News Portal

रेडियो सुन्नुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

झुलेनी नेटवर्क २०८२ मंसिर २६
६८५ पटक
२०८२ मंसिर २६

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ ।
दुइचक्के सवारी साधन टिभिएस प्यूठानको आधिकारीक विक्रेता रहेको ओम सप्लायर्स विजुवार भौकाले पुराना बाईक वा स्कुटी एक्सचेन्ज गर्न चाहाने ग्राहकहरुका लागी यहि मंसिर २८ गतेदेखी पुष ४ गतेसम्म टिभिएस एक्सचेन्ज अफर संचालन गर्न लागेको हो ।

प्यूठान नगरपालिका ४ विजुवार र जुम्रीको विचमा पर्ने भौकामा संचालन हुने यो कार्यक्रम अन्तर्गत जुनसुकै ब्राण्डका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाको मुल्यांकन प्राप्त गर्न सकिने ओम सप्लायर्सका संचालक ओमकार कर्माचार्यले जानकारी दिए ।
‘ग्राहकहरुलाई हामीले फरक अफर दिन लागेका छौ’, उनले भने , यो अफर अन्तर्गत ग्राहकहरुले १० हजार रुपैया सम्मको थप मुल्य, ८ हजार रुपैया सम्मको नगद छुट र निशुल्क बाईक यसोसरिज समेत प्राप्त गर्न सक्नेछन ।

कार्यक्रममा सहभागी भएर क्युआर कोड स्क्यान गर्ने ग्राहकहरुले थप उपहार समेत जित्ने अवसर रहेको जनाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...