News Portal

रेडियो सुन्नुहोस्

पर्यटन मार्फत समाजवादी समुन्नति

डा. गोविन्दराज पोखरेल
७८७ पटक

लोकतान्त्रिक समाजवादका आधार गतिशिल र स्वतन्त्र पुँजि वजार, समावेसी र सहभागितात्मक कानुनी राज्य प्रणाली र सन्तुलित सामाजिक सुरक्षा हुन । अर्थशास्त्री अमार्त्य सेनको परिभाषामा भन्ने हो भने यी तीन आधारले मात्र मानिसलाई स्वतन्त्र बनाउछ जसलाई उनले विकास भनेका छन । २००५ सालमा नै बीपीले आफ्नो अठोटमा लेख्नु भएको थियो, “ हामी जनता जनार्दनको बलमा, कोही पनि भोका नाङ्गा वा अशिक्षित नहुन र बाटो घाटो अस्पताल लगायत जीवनलाइ सुन्दर र सुखी बनाउने कुनै कुराको अभाव नरहोस, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा हामी छौ”। जनतालाई यी प्राप्त भयो भने हामी समाजवादतिर उन्मुख छौ भन्छा ै। अमार्त्य सेनले त्यसलाई स्वतन्त्रता या विकास भनेका छन । समाजवाद वा सभ्य समाजको साध्य भनेकै खान नपाएर भोकले कोही नमरुन, औषधि र उपचारको कमीबाट रोगले कोही नमरुन, पढन, लेख्न र बोल्न नपाएर शोकले कोही नडुबुन भन्ने हो । हाम्रो संविधानमा पनि राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्द अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक लक्ष्य राखिएको छ । राज्यको निर्देशक नीति अन्तर्गत उपलब्ध साधन, स्रोत तथा विकासको प्रतिफल न्यायोचित वितरण गर्ने भनिएको छ ।

२००५ सालमा नै बीपीले आफ्नो अठोटमा लेख्नु भएको थियो, “ हामी जनता जनार्दनको बलमा, कोही पनि भोका नाङ्गा वा अशिक्षित नहुन र बाटो घाटो अस्पताल लगायत जीवनलाइ सुन्दर र सुखी बनाउने कुनै कुराको अभाव नरहोस, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा हामी छौ”। जनतालाई यी प्राप्त भयो भने हामी समाजवादतिर उन्मुख छौ भन्छौ।

तर समाजवादको अवघारणा अनुसार समाजको सम्बृदिका उक्त लक्ष्यहरु प्राप्त गर्न आर्थिक पक्षमा मुख्यतया तीनवटा साधन छन: पुँजीको विकास, सामाजिक सुरक्षा (विमा नीति समेत), र उत्पादनशिल पुनर्वितरणका योजना । सामजवाद उन्मुख अर्थतन्त्रको मार्ग दर्शन अगाल्दै नेपालले सन २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने भनेको छ । ति लक्ष्यहरु हासिल गर्न गरिने धेरै कार्यहरु मध्ये विकास उन्मुख नीति बनाई उत्पादनशिल गतिविधि, सम्मानित रोजगार, उधमशिलता र सिर्जनशिलतालाइ प्रोत्साहन गर्दै, साना तथा मझौला उद्योगहरुलाई आवश्यक पर्ने स्थानीय साधन र स्रोतमा पहुच एवं संचालनका वातावरणहरु सिर्जना गर्नु अहिलेको महत्वपुर्ण कदम हो । सिर्जनशिलता र उधमशिलताले नै गरिवी घटाउने र दिर्घकालिन दरिलो आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न सहयोग गर्दछ । तर हाम्रो देशमा १० बर्षे हिंसात्मक द्वन्द र १० बर्षको राजनितिक सक्रमणकालले दुइ तिहाइ भन्दा बढी जनता बस्ने ग्रामीण क्षेत्रमा ऋणलिई कर तिरी उत्पादनमा लाग्ने शिर्जनशिलता र उद्यमशीलताको संस्कार झण्डै निमट्यान्न पारिएको छ । उद्यमशिलता भएका युवाहरुले गाऊ छाडेकोले झण्डै एकपुस्ताको उत्पादनको माहोल ध्वस्त नै गराएकाले स्थानीय उत्पादन नबढेको त छदैछ बिप्रेषणले बढाएको माग धान्न गाँऊ वस्तीहरुमा आयातित उपभोग्य बस्तुमा निर्भरता बढदै गएको छ । वीपीले भन्नु भएको थियो “आर्थिक समानता समाजको उत्पादन शक्तिमा निर्भर गर्छ , समाज उत्पादनका दृष्टिकोणले पिछडिएकोछ भने समानता सम्भव छैन ।” हाम्रा गाउघरमा रहेको अहिलेको टडकारो समस्या भनेको पनि हाम्रो साधन र स्रोत परिचालन गरि बढिसे बढि उत्पादन बाढाउनु हो । यसकालागि हाम्रो प्रयास भनेको समस्याहरुलाई आत्मसाथ गरि गरिवी घटाउन उत्पादन र आर्थिक गतिविधि बढाउनुनै हो । “झण्डै ४५० बर्ष ईसापुर्व एथेन्सका राजनेता पेरीक्लीजले पनि आफ्नो सैनिक जवानको श्रद्दान्जली भाषणमा भनेका रहेछन “गरिबी छ भनेर लाजसरम कसैले मान्नु पर्दैन वास्तविक रुपमा लाजसरम त गरिबी हटाउन ब्यवहारिक समाधानहरु खोज्न नसक्दा पो मान्नुपर्छ ।”

