झुलेनी नेटवर्क २०८२ पाैष २३ गते


२०८२ पाैष २३ गते सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति व्यस्त रहने बजार क्षेत्र विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र‘हर्न निषेध’ लेखिएको ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड राखिएको छ ।
इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरिक्षक मिलन पाण्डेको नेतृत्वमा ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड राखिएको प्रहरी जवान जीवराज गिरीले जानकारी दिए । यो क्षेत्रमा नियमित रुपमा ट्राफिक चेकजाँच भैरहने उनले बताए।
अस्थायी ट्राफिक पोष्ट बिजुवारका प्रहरी सहायक हवल्दार लछुमान गिरी र प्रहरी जवान जीवराज गिरी सहितको टोलीले सन्देशमुलक बोर्ड राखेको हो ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षामा विशेष ध्यान दिन सचेतनामुलक कार्य अन्तरगत व्यस्त क्षेत्रमा चिन्ह राखिएको सहायक हवल्दार गिरीको भनाई छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












