News Portal

रेडियो सुन्नुहोस्

भुपराजको सहारा ः भुर्तेलको अटो

मधुसुदन पोख्रेलसाेमवार ,माघ,१३
१९५१ पटक
साेमवार ,माघ,१३

प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले ३१ वर्षका भए उनको हिडडुल गर्ने माध्यम वैशाखी मात्र हैन तिन पांग्रे अटो पनी सहारा हो । अटो अहिले साहारा मात्रै हैन जिवन जिउने माध्यम पनी हो । भुर्तेलको पुर्व जनमुक्ति सेनामा छदा २०५७ सालमा पाल्पा आक्रमणका क्रममा वाया ख्ट्टामा गोली लाग्यो र घाईते भए । उनको अहिले बाया खुट्टा छैन ।
वर्दघाट नगरपालिका १३ नवलपरासीका भुर्तेल माघ नौ गते अटो ड्राइभ गर्दै प्यूठान आइपुगे । अपाङ्गसेवासङको कार्यक्रममा उनी अपाङ्गता भएका कलाकारहरुलाइ लिएर अटो चलाउदै प्यूठान आएका हुन । उनले अटो चलाएको देखेर यात्रुहरु पनी दङ्ग परेर हेरी रहेका थिए तर उनले कुनै सङकोच नमानी मज्जाले अटो चलाइरहेका थिए ।
भुर्तेलले अटो चलाउनु भन्दा पहिला मोवाइल बनाउने काम गर्थे । एक दिन गाडिमा यात्रा गर्दा गाडिवालाले नराम्रो व्यभार गरेपछी मैले यो किन नसक्ने म यो काम गर्न छक्छु भन्ने आटले किस्तामा अटो. लिएर चलाउन थालेको उनी बताउछन । उनले अटो चलाउन थालेको ४ वर्ष भयो। सुरुमा लाइसन पाउन गारो भएको भुर्तेल बताउछन । अहिले उनको लाइसेन पनी छ र अटो चलाएर राम्रै आम्दानी गरीरहेको बताउछन । उनले भन्छन आफुले चलाउन सक्दा माषिक १ लाख वरावरको पैसा कमाइ हुने गरेको छ यसमा म निकै खुसी छु । भुर्तेल संग ख वर्गको अपाङ्गता परिचय पत्र छ तर उनले राज्यले दिने सेवा नलिने गरेको बताउछन । उनी भन्छन “ देश वदल्ने भनेर लागि परियो तर खै हाम्रा लागि केछ दुखीहरुको सुख कैले आउने दुइ चार सयले के आउछ बरु सरकारले कुनै सीप दिए हुन्छ ” अपाङ्गता भएका व्यक्ति सरणर्थि जस्तै भएको भुर्तेलले गुनासो गर्छन ।उनी भन्छन “ अपाङ्गता भएका व्यक्तिहरुको लागि कुनै वैङ्क ,लगुवित्तहरुले लोन दिन मान्दैन र विमा कम्पनीले विमा गर्न समेत मान्दैन ”
केही गरौ भन्ने अपाङ्गता भएका व्यक्तीलाई सरकारले हेपेको समेत उनी गुनासो गर्छन । उनी हाल सम्म १५ जिल्ला घुमी सकेका छन । नेपालका सवै जिल्लामा घुम्ने उनको चाहाना छ । नेपालमा घुमी सकेपछी अपाङ्गता भएका व्यक्तिहरुका लागि हित हुने सहकारी खोल्ने उनको उदेश्य छ ।
नेपालमा सवै थोक छ उनी भन्छन पहिले सोच सकारात्मक हुनु पर्यो असम्भव केहि छैन । जागर हुने र उदेश्य ल्याउने व्यक्ति जहागए पनि सफल हुने उनको बुझाई छ । भुर्तेल एक गतिलो उदाहरणिय व्यक्ति हुन उनी भन्छन मलाई भाग्यले ठगे पनी समयले ठगेको छैन जसरी पनी मेरो उदेश्य पुरा गरेरै छाड्ने छु । कैले काहि मलाई अफ्ठयारो हुन्छ तर यसमा मेरो चित्त दुखाई छैन । भुर्तेल जस्तै मेहनत र हिम्मत भए नहुने केही छैन उनी जस्तै केही हिम्मत भएका व्यक्तिहरुलाई सरोकारवालाको ध्यान जान आवाश्यक देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...