News Portal

रेडियो सुन्नुहोस्

दिगो माटो व्यवस्थापनको अवधारणा

नोमराज शर्मा
११८५ पटक

माटो पृथ्वीको सतहको त्यो खुकुलो भाग हो जुन चट्टानहरु टुक्रिएर वा खिईएर तथा जिवजन्तु र वनस्पतिका अवशेषहरुबाट वनेको हुन्छ।

जसले वोट विरुवालाई आवश्यक खाद्यतत्व प्रदान गर्नुका साथसाथै ठाडो रहन अड्याएर राख्दछ। साधारण रुपमा वा साधारण भाषामा माटो भन्नाले वोट विरुवा हुर्कने एउटा छिद्रयुक्त खनिज पदार्थ, पानी र प्रांगारिक पदार्थको समिश्रण हो। माटो विशेषगरि चट्टानहरु खिईएर त्यसमा पानी, हावा र प्रांगारीक पदार्थहरु मिसिएर वन्ने गर्दछ। एक अध्ययन अनुसार पृथ्वीको सतहमा एक ईन्च माटो वन्न १ सय देखि १ हजार वर्ष लाग्ने गर्दछ। यस प्रक्रियालाई ढिलो वा छिटो वनाउन भने वाह्य तत्व (ताप) को स्थान भने महत्वपुर्ण हुने गर्दछ। विशेषगरि माटो वन्ने प्रक्रियामा माटो कसरी, कहाँवाट, र कति समयमा वनेको हो भन्ने कुराले नै माटोको वनोट तथा संरचना निर्माण हुने गर्दछ।

माटो वन्ने क्रममा उदगमस्थल र त्यसमा भएको मिश्रणको आधारमा वलौटे माटो, चिम्ट्याईलो माटो र दोमट माटोका विभिन्न वर्गिकरण र त्यस अनुरुप वाली विरुवाको निर्धारण गरिन्छ। माटोभित्र रहेका स–साना कणहरुको आकार नियालेर हेर्दा देखिने संरचना भने माटोको संरचना हो। जुन चट्टान खिईने वेला कुन खालको (आग्नेय,पत्रेय र परिवर्तित), कस्तो खालको चट्टान खिईएको हो भन्ने कुरामा निर्भर हुने गर्दछ। र त्यहि माटोको वनोट र संरचनाको आधारमा उक्त माटोमा उत्पादन हुने वाली र उत्पादकत्वको आकलन गर्न सकिन्छ।

वर्तमान अवस्थामा विश्वमा जनसंख्याको वृिद्ध हुदै जादा खाद्यान्नको अभाव हुदै जानेकुरा सवैलाई विदितै छ। तसर्थ जनसंख्या वृद्धि हुदै जादा मानिसका विभिन्न आवश्यकताहरु परिपुर्ती गर्दा विभिन्न विकास निर्माणका कार्यहरु गर्दा, उद्योगधन्दाहरु संचालन गर्दा, खेतियोग्य जमिनको क्षेत्रफल भने घटदै गएको छ भने खाद्यान्नको माग भने निरन्तर वढिरहेको छ।

सिमित जग्गावाट भिन्न प्रविधिको प्रयोग गरि वढिभन्दा वढी उत्पादन लिने प्रविधी अपनाउनु आजको प्रमुख आवश्यकता हो। र भावि कृषि क्रान्तिको दिशा पनि कम क्षेत्रफलमा विभिन्न प्रविधी, सिमित श्रोत र साधनको प्रयोग गरि उत्पादन र उत्पादकत्वमा भने फड्को मार्ने हो। कम क्षेत्रफलमा विभिन्न वाली र प्रविधिको प्रयोग गर्दै उत्पादनमा वृद्धि गर्न हामीसंग रहेको सिमित जमिनमा वढिभन्दा वढि रासायनिक मलको प्रयोग गर्दा, यौटै वालीको अत्याधिक प्रयोग गर्दा, भिरालो जमिनमा खेती गर्दा, अन्याधिक रासायनिक विषादीको प्रयोग गर्दा माटोको रासायनिक तथा भौतिक गुणमा ठुलो ह्रास आईरहेको छ।

हामिले उत्पादन गर्दै आईरहेको माटो कति वर्ष अगाडी वनेको हो भन्ने कुरा हामिसंग एकिन नभएजसरी हामीले प्रयोग गरिरहेको माटो हाम्रा अझै कति पुस्ताले प्रयोग गर्नेहुन भन्नेकुरा एकिन गर्न सकिदैन। यसरी माटोको अधिकतम उपयोग गरिरहदा र माटोको भौतिक तथा रासायनिक गुणका साथसाथै पारिस्थितीक प्रणालीमा समेत ह्रास आउदा हाम्रा भावि पुस्ताले यहि माटोमा कसरी के उत्पादन गर्ने त भन्ने कुरा गम्भिर चुनौतिको विषय हो। यौटा मात्रै उत्पादनको क्षेत्र हेरी जमिनमा कुनै संरक्षणविना खेति गरिरहदा तथा अधिकतम उपयोग गरिरहदा हामीले त केही समयसम्म अधिकतम उत्पादन लिन सकौला तर, यस्को दिर्घकालिन असर सम्पुर्ण मानव प्रजातिको अस्तित्वमा नै पर्ने कुरामा दुईमत छैन। विभिन्न कारणले गर्दा माटोको मरुभुमिकरण हुदै जादा भावि पुस्ताको लागी खाद्यसंकट नै सवैभन्दा ठुलो समस्या नपर्ला भन्न सकिदैन।

तसर्थ माटो संरक्षण र माटो व्यवस्थापनका लागि हामी सवैले सोच्नुपर्ने उपयुक्त समय यहि नै हो। माटो वन्ने प्रक्रियामा लामो समय लाग्ने जमिनको माटो हाल भुक्षय, जथाभावी रासायनिक मलको प्रयोग, रासायनिक विषादीको उच्च प्रयोग, उच्च चरन, परम्परागत कृषि प्रणाली आदीको कारणले उत्पादनसिल भुमि मरुभुमिकरण हुदै गएको कुरा हामी सवैको अगाडी प्रष्ट नै छ। संयुक्त राष्टसंघ कृषि तथा खाद्य संगठनले सन् २०१७ मा विश्वमा माटोको अवस्था विग्रनुका कारणहरु अध्ययन गर्दा क्रमश ः १० वटा कारणहरु भुक्षेत्र, माटोको क्षेयिकरण, प्रांगारिक कार्वन दोहन, माटोप्रदुषण, माटोको कडापन, माटोको जैविक विविधतामा ह्रास, माटोको अम्लियकरण, असन्तुलित खाद्यतत्व व्यवस्थापन, अत्याधिक पानी जम्ने समस्या र माटोको तापमा आएको फेरवदल लाई मुख्य कारणको रुपमा देखाएको छ। यसरी माटोको अत्याधिक दोहन गरिरहदा विश्वको सवै माटो आगामी ३ सय वर्षभित्र मरुभुमिकरण हुने कुरा पनि देखाईएको छ। जहाँ समस्या त्यहाँ उपाय भनेझै समस्या ठुलोकुरा होईन तर, त्यसको सामाधान भने महत्वपुर्ण विषय हो। हामीले हाम्रा पुस्ताको अस्तित्वको लागि विभिन्न पक्षहरुमा केहि संरक्षणका उपायहरु अपनाउदै आईरहेकाछांै। यसका साथसाथै माटोको व्यवस्थापन पनि एउटा पक्ष हो। विग्रीरहेको माटोको अवस्थालाई चौतर्फि संरक्षण गर्दै दिगो रुपमा उत्पादकत्वलाई वृद्धि गर्ने प्रकृया नै दिगो माटो संरक्षण हो।

दिगो माटो व्यवस्थापन भनेको माटोको उत्पादनसिल क्षमताको साथसाथै माटोले प्रदान गर्ने पारिस्थितिक सेवालाई जगेर्ना, संरक्षण र वढावा दिने हो। माटो केवल वाली विरुवाको उत्पादनको लागि मात्र सिमित नभई यसले पानीको सुद्धिकरण, विषाक्त रसायनको निर्मलिकरण, हरित ग्यासको नियमन, जिवजनन्तुको वासस्थान, जैविक विविधता एवं सुक्ष्म जिवाणुलाई आश्रय जस्ता विभिन्न जिवजन्तुको अस्तित्व र जिवनसंग प्रत्यक्ष जोडिएको विषय भएको हुदा दिगो माटो व्यवस्थापन, माटोको जैविक तथा रासायनिक गुणका साथसाथै अन्य विविध पक्षलाई थप विग्रन नदिई संरक्षण गरि थप राम्रो वनाउने अवधारणा हो। दिगो माटो संरक्षण वर्तमान समयलाई मात्र नभई सयौँ पुस्ताको संरक्षण र भावि दिनमा आउने खाद्यसंकट टार्ने अवधारणा हो। तसर्थ कृषि क्षेत्र आज र भोलि मात्र नभई मानव अस्तित्व रहेसम्म उत्तिकै महत्वपुर्ण रहने हुदा र सम्पुर्ण उत्पादन माटोमै हुने हुदा हाल रहेको माटोको अवस्थालाई विग्रन नदिई दिगो माटो संरक्षण गर्नु हामी सवैको दायित्व हो। दिगो माटो व्यवस्थापनका लागि भएका विभिन्न अध्ययन अनुसन्धानवाट विश्वको माटो संरक्षण र वढदो मरुभुमिकरणलाई घटाउनका निमित्त निम्निलिखित कुरामा तत्काल कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

१) भुक्षय रोकथाम

२) प्रांगारीक कार्वन व्यवस्थापन

३) माटोको निराकरण कडापन व्यवस्थापन

४) माटोको अम्लियपनमा सुधार

५) सन्तुलित खाद्यतत्व व्यवस्थापन

नेपालको सन्दर्भमा माटोको भुक्षय तथा क्षयिकरण नै माटोको गुणमा ह्रास आई मरुभुमिकरण हुनुको प्रमुख कारण भएतापनि हाल वढदो व्यवसायिक उत्पादन तथा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जादा माटोको अधिकतम उपयोग भई माटोको रासायनिक तथा भौतिक गुणमा ह्रास आई माटोको क्षमता, गुण र उत्पादकत्वमा ह्रास आउने कुरामा दुईमत छैन। तसर्थ समस्याको पुर्ण प्रभाव पर्नुअघि केही हदसम्म व्यवस्थापनका लागि लाग्नु वुद्धिमतापुर्ण हुनेछ। नेपालको सन्दर्भमा माटोको दिगो व्यवस्थापनका निम्ति कृषि उत्पादन र कृषकसंग जोडिएका सम्पुर्ण कृषिकर्मीहरुले उत्पादन र उत्पादकत्वमा वृद्धिका साथसाथै दिगो माटो व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने आजको आवश्यकता हो।

-लिस्ने जनसञ्चार साप्ताहिकमा प्रकाशित

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी