News Portal

रेडियो सुन्नुहोस्

जिल्ला अस्पताललाई पिपिई हस्तान्तरण

नोमराज पौडेलचैत्र २९, २०७६
९११ पटक
चैत्र २९, २०७६

जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ।
प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल प्यूठानमा कार्यरत एमडिजिपि डा. सुनिल सुनारलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको जोखिम अत्यधिक भएको भन्दै उनले भने–“धेरै ठाउँहरुमा पिपिई अभावका कारण डाक्टरहरुले सामान्य बिरामीहरु पनि नहेर्ने स्थिति छ यहाँ त्यसो नहोस् भनेर पिपिई प्रदान गरेका हौं।”मेयर कक्षपतिले सहयोग गर्ने सहयोगी निकायलाई धन्यबाद समेत दिए।
कार्यक्रममा पिपिई ग्रहण गर्दै जिल्ला अस्पताल प्यूठानका एम.डि.जि.पि डाक्टर सुनिल सुनारले अस्पतालमा आउने बिरामीहरुलाई आफु सुरक्षित भएपछि अरुलाई पनि सेवा प्रदान गर्न सहज हुने बताए। जिल्ला अस्पतालमा पिपिई एकदमै कम थियो उनले भने–“ यो पिपिई सेटले उपचार गर्दा हामीलाई सुरक्षा प्रदान गर्नुका साथै निकै सहयोगी हुनेछ।”
कोरोना भाईरस संक्रमणका बिरामी आउन सक्ने अबस्थालाई ध्यान दिदै अस्पतालले ज्वरो आएका बिरामीहरुलाई छुट्टै चेकजाँच गर्नका लागि फिभर क्लिनिक स्थापना गरेको छ। त्यहाँ सामान्य चेकजाँच गरिसकेपछि मात्र अस्पतालमा आउने बिरामीहरुलाई अन्य उपचार सेवा प्रदान गर्ने गरिएको उनले जानकारी दिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...