News Portal

रेडियो सुन्नुहोस्

सुनसान बन्दै प्यूठान सदरमुकाम

०१८ सालमा रोल्पा अर्कै जिल्ला बनेपछि खलंगाको महिमा घट्दै गएको थियो । झन् अहिले स्थानीय तहमा केन्द्र भएपछि सदरमुकाममा चहलपहलै छैन ।

गिरुप्रसाद भण्डारी१२ मंसिर, प्यूठान
२०६७ पटक
१२ मंसिर, प्यूठान

(प्यूठान) — कुनै बेला रोल्पा–प्यूठानको संयुक्त सदरमुकाम खलंगामा अहिले चहलपहलमा कमी आएको छ । ०१८ सालमा विभाजन भएर रोल्पा अर्कै जिल्ला बनेपछि यसको महिमा घट्दै गएको हो । स्थानीय तहमै केन्द्र निर्माण भएपछि सदरमुकाम सुनसान बनेको छ ।

खलंगाबाट बसाइँ सरेर गएकाले समेत जन्मथलो सम्झिन छाडे । राज्य सञ्चालकको बेवास्ताले खलंगा पछाडि पर्दै गएको स्थानीयले गुनासो गरे । ‘पहिले प्यूठान खलंगा पूर्वपश्चिम हुलाकी राजमार्गको मध्यबिन्दुमा पर्थ्यो,’ स्थानीय प्रपन्ड सुवेदीले भने, ‘दुवैतर्फका डोर बोक्नेहरू यहीं बास बस्ने भएकाले धेरै रमाइलो थियो ।’ पछिल्लो समय खलंगाको सान खस्किंदै गएर सुनसान हुन थालेको उनले बताए ।

अहिले यहाँ कुनै चहलपहल छैन । व्यापार घटेको छ । होटल सुनसान छन् । सबैलाई पायक पर्ने स्थानमा सदरमुकाम भएन भनेर आन्दोलन सुरु भएपछि ओरालो लागेको यहाँको रौनक फर्किन सकेको छैन । तत्कालीन राणा शासकले पनि खलंगालाई जिल्लाको प्रशासनिक केन्द्र मानेका थिए । उनीहरूले खलंगामा विभिन्न मठमन्दिर निर्माण गरेका थिए । अहिले तिनको संरक्षण गरिएको छैन । जीर्ण छन् । जंगबहादुर राणाले आफ्ना बुबा रामबहादुर अर्घाखाँचीबाट प्यूठानको बाटो हुँदै सल्यान जाने क्रममा दिवंगत भएपछि खलंगामा बुबाका नाममा जंगबहादुरले शिवालय मन्दिर स्थापना गरेको स्थानीय बताउँछन् । मन्दिर सञ्चालनका लागि खलंगामा २ हजार ४ सय रोपनी गुठी जग्गाको व्यवस्था गरिएको थियो । गुठियारले मठमन्दिरको संरक्षण नगरेको स्थानीय अगुवाले बताए ।

प्राकृतिक सौन्दर्य, हावापानी र बसोवासका हिसाबले प्यूठान सदरमुकाम खलंगा धेरै राम्रो रहेर पनि राज्यको ध्यान पुगेको छैन । मुलुक संघीय संरचनामा गएसँगै खलंगाको चहलपहलमा कमी आएको स्थानीय सन्देश आचार्यले बताए । सुरुमा खलंगा प्यूठान नगरपालिकाअन्तर्गत थियो । लगत्तै मल्लरानी गाउँपालिकामा गाभियो । पहिले नगरपालिका भएर पनि सदरमुकाम गाउँपालिकामा खुम्चिएको आचार्यले बताए । ‘खलंगाको गरिमा पहिलेको जस्तो छैन,’ उनले भने, ‘अहिले खलंगा सुनसान भएको छ ।’ सुरुको तुलनामा मानिसको संख्यामा कमी छ ।’ तर पनि ठोस नीति बनाएर स्थानीय तह लाग्ने हो भने पहिलेकै लयमा फर्काउन सकिने प्रशस्त सम्भावना रहेको आचार्यले बताए । ‘जनताको चाप घटे पनि खलंगाको ऐतिहासिक सान छँदै छ,’ स्थानीय रमेश श्रेष्ठले भने । प्रकृतिले खलंगालाई बेग्लै उपहार दिएको छ । यहाँको हावापानी धेरै राम्रो छ । सहर–बजारमा बसोवास गर्नेलाई चर्को गर्मीले सताउँदा सबैले खलंगालाई सम्झने गर्छन् ।

:-कान्तिपुर वाट साभार गरिएको।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...