झिमरुक नदिको उदगमस्थल गौमुखि झरना भएको गाउपालिका जोडदै लुम्विनी, स्वर्गद्वारी र मुक्तिनाथ लगायत ढोरपाटनमा समेत पुग्न सकिने भालुवाङ भिमगिठे सडकको निर्माण हुदैछ । नजिकका ओखरकोट, स्नाथान, रकगार्डेन लगायत रमणीय स्थानहरु छन । सवै नेपालका सबै पहाडका चुचुरा हाम्रालागि समुन्द्रि तट जस्तै हुन ।

 

संविधानको कार्यान्वयन पछि अहिले स्थानीय सरकारहरु जनताको आधारभुत सेवा पुरा गर्दै व्यापकरुपमा साना तथा मझौला उधोगहरु प्रवर्धन गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्ने जमर्को गर्दै छन । स्थानीय स्रोत र सम्भावनाहरु धेरै छन । यस्ता धेरै सम्भावना मध्ये नेपालको भौगोलिक बनोट, स्थानीय जनताका विभिन्न रहनसहन र संस्कृतिलाई ब्यवस्थित रुपमा सम्वर्धन र प्रवर्धन गरि उद्यमशिलतासंग जोडन सके स्थानीय उत्पादन बढाई बजारीकरण गर्न सकिने र स्वरोजगार एवं रोजगारीका अवसरहरु बढाउन सकिने हुन्छ । संविधानले पनि पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्पुर्ण आधार मान्दै पर्यावरण अनुकुल पर्यटन उद्योगको विकास गर्न स्थानीय रुपमै कार्यक्रम बनाई स्थानीय जनतालाई लाभान्वित गर्ने नीति अगालेको छ ।

यसै सन्र्दभमा गौमुखी गाउपालिका प्युठानले पनि पर्यटन विकास मार्फत स्थानीय जनताहरुको समुन्नतिमा एउटा खुडकिलो थप्ने प्रयास गर्न थालेकोछ । प्युठान जिल्लाको उत्तरीभागमा अवस्थित रमणीय गाँउ वस्तिहरुले भरिएको गौमुखि गाउपालिका प्राकृतिक स्रोत र बहुजातिय रहन सहनले धनि छ । झिमरुक नदिको उदगमस्थल गौमुखि झरना भएको गाउपालिका जोडदै लुम्विनी, स्वर्गद्वारी र मुक्तिनाथ लगायत ढोरपाटनमा समेत पुग्न सकिने भालुवाङ भिमगिठे सडकको निर्माण हुदैछ । नजिकका ओखरकोट, स्नाथान, रकगार्डेन लगायत रमणीय स्थानहरु छन । सवै नेपालका सबै पहाडका चुचुरा हाम्रालागि समुन्द्रि तट जस्तै हुन । स्थानीय उत्पादन कोदो, फापर, आलु, अल्लो, सिस्नो लगायतका वस्तुहरुले पनि आफ्नै पहिचान बनाएका छन । यी सबै सम्भावनाहरुलाई उचित तरिकाले नीति, कार्यक्रमहरु बनाएर उद्यमशिलताको माहोल सिर्जना गर्न सकेमा गाउपालिकाले पर्यटनवाट पनि महत्वपुर्ण उपलब्धि हासिल गर्न सक्ने छ ।

सर्वप्रथम गौमुखीको स्रोत, साधन र जनशक्तिको क्षमताको पहिचान गर्नु पर्छ । अहिले भएका सडक सञ्जाल र भविष्यमा विकासहुने पुर्वाधारको पनि लेखाजोखा गर्नु पर्दछ । साथै गाउपालिकाले लिएको उदेश्यलाइ अवस्यक पर्ने भौतिक र सामाजिक विकासको अहिलेको र आवस्यक अवस्थाको अन्तरलाई पहिचान गर्नु पर्नेछ । गाउपालिकामा पर्यटकहरु किन आउने ? केका लागि आउने ? भन्ने कुरामा गाउपालिकाले स्पष्टहुनु जरुरी छ । प्राकृतिक सौदर्यताका लागि कि होमस्टेका लागि ?, अथवा सास्कृतिक मेलाका लागि ? आदि कुरामा स्पष्ट भएर योजना बनाउनु पर्दछ । पर्यटकले त्याहा गएर के पाउने ? स्थानीय उतपादन किन्न, रमणिय दृष्य हेर्न के के सुविधा पाउछन । स्थानीय जनशक्तिको स्वागत सत्कार, स्थानीय भेषभुषा र परिकारहरु बनाउन जान्ने कलाको क्षमता विकास गर्नु पर्नेछ । पर्यटकलाइ चाहिने आवस्यक पुर्वाधारको विकास र त्यस्को संचालनगर्न सक्ने जनशक्ति विकास पनि हुनु पर्दछ । पर्यटकको स्थानीय बसाइ बजार र शहरको बसाइ भन्दा खाना, आत्मियता आदि कुरामा फरक देखिनु पर्दछ । स्थानीय उत्पादन या उत्पादनवाट बनाइएका वस्तुहरु अलग खालको हुनु पर्दछ जस्ले गौमुखिको पहिचान देओस । गौमुखिको वातावरण, फलफुल र जडिवुटि आदिको प्रयोग गरेर भिन्न प्रकारको प्राकृतिक उपचार, ध्यान केन्द्रहरु पनि संचालनहुन सक्दछन । स्थानीय संगित, नाचगान, र पैदलमार्ग र स्थानीय उत्पादनका परिकारको प्रचारप्रसार गरेर पनि पर्यटनको विकास गरि स्थानीय अर्थिक गतिविधि र रोजगारी सिर्जना गर्न सहायक हुनेछ ।

अर्थशास्त्री मारियना माजुकाटोका अनुसार पनि जहा नीजिक्षेत्र आकर्षित हुन सक्दैनन् तर समग्र समाजको हितकालागि लगानी अति आवस्यक छ भने सरकार पनि उद्यमीहुनु पर्दछ । सरकारले पनि त्यस्ता कम्पनि या संस्थाहरु निर्माण गरेर लगानीमा संलग्न हुनु पर्दछ । हाम्रो संविधानले पनि सार्वजनिक नीजि साझेदारी अवधारणामा आधारित ब्यवसायहरु संचालन गर्न सकिने भनेको छ ।

 

गौमुखिको समुन्नतिको लागि भौगोलिक अबस्था, सुन्दर भुबनोट र आफ्नै पहिचान बोकेको रहन सहन अधिकतम प्रयोग गर्न अति आवस्यक छ । स्थानीय सरकारले वित्तिय रुपले फाइदा हुने ठाउमा नीजि क्षेत्र परिचालन गरेर र दिर्घकालिन रुपमा मात्र आर्थिक रुपले फाइदा हुने ठाउमा सार्वजनिक नीजि साझेदारी अवधारणामा आधारित ब्यवसायहरु संचालन गर्नु उपर्युक्त हुनेछ । अर्थशास्त्री मारियना माजुकाटोका अनुसार पनि जहा नीजिक्षेत्र आकर्षित हुन सक्दैनन् तर समग्र समाजको हितकालागि लगानी अति आवस्यक छ भने सरकार पनि उद्यमीहुनु पर्दछ । सरकारले पनि त्यस्ता कम्पनि या संस्थाहरु निर्माण गरेर लगानीमा संलग्न हुनु पर्दछ । हाम्रो संविधानले पनि सार्वजनिक नीजि साझेदारी अवधारणामा आधारित ब्यवसायहरु संचालन गर्न सकिने भनेको छ । त्यसैले गौमुखि गाउपालिकाले पनि पर्यटन विकास गर्न शुरुमा यो अवधारणा अपनाउन पर्ने हुन सक्दछ । स्थानीय सीप, विकसित दक्षता, उत्पादन र साधन एव स्रोत प्रयोग गरेर मात्र स्वाभीमान आर्थिक विकास र जिविकोपार्जनका माध्यमहरुको सिर्जना गरेर मात्र समाजवाद उन्मुख समुन्नति हासिल गर्न सकिन्छ ।

-नेपाल पत्रकार महासंघ र गौमुखि गाँउपालीकाको संयुक्त आयोजनामा सम्पन्न गौमुखि मिडिया सम्मेलन विशेसांक सुचना वाट साभार।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी