News Portal

रेडियो सुन्नुहोस्

दुई तिहाइको सरकार र समाजवादको हल्ला

जायश्वर जैसी
१०२९ पटक

हाम्रो नेपालमा आजको यो समयमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुई तिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डङ्का पिटिएको छ । संविधानमै समाजवाद उन्मुख राष्ट्र भन्ने कुरा लेख्न कुनै कन्जुस्याईँ गरिएको छैन । लेखेर र भनेर समाजवाद उन्मुख हुने वा आउने हो या त्यसको लागि समाजवादी कार्यक्रम बनाई लागु गर्नु पर्ने हो, त्यसको लागि गम्भीर बहसको जरूरी अवश्य नै पर्छ । समाजवाद ल्याउनको लागि शासकहरूको मानसिकता पनि समाजवादी पक्कै हुनुपर्छ । समाजवादको लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनु पर्दछ । तर, राज्यको संयन्त्र पुरै भ्रष्ट्र र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ । शासक समाजवादीको त कुरै छाडौँ पुँजीवादी मानसिकताको पनि छैन । शासकको चरित्र हेर्ने हो भने दलाल पुँजीवादको मतियारको रूपमा खडा छ ।

-समाजवाद ल्याउनको लागि शासकहरूको मानसिकता पनि समाजवादी पक्कै हुनुपर्छ । समाजवादको लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनु पर्दछ । तर, राज्यको संयन्त्र पुरै भ्रष्ट्र र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ ।

नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यो किसिमले समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्ला बाहेक केही हुन सक्दैन ।

अहिले समाजवादको व्याख्या डेमोक्रेटिक र लेफ्टिष्ट(कम्युनिष्ट) भन्नेहरूको आ–आफ्नै प्रकारको छ । वास्तविक रूपमा आम जनताको लागि समाजवाद डेमोक्रेटिकहरूको भन्दा लेफ्टिष्ट(कम्युनिष्ट) हरूको नै उत्तम हुन्छ भन्नेमा कुनै शङ्का छैन । तर नेपालमा डेमोक्रेटहरू र आफूलाई लेफ्ट(कम्युनिष्ट) भन्ने दुवैथरीले समाजवादलाई एकै ठाउँमा गोलमोटोल पारी जनताका आँखामा छारो हाल्न खोजेको देखिन्छ । कम्युनिष्ट भन्नेहरूको बीचमा त समाजवादको बारेमा एउटै बुझाई छैन भने कम्युनिष्ट र लोकतान्त्रिकहरूको खिचडीबाट कसरी र कस्तो समाजवाद आउँछ ? समाजवादी व्यवस्था जनताको लागि उत्तम व्यवस्था हो । यसमा कुनै दुई मत नै राख्न जरूरी छैन ।

पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्ज्यास् पाइँदैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेहरूको मस्तिष्क नै दूषित बनाइदिई सकेको छ । जनतालाई मजाले सपना देखाइएको छ । समृद्धि र समाजवादका गुलिया नारा लगाइएको छ ।

समाजवादको अनिवार्यताप्रति आम मानव समूदाय पूर्णतः विश्वस्त हुनुपर्छ । नेपालमा मात्रै होइन दुनियाँमा एकपटक समाजवाद अनिवार्य प्रवेश गर्ने छ भन्नेमा पैसा र दलाल पुँजीको मातले उन्मत्त भएका मूर्खहरूवाहेक ज्ञानी र सचेत मानिस सहमत नै छ र हुनुपर्छ । नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यो किसिमले समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्ला बाहेक केही हुन सक्दैन ।

हुन त म समाजवादको कुनै विज्ञ र ज्ञाता होइन । माओवादी आन्दोलनमा समाजवादी व्यवस्थाको लागि भनेर झण्डै एक दशक भन्दा बढी पूर्णतः समर्पित भावका साथ लागी प्राप्त गरेको शिक्षा र अनुभवका आधारमा समाजवादमा यो तरिकाले जान सकिदैन भन्ने मेरो बुझाइ छ । यदि सकिन्छ भन्ने कसैलाई छ भने त्यो भ्रम सिवाय केही होइन । आजको राजनैतिक परिदृष्यलाई गहिरो गरी नियाल्दा सङ्केत राम्रो देखिएको छैन । पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्ज्यास् पाइँदैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेहरूको मस्तिष्क नै दूषित बनाइदिई सकेको छ । जनतालाई मजाले सपना देखाइएको छ । समृद्धि र समाजवादका गुलिया नारा लगाइएको छ ।

समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारीहरूको सरकार छैन । नेपाली चेलीहरूको सरकार छैन । विदेशिएका लाखौँलाख युवाहरूको सरकार छैन । सिसान मजदुरको सरकार छैन । इमान्दार र स्वाभिमानीहरूको सरकार छैन । हुन त फेरि पनि नेपालमा दुई तिहाइको सरकार छ ।

अस्थिर सरकारका कारणले देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो । स्थिर हुनको लागि दुई तिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो । एक पटक होइन हजारौँ पटक भनियो । मत आयो भने त देश कायापलट नै हुन्छ भनेर बहुमतको प्रचार गरियो । समाजवादको लागि बहुमत भनियो । समाजवादको प्रचार गरियो । तर, आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारवाजी मात्रै भएको छ । समाजवाद कसरी आउँछ ? कुनै खाका दिएको छैन । अल्मलमा पारिएको छ । विश्वका शासन व्यवस्था हेर्ने हो भने खास समाजवादी शासन व्यवस्था कतै पनि देखिदैनन् । सारमा हेर्दा पुँजीवादमा रूपान्तरित छन् । आज नेपालमा दुई तिहाइको हल्ला छ । दुई तिहाइको बडो प्रचारवाजी छ । सङ्ख्याको राजनीति र होडबाजी छ । दुई तिहाइको सरकार छ । संसदवादी कम्युनिष्टहरूको सरकार छ ।

शासन सत्तामा बसेकाहरूमा ठगेर, लुटेर, परिश्रम नै नगरेर व्यक्तिगत सम्पत्ती जोड्ने मोह र लालचा उच्च छ भने कसरी आउँछ समाजवाद ? कसले ल्याउँछ समृद्धि ? देशका आम जनताहरू एक ट्याप्लेट सिटामोल खान नपाइ छट्पटाएर मर्छन् तर यहाँका उच्च पदस्त एवम् शासक भन्नेहरू करोर्डौँ खर्च गरेर विदेशमा उपचार गराउन पुग्छन् भने कहाँ केका लागि आउँछ समाजवाद ?

सबै छ, तर पनि समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारीहरूको सरकार छैन । नेपाली चेलीहरूको सरकार छैन । विदेशिएका लाखौँलाख युवाहरूको सरकार छैन । सिसान मजदुरको सरकार छैन । इमान्दार र स्वाभिमानीहरूको सरकार छैन । हुन त फेरि पनि नेपालमा दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो । शायद दुई तिहाइ र समाजवाद फरक कुरा हो । दुई तिहाइको सरकार भएर केही हुने रहेनछ । जनताको सरकार हुनुपर्दो रहेछ । समाजवादी सरकार हुनुपर्दो रहेछ । दुई तिहाइको सरकारले त्यही दुई तिहाइको हल्ला गर्न मात्रै ठिक्क छ । जनताको सरकार हुन कुनै तिहाइ चाँहिदैन पक्कै । जनताका पिर, मर्का र समस्या बुझी समाधान गरिदिए पुग्छ । समृद्धि र समाजवादका सपना देखाएर निजी सम्पत्ती थुपार्नको लागि जे पनि गर्न तम्तयार हुने जमात खडा गर्ने सरकार दुई तिहाइको त हुन सक्ला तर समाजवादी सरकार हुन कदापि सक्दैन । यो समृद्धि र समाजवाद ल्याउने सरकार पनि हुनै सक्दैन ।

जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ । समाजवाद आउँदैन । देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्ट्राचारले आक्रान्त र थिलोथिलो परेको छ । शासन सत्तामा बसेकाहरूमा ठगेर, लुटेर, परिश्रम नै नगरेर व्यक्तिगत सम्पत्ती जोड्ने मोह र लालचा उच्च छ भने कसरी आउँछ समाजवाद ? कसले ल्याउँछ समृद्धि ? देशका आम जनताहरू एक ट्याप्लेट सिटामोल खान नपाइ छट्पटाएर मर्छन् तर यहाँका उच्च पदस्त एवम् शासक भन्नेहरू करोर्डौँ खर्च गरेर विदेशमा उपचार गराउन पुग्छन् भने कहाँ केका लागि आउँछ समाजवाद ? सरकारले कुनै एउटा क्षेत्रमा पनि समाजवादी नीति नै बनाएको छैन भने कुन समाजवादको हल्ला हुन्छ यहाँ ? शासकले जनताहरूलाई उत्पादनमा जोड्ने नीति नै बनाउन सक्दैन र युवाहरूलाई विदेशी भूमिमा पसिनाका धारा बगाउन वाध्ये पारी आएको रेमिट्यान्सबाट मोजमस्ती गर्छ । शासकले उद्योगधन्दाको विकास एवम् सामूहिक पुँजीको विकास गर्न नै ध्यान दिँदैन अनि यहाँ कसरी आउँछ समाजवाद ? देशका राजनैतिक दल(चाहे क्रान्तिकारी होउन् चाहे सत्ताधारी) का नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेवी र चन्दाको भरमा यश आरामको जीवन व्यतीत गर्नुलाई उनीहरूले आफूलाई क्रान्तिकारी र समाजसेवीको संज्ञा दिई हिड्छन् अनि कसरी आउँछ यहाँ समाजवाद ? देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना–प्रहरी र न्यायलयलाई राजनैतिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्दछ अनि सरकारी कार्यालयहरूमा विभिन्न दल निकटका भातृ सङ्गठनका झण्डा झुण्डाएर जनताको सेवा होइन टे«ड युनियनको नाममा राजनीति गर्न छुट दिन्छ भने त्यो शासकले के गरी ल्याउँछ समाजवाद ? शासक संसदीय राजनीतिको पूर्ण विकास र संस्थागत गर्न तल्लीन छ भने कुन बाटोबाट आउने हो समाजवाद ?

देशका राजनैतिक दल(चाहे क्रान्तिकारी होउन् चाहे सत्ताधारी) का नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेवी र चन्दाको भरमा यश आरामको जीवन व्यतीत गर्नुलाई उनीहरूले आफूलाई क्रान्तिकारी र समाजसेवीको संज्ञा दिई हिड्छन् अनि कसरी आउँछ यहाँ समाजवाद ?

राज्यको संयन्त्र नै समाजवादी छैन भने समाजवाद आउँदैन । समाजवादको हल्ला मात्रै आउँछ । राज्य संयन्त्रको काम गर्ने पद्धतिको आमूल परिवर्तन विना न त समृद्धि आउँछ, न त समाजवाद नै आउँछ । दुई तिहाइ, बहुमत र धेरै सिट त १५ साल, ४६ सालपछि एवम् ६४ सालमा पनि आएकै हो । त्यसले सापेक्षित परिवर्तनवाहेक तात्विक परिवर्तन केही गर्न सकेन । जनताको जीवनस्तरमा परिवर्तन गर्न सकेन । सही पद्धतिको विकासविना परिवर्तन असम्भव छ । यस्तै पद्धति र व्यवस्था रहने हो भने ठकुवाका साथ भन्न सकिन्छ कि नेपालमा वास्तविक समृद्धि र समाजवाद आउँदैन ।

निष्कर्षतः समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी र गुणस्तरीय बनाउनु पर्छ । संस्थागत र नीतिगत भ्रष्ट्राचारको अन्त्य गरिनुपर्छ । जनता र युवाहरूलाई उत्पादनमा जोड्नुपर्छ । समाजवादी नीति र कार्यक्रम बनाई लागु गर्नुपर्छ । सबैको पहुँच पुग्ने अस्पत्ताल देशका विभिन्न स्थानहरूमा स्थापना गर्नुपर्छ । रेमिट्यान्सलाई मोजमस्तीमा होइन उद्योगधन्दा र विकासमा लागाउनु पर्छ । सरकारी निकायमा दलको राजनीतिलाई निस्तेज गर्नुपर्छ । लेवी, चन्दा र भ्रष्ट्राचारमा बाँचोकाहरू आफ्नो काम गरी खान सिक्नुपर्छ अनि बल्ल समृद्धि र समाजवादको बाटोमा हिड्न सकिएला नत्र भने दुई तिहाइको दुहाइ दिएर समृद्धि र समाजवाद आउने छैन । यो त बकम्फुसे हल्ला मात्रै हुने छ । धन्यवाद ।

लेखक: गौमुखी माध्यमिक विद्यालय, प्यूठानका शिक्षक हुन

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी