News Portal

रेडियो सुन्नुहोस्

कृषिमा पर्माकल्चर; किन र कसरी?

नोमराज शर्मा
१२४६ पटक

हाल बिश्वको जनसंख्या दिन प्रतिदिन बढीरहेको छ। जनसंख्याको वृद्धिसँगै खाद्यान्नको माग पनि दिनमा दुई गुणा र रातमा चार गुणाको दरले आकासिईरहेको छ ।एकातर्फ यस्तो भैरहेको छ भने अर्को तर्फ खेतियोग्य जमिनको क्षेत्रफल भने दिन प्रतिदिन घट्दै गईरहेको अबस्थामा अबको कृषि उत्पादन र कृषि क्रान्तिको बाटो भनेकै कम क्षेत्रमा विभिन्न प्रबिधिको प्रयोग गर्दै बढी भन्दा बढी उत्पादन लिनेमा नै केन्द्रित हुने देखिन्छ।

बढदो जनसंख्या वृद्धिले खाद्यान्नको अभाव हुने कुरामा दुईमत भएको छैन तसर्थ खाद्यान्न उत्पादन र कृषि क्रान्तिको लागि दिगो कृषि अबधारणा अबका मार्ग हुन ।

कृषिका विभिन्न आयामहरू जस्तैः परम्परागत ढंगले हाम्रा पुर्खादेखि चलिआएको कृषि, रासायनिक मल विषादीसँगै चलिआएको कृषि, आधुनिक औजार प्रयोग गरि गरिने कृषि, नयाँ किसिमले जीव र वनस्पतिको जीवनमा परिवर्तन गरि गरिने कृषि अनि विषादीरहित कृषि आदि । आधुनिक कृषिको नाममा पृथ्वी नै मरूभूमीकरण हुने खतरा रहेको अवस्थामा पर्माकल्चर कृषिको नवीन आयामको रुपमा उदाएको छ।

सामान्य भाषामा भन्नुपर्दा पर्माकल्चर भनेको त्यो खेती प्रणाली हो। जसमा प्राकृतिक इको सिस्टमको नक्कल गरी विभिन्न बाह वटा सिद्धान्तमा रही कृषि प्रणालीको खाका तयार गरी खेती गरिन्छ। शक्तिहरूको को पुनर्प्रयोग, प्राकृतिक इकोसिस्टम अनुरुपको प्रणाली र अति न्यून मात्रामा बाह्य रासायनिक मलहरूको प्रयोग हुनाले पर्माकल्चरले दिगो कृषिको अवधारणालाई अंगीकार गर्छ।

पर्माकल्चरको इतिहास
यो खेती प्रणालीलाई सन् १९७० को दशकमा दुई सहकर्मी बिल मोलिसन र डिभिड होम्ग्रेनले अस्ट्रेलियामा तयार पारेका हुन्। सुरुवातमा उनीहरूले यसलाई Permanent Agriculture (दिगो कृषि ) को नाम दिएपछि यो छोटकरीमा Permaculture हुन गयो। आधा दशक पछाडि जेम्स लभलकले Gaia Theory प्रकाशित गरी सम्पूर्ण विश्वलाई एक अभूतपूर्ण जीवको रुपमा व्याख्या गरे। मोलिसन र होमग्रेनले निरन्तर रूपमा यसको विकास गरिरहे। नर्वेका दार्शनिक तथा पर्वतारोही नर्ने नायसले Deep Ecology प्रकाशित गरि यो प्रणालीलाई मलजल गरे। समग्रमा भन्नुपर्दा पर्माकल्चर कुनै रकेट विज्ञान होइन र यो सामान्य ज्ञानहरूको प्रयोग गरि प्राकृतिक खेतीको खाकामा काम गर्ने सामान्य हतियार हो ।अनि आधुनिक कृषिको नाममा सिङ्गो पृथ्वीलाई मरुभूमीकरण हुनबाट जोगाउने सर्वोत्तम तरिका हो।
पर्माकल्चरको खाका तयार गर्ने तरिका

डेभिड होमग्रेन (Holmgren ,2007) का अनुसार पर्माकल्चरका १२ वटा सिद्धान्त रहेका छन्।

स्वच्छ वातावरण राख्ने,दीर्घकालीन उत्पादन दिने, अन्य खेती प्रणालीभन्दा कर्यक्षमता बढी हुने, थोरै श्रोत र साधनले पनि धेरै उत्पादन दिने अनि मर्मत संहार खर्च एकदमै कम आउने यस पर्माकल्चर खेती पद्धति करिब एक दर्जन मूल्य र मान्यतामा रहेर गरिन्छ। डेभिड होमग्रेन (Holmgren ,2007) का अनुसार पर्माकल्चरका १२ वटा सिद्धान्त रहेका छन्।

१. हेर र परिचित होउ म कहाँ छु ?, यहाँ के कस्ता शक्तिहरू छन् ? मौसम, भू(सतह, भूगर्भ, हावा, पानि , माटो, हरियालीपन, वन्यजन्तु, सूर्यकिरण स्थानीय रहनसहन र संस्कृतिलाई सबैभन्दा पहिले बुज्नुपर्छ र पर्माकल्चरको खाका तयार गर्दा यी कुरा समावेश गर्नुपर्छ।

