ने मेरो बुझाइ थियो त्यतिवेला । कम्युनिष्ट राजनीति र माओवादी आन्दोलनका एजेण्डाहरूको सुरक्षित लाइन किरण–विप्लवसँग भएको बुझाइले गर्दा किरण–विप्लवको लाइनमै म उभिएँ । विद्यार्थी आन्दोलनमा स्थापित र पार्टीको जिल्ला कमिटीमा भएकोले पनि म कुन लाइनमा हुने भन्ने कुराले जिल्लामा चर्चा पाउँथ्यो । आफ्नो लाइनतिर तान्नको लागि मेरो निवासमा दैनिकजसो नेताहरूको जाम नै लाग्थ्यो । म भने क्रान्ति हुनुपर्छ, क्रान्ति पूरा भएको छैन भन्ने दृढ मान्यता राख्ने भएकाले मेरो बिचार र लाइन कसैले पनि डगमगाउन सकेन । मेरो सक्रियतामा नै तत्कालीन विद्यार्थीको जिल्ला कमिटी पुरै किरण लाइनमा दृढताकासाथ उभिँएको थियो ।

 

पार्टीभित्र चलेको दुई लाइन संघर्षले माओवादी आन्दोलनलाई विभाजन गरेको भर्खरैको ताजा स्मरणले गर्दा फेरि सुरु भएको लाइन संघर्षको कुराले एकातिर ठूलो जिज्ञासा उत्पन्न गरायो भने अर्कोतिर नेताहरूको के तरिका हो यो भन्ने भाव पैदा भयो । यही राजनैतिक सेरोफेरोमै सरकारद्वारा २०७० सालमा घोषित दोस्रो संविधान सभा बहिष्कारको आन्दोलनलाई जिल्ला व्यापी तीब्र ढंगले चलायौँ । चुनाव बहिष्कारलाई नै लिएर पार्टीको पोखरा बैठकमै खटपट भएको थियो ।

अन्ततः काठमाण्डौको वौद्धमा भएको किरण–विप्लव माओवादी समूहको भेलाले प्रचण्ड–बाबुराम समूहबाट सम्बन्ध बिच्छेद ग¥यो । त्यो भेलामा सहभागी मध्ये एक म पनि थिएँ । भेलाले ‘जनयुद्धको जगमा जनविद्रोह’ को लाइन पारित ग¥यो । जिल्लादेखि–केन्द्रसम्म आधाभन्दा बढी माओवादी नेता कार्यकर्ता किरण–विप्लवको पार्टीमा सहभागी भए । सबैमा नयाँ उत्साह पैदा हुँदै गयो । यही बीचमा जिल्लाबाट बिचार र लाइनलाई सहयोग पुग्ने पत्रिकाको प्रकाशन गर्ने आप्mनै योजनाअनुसार नेतृत्व लिइ काम पनि मैले गरेको थिएँ त्योवेला । राजनीतिमा पत्रकारिताको महत्व पनि मैले त्यतिवेला थोरैधेरै बुझेको थिएँ । पार्टी विभाजनको केही समयपछि काठमाण्डौको कमालादीमा भएको पाटीको सातौँ महाधिवेशनले पनि ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा पारित ग¥यो । सो महाधिवेशनको प्रतिनिधि भई भाग मैले पनि लिएको थिएँ । त्यतिबेला नेकपा–माओवादीको मगराँत राज्य समिति सदस्य तथा अखिल(क्रान्तिकारी) को केन्द्रीय सदस्य र राप्ती–लुम्बिनी इन्चार्जको जिम्मेवारी पाइ पूरा गर्दै थिएँ । फेरि पार्टीभित्र दुई लाइन संघर्षका झिल्काहरू आउन थाले । विप्लवले पार्टी केन्द्रको बैठकमा ‘एकीकृत जनक्रान्ति’ नामको फरक दस्तावेज पेस गरेको कुरा थाहा भयो । पार्टीभित्र चलेको दुई लाइन संघर्षले माओवादी आन्दोलनलाई विभाजन गरेको भर्खरैको ताजा स्मरणले गर्दा फेरि सुरु भएको लाइन संघर्षको कुराले एकातिर ठूलो जिज्ञासा उत्पन्न गरायो भने अर्कोतिर नेताहरूको के तरिका हो यो भन्ने भाव पैदा भयो । यही राजनैतिक सेरोफेरोमै सरकारद्वारा २०७० सालमा घोषित दोस्रो संविधान सभा बहिष्कारको आन्दोलनलाई जिल्ला व्यापी तीब्र ढंगले चलायौँ । चुनाव बहिष्कारलाई नै लिएर पार्टीको पोखरा बैठकमै खटपट भएको थियो । पार्टीले गति पैदा नगर्ने र लाइन संघर्ष चल्ने कुराले क्रान्ति के हुन्छ भन्ने कुरामा अलमल परिरहेको थियो । यस पार्टीमा सुरु हुन थालेको लाइन संघर्षले कार्यकर्ताहरुमा निराशा आउन थालिसकेको थियो । प्रचण्ड–बाबुरामबाट छुट्टिएर आउँदा देशव्यापी आम कार्यकर्ताहरूलाई संगठित गर्ने कार्यमा विप्लवको भूमिका अग्र पङ्क्तिमा थियो । उनै क्षमतावान युवा नेता विप्लवले प्रस्ताव गरेको एकीकृत जनक्रान्ति नै अहिलेको नयाँ कार्यदिशाको रूपमा नेपाली मौलिकतामा विकास गर्न सके क्रान्ति पूरा गर्ने अस्त्र बन्न सक्छ भन्ने मेरो बुझाई रह्यो त्यतिवेला । तर किरण र विप्लव कुनै पनि हालतमा विभाजन हुनुहुँदैन भन्ने मेरो दृढ मत थियो । प्रचण्ड–बाबुरामसँगै हुँदा जस्तो चर्को र अस्वस्थ लाइन संघर्ष भने किरण–विप्लव बीचमा चलेको थिएन ।

कम्युनिष्ट आन्दोलनमा हुने यस्ता टुटफुट र विभाजनको इतिहास हेर्दा पार्टी छोड्न त हुँदैन तर यसरी सबै राजनीति हो भनेर लाग्न सकिदैन, अब कुनै पेशामा लाग्नुपर्छ भन्ने सोँच मेरो मनमा तीब्र बन्दै आयो । मेरो पत्रकारितातिर पनि उत्तिकै रुची भएकोले पत्रकारितालाई पनि सँगसँगै अगाडि बढाएको थिएँ । कुनै समय बुर्जुवा शिक्षा पढ्नु र नपढ्नुको कुनै अर्थ छैन भन्ने मान्यता राख्ने मैले ०६५ सालपछि माओवादी नेताहरूले खेतला लगाएर एस.एल.सी. दिएको देखेपछि औपचारिक शिक्षा प्राप्त गर्न कुनै पनि हालतमा छोड्नु हुदैन भन्ने चेतना मेरो पैदा भएको थियो । जेनतेन समय मिलाएर एकेडेमिक शिक्षा पनि मास्टर डिग्री पूरा गर्ने यात्रातिर थिएँ । यस्तैयस्तै यात्राहरू चलिरहेको वेलामा बुबाको निधन भयो । परिवारका सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो । मध्यम वर्गीय गरिब किसान परिवारबाट अगाडि बढेको मैले राजनीतिमा मात्रै समय दिएर जीवन चल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न थाल्यो । आर्थिक रूपमा पार्टीले मलाई सहयोग गर्ने स्थिति पनि थिएन । पार्टी विभाजनको करिब दुई वर्ष वितिसक्दा पनि पार्टीले गति प्राप्त गर्न सकेन । अब त जसरी भए पनि कुनै एक पेसामा आबद्ध भई अगाडि बढ्नुपर्छ भन्ने मेरो मनमा इच्छा जाग्यो । आफ्नाो योग्यता पनि पुगिसकेकाले शिक्षक पेसामा प्रवेश गरी समाज र बालबालिकाहरूलाई शिक्षाको असल मार्गमा हिडाउनु पर्छ भन्ने अभिलाषा मेरो मनमा जागिरहेको थियो । त्यही समयमा गौमुखी मा.वि. ठूलाबेसीमा माध्यमिक तहको अस्थायी (सट्टा) शिक्षकको विज्ञापन भयो । प्रतिस्पर्धाबाट म त्यहाँ शिक्षक भई जागिरे जीवनमा प्रवेश गरेँ । त्यहीँबाट नै एक हिसाबले मेरो क्रियाशील राजनीतिमा विश्राम लागेको थियो । त्यतिवेला म शिक्षकमा प्रवेश गर्दा पनि केही चर्चा भएको थियो । लामो समयसम्म राजनीतिमा सक्रिय भई लागेको मान्छे शिक्षक पेसामा लागेर जागिर खान्छ होला भन्ने धेरैले सोँचेको विषय नै थिएन । म शिक्षक बन्दा मैले काम गर्दै आएको पार्टी र नेताहरू धेरै नै चिन्तित थिए ।

 

२०७४ साल कार्तिक २७ गते बिहान लिवाँसे प्रहरी चौकीबाट प्रहरीको एक डफ्फा कोठामा आई रोल्पा–रुकुमतिर विप्लवका निर्वाचन विरोधी गतिविधि बढेकोले सरलाई पनि जिल्लामा छलफलको लागि डि.एस.पी.ले बोलाउनु भएको छ भनेर प्रहरीले गिरप्तार गरी निर्वाचन विरोधी गतिविधि गरेको भनी झुट्टा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राख्यो । राज्यको यस्तो रवैयाले मेरो आक्रोशको सीमा रहेन । मेरो गैर न्यायिक गिरप्तारका विरुद्धमा मैले अध्ययापन गर्ने विद्यालयका विद्यार्थीद्वारा लिवाँसे प्रहरी चौकी नाराजुलुससहित घेर्ने काम भयो ।

२०७१ मंसिरमा किरण र विप्लवमा विभाजन आयो । पार्टी विभाजनपछि किरण समूहमा रहेका वादल सहितको एक हुल माओवादी केन्द्रमा छि¥यो । म शिक्षक भइसकेको थिएँ । विप्लवले लिएको कार्यदिशा नै पहिदेदेखि नै मन पर्दथ्यो । पार्टीले मलाई अब शिक्षक संगठनको नेतृत्व गर्नुपर्छ भन्ने अनुरोध ग¥यो । त्योवेला मलाई शिक्षक छोडेर विप्लव माओवादीको जिल्लाको सेक्रेटरी भएर नेतृत्व लिन पनि पार्टीबाट अनौपचारिक रूपमा अनुरोध भएको थियो । तर मैले नमानेपछि शिक्षकको भूमिकाबाटै जिल्ला पार्टीको सचिवालयमा रही काम गर्ने र शिक्षक संगठनको नेतृत्व लिई कामगर्नु पर्ने जिल्ला पार्टीले निर्णय ग¥यो । राजनीतिलाई भन्दा पेसालई मैले बढी महत्व दिँदै गएँ । २०७३ सालमा शिक्षक सेवा आयोगले लिएको माध्यकिक तहको परीक्षामा सफल भई स्थायी शिक्षकको रूपमा म नियुक्ति भएपछि मेरो पेसागत जिम्मेवारी झन् थपियो भने पार्टीका सम्पूर्ण जिम्मेवारी हटाइयो र शिक्षक संगठनको जिम्मा मात्र लिइयो । पार्टीको शुभचिन्तक भएर शिक्षकका पेसागत समस्या समाधानको नेतृत्व लिने कार्यमा आफ्नो स्थानबाट प्रयास गर्दै थिएँ । पार्टीले लिएको नीतिभन्दा पनि संसदीय राजनीतिबाट सम्पूर्ण जनताको समस्याको हल हुँदैन भन्ने कम्युनिष्ट राजनीतिका बिचारकहरूको बिचारमा मेरो दृढ विश्वास थियो र अहिले पनि त्यो हराएको छैन । यही बिचारले गर्दा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चुनाव प्रचारमा पनि हिडिएन, भोट पनि गरिएन, चुनाव खारेजीको अभियानमा पनि लागिएन । एक हिसाबले भन्ने हो भने स्वतन्त्र नागरिकको रूपमा भूमिका निर्वाह गरियो । स्थानीय निर्वाचनको मत गणना स्थलबाट भने स्वतन्त्र पत्रकारको रूपमा विभिन्न सञ्चार माध्यममा भने रिपोर्टिङ भने गरेको थिएँ । स्थानीय चुनावपछि सबै आ–आफ्नो कार्यमा लागे । म पनि आफ्नो पेसामा निरन्तर लागीरहेँ । स्थायी शिक्षकको नियुक्तिको परीक्षण काल पूरा भएको थिएन । २०७४ साल मंसिर १० र २१ गते सरकारद्वारा घोषित संघ र प्रदेश निर्वाचन अभियान एकातिर चलेको थियो भने अर्कोतिर त्यसको खारेजी अभियान चलेको समाचार आइरहेका थिए । म भने आफ्नो पेसामा प्रतिबद्ध भइ काम गरिरहेको थिएँ । संसदीय व्यवस्थाभित्र हुने निर्वाचनले देश र जनताको निकास दिन नसक्ने भएकाले भोट गर्नु र नगर्नुको कुनै अर्थ नभएकोले संघ तथा प्रदेश निर्वाचनमा पनि भोट नगरी स्वतन्त्र भूमिका निर्वाह गर्ने बिचार मेरो थियो । २०७४ साल कार्तिक २७ गते बिहान लिवाँसे प्रहरी चौकीबाट प्रहरीको एक डफ्फा कोठामा आई रोल्पा–रुकुमतिर विप्लवका निर्वाचन विरोधी गतिविधि बढेकोले सरलाई पनि जिल्लामा छलफलको लागि डि.एस.पी.ले बोलाउनु भएको छ भनेर प्रहरीले गिरप्तार गरी निर्वाचन विरोधी गतिविधि गरेको भनी झुट्टा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राख्यो । राज्यको यस्तो रवैयाले मेरो आक्रोशको सीमा रहेन । मेरो गैर न्यायिक गिरप्तारका विरुद्धमा मैले अध्ययापन गर्ने विद्यालयका विद्यार्थीद्वारा लिवाँसे प्रहरी चौकी नाराजुलुससहित घेर्ने काम भयो । जिल्लामा क्रियाशील मानवअधिकार कर्मी, पत्रकार, शिक्षकका पेसागत संघ–संगठन लागयतले गिरप्ताको विरोध गरे । २८ दिनपछि मात्र मलाई राज्यले हिरासतमुक्त ग¥यो । त्यसपछि आफ्नो पेसालाई निरन्तरता दिएँ । त्यसपछि २०७४ चैतमा भएको अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा सर्बसम्मत निर्वाचित भएँ । पार्टी र कम्युनिष्ट बिचारप्रतिको आस्था भने मेरो मरेको थिएन र मर्ने कुरा पनि भएन ।

माओवादी आन्दोलनमा पैदा भएको विचलन, धोका र अकर्मन्यताले नेपालमा रहेका क्रान्तिकारीहरूलाई एक हदसम्म निरास बनाएको तथ्य लुकेको छैन । म लगायतका साथीहरूको स्वतन्त्र घोषणा त्यसैको उपज पनि हो । हामीहरूले स्वतन्त्र घोषणा पश्चात विभिन्न प्रतिक्रिया आइरहेको समयमा म के स्पष्ट गर्न चाहन्छु भने हामी मुलतः कम्युनिष्ट बिचार, मूल्य, मान्यता र आर्दशप्रतिको विश्वास त्यागेका होइनौँ । माओवादी आन्दोलनको मूलधारको बिचार त्यागेका होइनौँ ।

आज संसारभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । माक्र्स–लेनिनको समयदेखि नै कम्युनिष्ट आन्दोलनभित्र संशोधनवादको घुसपैठ भइसकेको थियो । नेपालमा त्यही संशोधनवाद पुँजीवादसँग लम्पसार परेर आम जनसमुदायलाई कम्युनिष्टको भ्रम दिएको छ । आज पनि नेपालमा मात्रै होइन संसारभर नै प्रतिक्रियावादी राज्यसत्तालाई हाँक दिने वैकल्पिक सत्ताका अभियन्ताहरूको जरूर आवश्यक छ । ती अभियानहरू कसरी चलाउने भन्ने कुरा वस्तुगत र आत्मगत परिस्थितिको ठोस विश्लेषण गरेर नयाँ कार्यदिशाको विकास नगरी क्रान्ति पूरा गर्न गाह्रो नै छ । माओवादी आन्दोलनमा पैदा भएको विचलन, धोका र अकर्मन्यताले नेपालमा रहेका क्रान्तिकारीहरूलाई एक हदसम्म निरास बनाएको तथ्य लुकेको छैन । म लगायतका साथीहरूको स्वतन्त्र घोषणा त्यसैको उपज पनि हो । हामीहरूले स्वतन्त्र घोषणा पश्चात विभिन्न प्रतिक्रिया आइरहेको समयमा म के स्पष्ट गर्न चाहन्छु भने हामी मुलतः कम्युनिष्ट बिचार, मूल्य, मान्यता र आर्दशप्रतिको विश्वास त्यागेका होइनौँ । माओवादी आन्दोलनको मूलधारको बिचार त्यागेका होइनौँ । हामीले मात्रै भनेको के हो भने पार्टीले लिएको कार्यदिशा हाम्रो पेसामा रहेर काम गर्ने अनुकूलको छैन, हामीले पार्टी, जबसका जिम्मेवारी लिइ कार्य गर्न सक्दैनौँ भनेका हौँ । हामी यतिवेला चाहे स्वतन्त्र बसौँ या अन्य कुनै ठाउँमा जाऔँ । वर्तमान राज्य व्यवस्थाले सम्पूर्ण मानव समुदायको समस्याको समाधान गर्न नसकेको अवस्थामा सम्पूर्ण मानव मुक्तिको सपना र भविष्य देखेर प्रतिक्रियावदी राज्यसत्ताको वैकल्पिक राज्य व्यवस्था यानकी कम्युनिष्ट राज्य व्यवस्था स्थापना गरी सम्पूर्ण समस्याको समाधान दिन्छौँ भन्ने जो कसैको बिचारको विरोधी हामी कदापी हुँदैनौँ । तर अहिले हामी उक्त बिचारको अनुयायी भएर अभियान चलाउन भने सक्दैनौँ । हामीले पार्टीलाई गाली गलौज र अनाआवश्यक लाञ्छना लगाएएर प्रतिक्रियावादी सत्ताको टिका ग्रहण गरेका छैनौँ । जुन कुनै कम्युनिष्ट पार्टी कम्युनिष्ट आदर्शअनुसार चल्नु नै पर्छ । राजनैतिक प्रकृतिका शान्तिपूर्ण गतिविधिको हामी जहाँ भए पनि समर्थन गर्न हिच्किचाउने छैनौँ ।

