News Portal

रेडियो सुन्नुहोस्

भुपराजको सहारा ः भुर्तेलको अटो

मधुसुदन पोख्रेलसाेमवार ,माघ,१३
२१६५ पटक
साेमवार ,माघ,१३

प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले ३१ वर्षका भए उनको हिडडुल गर्ने माध्यम वैशाखी मात्र हैन तिन पांग्रे अटो पनी सहारा हो । अटो अहिले साहारा मात्रै हैन जिवन जिउने माध्यम पनी हो । भुर्तेलको पुर्व जनमुक्ति सेनामा छदा २०५७ सालमा पाल्पा आक्रमणका क्रममा वाया ख्ट्टामा गोली लाग्यो र घाईते भए । उनको अहिले बाया खुट्टा छैन ।
वर्दघाट नगरपालिका १३ नवलपरासीका भुर्तेल माघ नौ गते अटो ड्राइभ गर्दै प्यूठान आइपुगे । अपाङ्गसेवासङको कार्यक्रममा उनी अपाङ्गता भएका कलाकारहरुलाइ लिएर अटो चलाउदै प्यूठान आएका हुन । उनले अटो चलाएको देखेर यात्रुहरु पनी दङ्ग परेर हेरी रहेका थिए तर उनले कुनै सङकोच नमानी मज्जाले अटो चलाइरहेका थिए ।
भुर्तेलले अटो चलाउनु भन्दा पहिला मोवाइल बनाउने काम गर्थे । एक दिन गाडिमा यात्रा गर्दा गाडिवालाले नराम्रो व्यभार गरेपछी मैले यो किन नसक्ने म यो काम गर्न छक्छु भन्ने आटले किस्तामा अटो. लिएर चलाउन थालेको उनी बताउछन । उनले अटो चलाउन थालेको ४ वर्ष भयो। सुरुमा लाइसन पाउन गारो भएको भुर्तेल बताउछन । अहिले उनको लाइसेन पनी छ र अटो चलाएर राम्रै आम्दानी गरीरहेको बताउछन । उनले भन्छन आफुले चलाउन सक्दा माषिक १ लाख वरावरको पैसा कमाइ हुने गरेको छ यसमा म निकै खुसी छु । भुर्तेल संग ख वर्गको अपाङ्गता परिचय पत्र छ तर उनले राज्यले दिने सेवा नलिने गरेको बताउछन । उनी भन्छन “ देश वदल्ने भनेर लागि परियो तर खै हाम्रा लागि केछ दुखीहरुको सुख कैले आउने दुइ चार सयले के आउछ बरु सरकारले कुनै सीप दिए हुन्छ ” अपाङ्गता भएका व्यक्ति सरणर्थि जस्तै भएको भुर्तेलले गुनासो गर्छन ।उनी भन्छन “ अपाङ्गता भएका व्यक्तिहरुको लागि कुनै वैङ्क ,लगुवित्तहरुले लोन दिन मान्दैन र विमा कम्पनीले विमा गर्न समेत मान्दैन ”
केही गरौ भन्ने अपाङ्गता भएका व्यक्तीलाई सरकारले हेपेको समेत उनी गुनासो गर्छन । उनी हाल सम्म १५ जिल्ला घुमी सकेका छन । नेपालका सवै जिल्लामा घुम्ने उनको चाहाना छ । नेपालमा घुमी सकेपछी अपाङ्गता भएका व्यक्तिहरुका लागि हित हुने सहकारी खोल्ने उनको उदेश्य छ ।
नेपालमा सवै थोक छ उनी भन्छन पहिले सोच सकारात्मक हुनु पर्यो असम्भव केहि छैन । जागर हुने र उदेश्य ल्याउने व्यक्ति जहागए पनि सफल हुने उनको बुझाई छ । भुर्तेल एक गतिलो उदाहरणिय व्यक्ति हुन उनी भन्छन मलाई भाग्यले ठगे पनी समयले ठगेको छैन जसरी पनी मेरो उदेश्य पुरा गरेरै छाड्ने छु । कैले काहि मलाई अफ्ठयारो हुन्छ तर यसमा मेरो चित्त दुखाई छैन । भुर्तेल जस्तै मेहनत र हिम्मत भए नहुने केही छैन उनी जस्तै केही हिम्मत भएका व्यक्तिहरुलाई सरोकारवालाको ध्यान जान आवाश्यक देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...