News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाको कार्यालय सहित १ स्वास्थ्यचौकी र २ वस्ती सिल

सिखबर संवाददाता८ असार, प्यूठान
१३५६ पटक
८ असार, प्यूठान

कोरोना संक्रमण रोकथामको अभियानमा खटिएका स्वास्थ्यकर्मी समेत संक्रमित देखिएपछी प्यूठान नगरपालिकाको कार्यालय सहित यौटा स्वास्थ्यचौकी र २ वटा वस्ति सिल गरिएको छ।

संक्रमित संख्या वढदै जानुका साथै स्वास्थ्यकर्मिलाइ समेत कोरोना संक्रमण पुस्टी भएसँगै प्युठान नगरपालिकाको कार्यालय, सापडाँडा स्वास्थ्य चौकी, सेपुङ र रिचीको बस्ती शिल गरीएको छ ।

सोमवार दिउँसो सम्म नगरपालिकाका ५५ जना संक्रमीत पुष्टी भएको छ । सात दिनका लागि प्युठान नगरपालिकाको कार्यालय शिल गरि अत्यावश्यक सेवा बाहेक काम काज बन्द गर्ने निर्णय सहितको बिज्ञप्ती नगरपालिकाले जारी गरेको छ । त्यसैगरि साँपडाँडा स्वास्थ्य चौकी, ३ नम्वर वडाको सेपुंग र २ नम्वर वडाको रिची बस्ती शिल गर्ने मेयर अर्जुनकुमार कक्षपतीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । नगरप्रमुख कक्षपतिले प्रेस विज्ञप्ती मार्फत संयमित रहन र भवभित नरहन आग्रह गर्दै केहि दिनका लागि नगरवासिमा पर्ने असुविधा प्रति चिन्ता ब्यक्त गर्दै अत्यावस्यक बाहेक काममा नगरपालिका नआउन आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...