हामी स्वतन्त्र घोषणा गरिरहँदा बधाई र शुभकामना पनि आएका छन् यो पनि हामीलाई आवश्यक छैन । मानव जातिकै स्वर्णीम भविष्य निर्माण गर्ने आशातीत बिचारबाट स्वतन्त्र भएर बस्ने कुराले एकदिन अवश्य अर्थ राख्ने छ । परिस्थिति अनुकूल नभएर डराएर स्वतन्त्र भए कि भन्ने मित्रहरूलाई के भन्छु भने शिक्षक पेसामा रहेर पनि २८÷२८ दिनसम्म प्रहरी हिरासतमा धैर्यता गर्ने हामी नै हौँ । आत्मसमर्पण गरेको भए त्यतिवेला पनि राम्रो अवसरको समय थियो । क्रान्तिकारी बिचारबाट विचलित भएनौँ ।

हामी स्वतन्त्र घोषणा गरिरहँदा बधाई र शुभकामना पनि आएका छन् यो पनि हामीलाई आवश्यक छैन । मानव जातिकै स्वर्णीम भविष्य निर्माण गर्ने आशातीत बिचारबाट स्वतन्त्र भएर बस्ने कुराले एकदिन अवश्य अर्थ राख्ने छ । परिस्थिति अनुकूल नभएर डराएर स्वतन्त्र भए कि भन्ने मित्रहरूलाई के भन्छु भने शिक्षक पेसामा रहेर पनि २८÷२८ दिनसम्म प्रहरी हिरासतमा धैर्यता गर्ने हामी नै हौँ । आत्मसमर्पण गरेको भए त्यतिवेला पनि राम्रो अवसरको समय थियो । क्रान्तिकारी बिचारबाट विचलित भएनौँ । क्रान्तिकारी बिचार भन्ने कुरा पार्टीमा बस्दाबेर हुने छोडेपछि मर्ने भन्ने हुँदैन होला । लामो समयसम्म राजनैतिक भूमिकामा क्रियाशील यी व्यक्तिहरूको अब राजनैतिक र सामाजिक रूपमा भूमिका कस्तो हुन्छ होला भन्ने जिज्ञासा धेरैको छ । हामी के भन्न चाहन्छौँ भने राजनैतिक बिचारको रूपमा माक्र्स, लेनिन र माओले प्रतिपादन गरेका सार्वभौम बिचारहरूलाई समर्थन गर्दछौँ । संसद र पुँजीवादसँग सहकार्य गरेर समाजवाद र साम्यवादको भ्रम दिने संशोधनवादी बर्नस्टिन, काउत्स्की, ख्रुश्चोभ, मिलेराँहरूको बिचार ठिक होइनन् भन्न छोड्ने छैनौँ । सामाजिक रूपमा अन्याय र अत्याचारमा परेकालाई सहयोग, भ्रष्ट्राचारको विरोध, विकृति र विसंगति अन्त्यको अभियान, सुशासनको स्थापना, अनियमितता र घुसखोरीको अन्त्य गर्ने अभियान, विपद्मा परेकालाई सहयोग अभियान एवं सकारात्मक र जनताको पक्षमा काम गर्ने सबैलाई सहयोग गर्दै अगाडि बढ्ने छौँ ।
धन्यवाद !!

२०७५÷०५÷०५

लेखकः शिक्षक, गौमुखी माध्यमिक विद्यालय
गौमुखी गाउँपालिका–५ ठूलाबेसी, प्यूठान

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

ऐरावतीमा खोलाले बगाउँदा बालक बेपत्ता

ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले...

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी