News Portal

रेडियो सुन्नुहोस्

सुनसान बन्दै प्यूठान सदरमुकाम

०१८ सालमा रोल्पा अर्कै जिल्ला बनेपछि खलंगाको महिमा घट्दै गएको थियो । झन् अहिले स्थानीय तहमा केन्द्र भएपछि सदरमुकाममा चहलपहलै छैन ।

गिरुप्रसाद भण्डारी१२ मंसिर, प्यूठान
११८९ पटक
१२ मंसिर, प्यूठान

(प्यूठान) — कुनै बेला रोल्पा–प्यूठानको संयुक्त सदरमुकाम खलंगामा अहिले चहलपहलमा कमी आएको छ । ०१८ सालमा विभाजन भएर रोल्पा अर्कै जिल्ला बनेपछि यसको महिमा घट्दै गएको हो । स्थानीय तहमै केन्द्र निर्माण भएपछि सदरमुकाम सुनसान बनेको छ ।

खलंगाबाट बसाइँ सरेर गएकाले समेत जन्मथलो सम्झिन छाडे । राज्य सञ्चालकको बेवास्ताले खलंगा पछाडि पर्दै गएको स्थानीयले गुनासो गरे । ‘पहिले प्यूठान खलंगा पूर्वपश्चिम हुलाकी राजमार्गको मध्यबिन्दुमा पर्थ्यो,’ स्थानीय प्रपन्ड सुवेदीले भने, ‘दुवैतर्फका डोर बोक्नेहरू यहीं बास बस्ने भएकाले धेरै रमाइलो थियो ।’ पछिल्लो समय खलंगाको सान खस्किंदै गएर सुनसान हुन थालेको उनले बताए ।

अहिले यहाँ कुनै चहलपहल छैन । व्यापार घटेको छ । होटल सुनसान छन् । सबैलाई पायक पर्ने स्थानमा सदरमुकाम भएन भनेर आन्दोलन सुरु भएपछि ओरालो लागेको यहाँको रौनक फर्किन सकेको छैन । तत्कालीन राणा शासकले पनि खलंगालाई जिल्लाको प्रशासनिक केन्द्र मानेका थिए । उनीहरूले खलंगामा विभिन्न मठमन्दिर निर्माण गरेका थिए । अहिले तिनको संरक्षण गरिएको छैन । जीर्ण छन् । जंगबहादुर राणाले आफ्ना बुबा रामबहादुर अर्घाखाँचीबाट प्यूठानको बाटो हुँदै सल्यान जाने क्रममा दिवंगत भएपछि खलंगामा बुबाका नाममा जंगबहादुरले शिवालय मन्दिर स्थापना गरेको स्थानीय बताउँछन् । मन्दिर सञ्चालनका लागि खलंगामा २ हजार ४ सय रोपनी गुठी जग्गाको व्यवस्था गरिएको थियो । गुठियारले मठमन्दिरको संरक्षण नगरेको स्थानीय अगुवाले बताए ।

प्राकृतिक सौन्दर्य, हावापानी र बसोवासका हिसाबले प्यूठान सदरमुकाम खलंगा धेरै राम्रो रहेर पनि राज्यको ध्यान पुगेको छैन । मुलुक संघीय संरचनामा गएसँगै खलंगाको चहलपहलमा कमी आएको स्थानीय सन्देश आचार्यले बताए । सुरुमा खलंगा प्यूठान नगरपालिकाअन्तर्गत थियो । लगत्तै मल्लरानी गाउँपालिकामा गाभियो । पहिले नगरपालिका भएर पनि सदरमुकाम गाउँपालिकामा खुम्चिएको आचार्यले बताए । ‘खलंगाको गरिमा पहिलेको जस्तो छैन,’ उनले भने, ‘अहिले खलंगा सुनसान भएको छ ।’ सुरुको तुलनामा मानिसको संख्यामा कमी छ ।’ तर पनि ठोस नीति बनाएर स्थानीय तह लाग्ने हो भने पहिलेकै लयमा फर्काउन सकिने प्रशस्त सम्भावना रहेको आचार्यले बताए । ‘जनताको चाप घटे पनि खलंगाको ऐतिहासिक सान छँदै छ,’ स्थानीय रमेश श्रेष्ठले भने । प्रकृतिले खलंगालाई बेग्लै उपहार दिएको छ । यहाँको हावापानी धेरै राम्रो छ । सहर–बजारमा बसोवास गर्नेलाई चर्को गर्मीले सताउँदा सबैले खलंगालाई सम्झने गर्छन् ।

:-कान्तिपुर वाट साभार गरिएको।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी