News Portal

रेडियो सुन्नुहोस्

मेयरलाई कालोमोविल लगाएको घटनाको विप्लव नेतृत्वको नेकपा प्यूठानले जिम्मा लियो

आफुमाथि लगाईएका आरोपहरु निराधार र तथ्यहिन रहेको मेयरको दावि

सिखबर संवाददातापौष २४, प्यूठान
२०८१ पटक
पौष २४, प्यूठान

प्यूठानको एक स्थानिय तहका मेयरलाई नेकपा प्यूठानले कालो मोविल लगाईदिएको छ। स्वर्गद्धारी नगरपालीका प्यूठानका मेयर नेत्र वहादुर रोकायलाई आफ्नो पार्टीले ‘कालोमोसो’ लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला सेक्रेटरी डिल वहादुर घर्ति(अजय) ले वताए।

घटनाको विज्ञप्तीमार्फत उक्त पार्टीले जिम्मा लिएको छ। विज्ञप्तीमा वेनामि चेक काटी आफ्नो पार्टीको नाममा आर्थिक अनियमिता गरेको, उपभोत्ता समितिमा आफ्ना कार्यकर्ता राखि किर्ते विलभपाई वनाएको, आफन्तलाई कर्मचारी वनाएको लगायतका आरोप लगाईएको छ।

योजना शाखामा वसेर योजनाहरुको विषयमा छलफल गरिरहेका वेला नगरपालीका कार्यालयमा छिरेका तिन जनाले कारण विज्ञप्तिमार्फत थाहा पाउने भन्दै आफुलाई लक्षित गरि कालो मोविल प्रहार गरेको नगरपालीकाका मेयर रोकायले वताए। मेयर रोकायले आफुमाथि मोवोल खन्याएर दुव्र्यवहार गर्नेहरुले निराधार र तथ्यहिन आरोप लगाएको भन्दै कानुन अनुसार कारवाहि हुनुपर्ने वताए।

मेयरमाथि कालोमोसो दल्ने ३ जनाको पहिचान भैसकेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डि.एस.पी. निर्मल वुढाथोकिले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...