News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टाईनमा बच्चा जन्मियो

सुजाता थापा क्षेत्रीअसार ९ प्युठान
१५१७ पटक
असार ९ प्युठान

प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका प्रमुख शान्त रोकाले जानकारी दिए। उनी ७ दिन पहिले भारतको पंजावबाट श्रिमानसंगै आएकी थिईन।

सुत्केरी महिलाको आरडिटि रिपोर्ट नेगेटिभ आए पनि पिसिआर रिपोर्ट नआउदासम्म क्वारेन्टाईन मै राखिने छ। वडा अध्यक्ष कुमार श्रेष्ठका अनुसार सुत्केरी महिलाको स्याहार तथा पोषण व्यवस्थापन गाउँपालिका स्तरिय स्वास्थ्य ईकाईले गर्ने छ।

यस अघि नौबहिनि गाउपालिका वडा नं ७ को गोगनपानीमा रहेको क्वारेन्टाइनमा एक महिलाले पनि छोरा जन्माएकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...