२. शक्तिको भण्डारण गर खेर जान नदेउ, शक्ति भन्नाले खाली विद्युतीय शक्तिलाई मात्र बुज्नु हुँदैन । हावा पानी घाम बायोमास आदि शक्तिका श्रोतहरू हुन् । हामीलाई काम गर्ने क्षमता दिने ऊर्जा कहिलै खेर जान दिनु हुँदैन। उदाहरणका लागि वर्षातको पानी उचाइमा सञ्चित गर्नु पनि शक्तिको सञ्चय हो।

३.उत्पादन लिने ः खाका तयार पार्दा सेल्फ(रिलायन्स (आफैँ सक्षम )हुने खालको तयार पार्नुपर्छ। जसका लागि कृषिजन्य सामग्रीको उत्पादन हुनु जरुरी छ। उत्पादनले हामीलाई आर्थिक मजबुतिका साथै हौसला प्रदान गरी सकारात्मकतातर्फ लैजान्छ । उत्पादन भन्नाले खाने कुरा मात्र बुज्नुहुँदैन।

४. स्वमुल्याङ्कन, नियन्त्रण र प्राप्त प्रतिक्रियाको स्वीकार
प्रकृतिसँग काम गर्दै जाँदा त्यसबाट प्राप्त भएको प्रतिक्रियालाई आत्मसाथ गर्दै जानुपर्छ। सकारात्मक कुरालाई अनुशरण गर्नुपर्छ अनि प्रकृतिले स्वीकार नगरेका कुरालाई हटाइदिनु पर्छ । यो नै हामीले पृथ्वीलाई गरेको स्याहार हो।

५. नवीकरणीय श्रोत र साधनको प्रयोगस्
नवीकरणीय श्रोत र साधनको पहिचान गरी अधिकतम प्रयोग गर्नुपर्छ। सुरुवाती लगानी अलिक बढी देखिए तापनि यसले परनिर्भरता हटाई दीर्घकालीनता तर्फ डोहोराउँछ।

६.कुनै पनि वस्तु खेर नफाल्ने
पुन प्रयोग गर्न सक्ने गरी सामग्रीहरूको अधिकतम प्रयोग गर्नुपर्छ। कसैलाई काम नलाग्ने वस्तु अर्कोलाई अति आवश्यक हुन सक्छ। खेर जाने चिजलाई आउटपुट प्रोडक्ट बनाउने होइन कि इन्पुट प्रोडक्ट बनाउनुपर्छ। वस्तुको पुन प्रयोग, कम्पोस्ट मल बनाउने तथा फोहोर नै कम उत्पादन गर्ने वा हुनै नदिने उपायहरू अवलम्बन गर्नुपर्छ।

७. नमुनादेखि परिस्कृत खाका तयार गर्ने प्रकृतिको ढाँचा र समाजको प्रकृति हेरेर पर्माकल्चर को नमुना खाका तथा पूर्ण खाका तयार गर्नुपर्छ। समाज र प्रकृति दुवै पर्माकल्चरका मेरुदण्ड हुन् । डिजाइन तयार गर्दा नै सम्भावित समस्याको त्यही समाधान हुने गरि गर्नुपर्छ ।

८. छुट्टाछुटै भन्दा एकीकृत काम गरौं
हामीले प्रकृतिको जटिल अन्तर्निहिततालाई बुझी एकले अर्कोलाई सहयोग गर्ने खाले खाका तयार गर्नुपर्छ। वस्तु र सेवाको छुट्टाछुटै खाकाभन्दा एकीकृत खाकामा काम गर्नुपर्छ।

९ साना तथा बिस्तारै काम गर्ने समाधान रोजौं
साना प्रणालीहरूले बिस्तारै काम गरे पनि मर्मत गर्न सजिलो हुन्छ । स्थानीय श्रोत र साधनको प्रयोगले दीर्घकालीन राम्रो असर पर्दछ। स्थानीय ज्ञानको प्रयोग गर्दा कतिपय समयमा समस्याको समाधान छिटो हुन सक्छ।

१०. विविधतालाई सम्बोधन र प्रयोग गरौं
पर्माकल्चरले विगत, वर्तमान र सम्भावित जैविक तथा संस्कृतिक विविधतालाई सम्बोधन गर्ने खाका तयार गरौं।

११. सीमा र सीमान्तकृत मान्यता
कुनै दुई सिस्टमको भेट हुने बिन्दु भनेको उत्पादकत्व र स्थिरताको हिसाबले उत्तम मानिन्छ । उत्पादनमा विविधता ल्याउने प्रयासले यस्ता बिन्दुहरू धेरै भेटिन्छ र स्थिरतातर्फ लैजान्छ।

१२. समयान्तरसँगै रचनात्मक प्रयोग गरौं।

समय एकदमै बलबान हुन्छ। हामी समयसँगै अगाडि बढ्नुपर्छ। समयसँगै आएका सुझावलाई रचनात्मक हिसाबले समाधान गर्दै जानुपर्छ।

हामिले अङालिरहेकी प्राविधि कति दिगो छ त यसले भबिस्यमा पार्ने असर के हो भन्ने बिषयमा सोच्नु हाम्रो दायित्व र जिम्मेवारी पनि हो तसर्थ दिगो माटो तथा वातावरणिय संरक्षणको लागि पर्माकल्चर एउटा नबिनतम दिगो प्रबिधी भएको हुदा कृषक बर्गमा यसको जानकारी र प्रयोग आजको आबश्यकता हो।

-लिस्ने जनसञ्चार साप्ताहिकको २०७७। श्रावण ।२० मा प्रकाशित

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी