News Portal

रेडियो सुन्नुहोस्

कृषक स्तरमा कसरी गर्ने त बिषादी ब्यवस्थापन ?

नाेमराज शर्मा १६ भाद्र २०७७
१०५१ पटक
१६ भाद्र २०७७

नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो भन्ने कुरामा दुई मत छैन। हाल कोरोनाको महामारीले आधा विश्व भन्दा बढी लकडाउनको अबस्थामा रहेको छ। यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालको सन्दर्भमा करिव चार महिना लकडाउन गरेता पनि कोरोनाको प्रकोप भने घटेको देखिदैन। विश्वको आर्थिक आकडालाई हेर्ने हो भने कोरोनाको कारण विश्वको अर्थतन्त्रमा ठूलो ह्रास आउने सम्भावना देखिन्छ। नेपालको सन्दर्भमा पनि यो कुरा लागु नहुने कुनै तथ्य छैन। यहि कोरोनाको कारण विश्वमा करिब ३० प्रतिशत मानिसको रोजगारी गुम्ने अर्थविदहरुले प्रक्षेपण गरिसकेका छन। नेपालको सन्दर्भमा पनि धेरै युवाहरु विदेशमा रोजगारीको शिलशिलामा रहेको हुँदा रोजगारी गुम्ने कुरामा दुईमत छैन्। अझ नेपालको सन्दर्भमा धेरै जसो युवा शक्ति स्वदेश भन्दा बिदेशमा रहेका छन्। त्यसमा पनि छिमेकी मुलुक भारतमा युवाहरुको संख्या उच्च रहेको छ।

भारत कोरोनाको इपिसेन्टर बन्दै गर्दा धेरै युवाहरु हाल स्वदेश फर्किएका छन्। केहि महिना लकडाउन मै भारतमा बसेका उनीहरु रित्तै हात घर फर्किनुको पिडा त एकतिर छदै छ अर्को तर्फ कोरोनाको महामारी कहिलेसम्म र रोजगारी गुमाएकाको रोजगारी गुमाउनुको पिडा अर्को तर्फ छदैछ ।भारत लगाएत बिभिन्न खाडी मुलुकबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई अब के गर्ने त भन्ने चुनौतिपुर्ण प्रश्न रहेको छ। यसरी अप्ठ्यारो तथा समस्यामा पर्दा केहि गर्न नसके के गर्ने त भन्ने अबस्थामा आम नेपालीको पेशा कृषि हो भन्ने हो। हाल सम्मको मान्यता अनुसार हामीले विदेशमा उर्जाशिल समय खर्चिसकेपछि स्वदेशमा आएर गर्ने पेशा नै कृषि पेशा हो भन्ने मान्यता रहेको छ। यसरी युवाहरु स्वदेश फर्किएको अबस्थामा नेपाल सरकारबाट पनि ब्यवसायिक उत्पादनमा जोडिन सहज बन्ने निति तथा कार्यक्रमहरु लिएको छ। यस बर्षको बजेटलाई हेर्ने हो भने कुल कृषि क्षेत्रको बजेटको ३० देखि ४० प्रतिशत कोभिड १९ का कारण रोजगारी गुमाएका युवाहरु लक्षित रहेको छ। यसरी निति,कार्यक्रम तथा बजेटलाई हेर्दा नेपालमा पनि युवाहरु मार्फत कृषि ब्यवसायिकरण, बैज्ञानिकिकरण र आधुनिकिकरणको माध्यमबाट कृषि क्रान्ति हुन्छ कि भन्ने आशा गर्न सकिन्छ। जोसिला युवाहरु पक्कै पनि आर्थिक समुन्नतिको कृषि पेशामा लाग्ने हो भने उत्पादन र उत्पादकत्वमा ठूलो परिर्वतन आउने कुरा अनुमान गर्न सकिन्छ।

यसरी कृषि क्षेत्रको क्रान्तिको सपना देखिरहँदा हामीले हाम्रो देशको बर्तमान आकडा हेर्ने हो भने करिब ७ प्रतिशत कृषक जमिनबिहिन छन् भने ७० प्रतिशत कृषकहरु साक्षर र ३० प्रतिशत कृषक निरक्षर नै छन्। वर्तमान अवस्थामा कृषि क्रान्तिको दिशा भनेको कम क्षेत्रफलमा उच्च ब्यवस्थापन गर्दै बढी भन्दा बढी उत्पादन लिनु हो। तसर्थ रोजगारी गुमाएर कृषि कर्ममा होमिएका युवाहरुका विभिन्न तरिकाहरु तालिम तथा सिपहरु प्रदान गर्नु आजको आवश्यकता हो। कम क्षेत्रफलमा बढि उत्पादन लिन बढी भन्दा बढि ब्यवस्थापन गर्नु नै पर्ने अपरिहार्य आवश्यकता हो र बढी ब्यवस्थापन तथा उत्पादनको लागि समुचित मल तथा बिषादीको प्रयोग पनि प्रमुख आवश्यकता हो। यस अर्थमा उत्पादन र उत्पादकत्व बढ्दै जाँदा रासायनिक मल तथा बिषादीको प्रयोग स्वत ः बढ्दै जाने हुन्छ। हाल नेपालको अबस्था हेर्ने हो भने प्रति बर्ष ५६ करोड रुपैयाँको बिषादी आयात हुन्छ। हाल नेपालमा बिषादीको प्रयोगलाई औषत रुपमा हेर्ने हो भने ३ सय ९६ गा्रम प्रति हेक्टर बिषादीको प्रयोग भैरहेको छ। जसमा पनि ८० प्रतिशत भन्दा बढी तरकारी बारीमा प्रयोग भैरहेको छ। उत्पादनको क्षेत्रफल र उत्पादन बढ्दै जाँदा यो मात्रा पनि स्वत ः बढ्ने हुन्छ। हाल कोभिड १९ का कारण बिदेशमा रोजगारी गुमाएर आएका युवाहरु प्राय ः साक्षर नै छन्। जुन अब कृषि कार्यमा लाग्ने देखिन्छ। नयाँ कृषि कर्ममा लागेका युवाहरुमा बिषादी र रसायन सम्बन्धि आवश्यक ज्ञान नहुँदा प्रयोगको मात्रा ह्वात्तै बढ्ने हुन्छ। कृषि सम्बन्धि ज्ञान, सिप र अनुभव नहुँदा बिषादी प्रयोग गर्दैगर्दा बिषादीको प्रयोगको मात्र प्रयोग पुर्व र प्रयोग पछाडी अपनाउनुपर्ने सुरक्षाबारे जानकारी नै छैन। हालको अबस्थालाई हेर्ने हो भने कृषक स्तरमा बिषादी शब्दको प्रयोग नै छैन किन कि उनीहरुले बिषादीलाई औषधीको रुपमा बुझेका छन्। उनीहरुमा मैले प्रयोग गरिरहेको बिषादी कुनै जिवलाई मार्नको लागि प्रयोग गरिएको बिष हो भन्ने कुरा जानकारी नै छैन। कोरोनासंगै विश्वका बिभिन्न देशमा फैलिएको अमेरिकन फौजी किराको प्रकोपले एउटा यर्थाथता के देखाएको छ भने हामीले बिष र बिषादीलाई कसरी बुझेका छौं त ? हामीले बिषादी प्रयोग गर्दा के र कसरी गरेका छौं त भन्ने कुरा प्रष्ट देखिएको छ। हामीले उत्पादन बृद्धिको लागि विभिन्न तरिका अपनाउँदा रोग र किराको प्रकोप पनि स्वतः रुपमा बढ्ने हुन्छ तर कृषक स्तरमा रोग तथा किराको ब्यवस्थापनको लागि के कसरी किन प्रयोग गर्ने भन्ने कुराको ज्ञान नहुँदा कृषकहरुले बालीनालीको रोग किरा भन्दा स्वयम आफ्नै शरिरमा बिषादी हाली स्वयम आफै नै बिषादीको शिकार भैरहेको प्रष्ट देखिन्छ।

कृषकले बिषादी प्रयोग पुर्व यो औषधी होइन बिष हो भन्ने कुरा बुझ्नु पहिलो आवाश्यकता हो भने त्यस प्रश्चात बिषादीको प्रयोग कसरी गर्ने ? प्रयोग गरिसकेपछि तथा गर्दैैगर्दा कसरी सुरक्षित रहने भन्ने कुरा दोश्रो आवश्यकता हो। अहिलेको अबस्थामा कुनै पनि सरकारी, गैर सरकारी तथा निजि क्षेत्रले बिषादीको खुद्रा बिक्री तथा वितरण गर्दा सर्वप्रथम कृषकलाई यो बिष हो औषधी होइन र प्रयोग बिधी उनले बुझ्ने भाषामा बुझाउनु पर्ने प्रमुख जिम्मेवारी हो। नेपालको ग्रामिण क्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट रोग तथा किराको नियन्त्रणको लागि बाली उपचार शिविर संचालन गरिरहेको भएता पनि कृषकले निःशुल्क पाउने लोभमा समस्या लिएर आउने तर प्रयोग बिधि र मात्रा राम्रो संग थाहा नहुँदा पहिलो कुरा त प्रयोग नै नगर्ने र दोश्रो कुरा अन्यन्तै बढी मात्रामा प्रयोग गरि बोटमा भन्दा शरिरमा बढी पर्ने गरि बिषादीको प्रयोग गरिरहेका छन्। बिषादीको अझ नराम्रो पक्ष के हो त भने बिषादीको अवशेष खाद्य श्रङखला बढ्दै जाँदा एकबाट अर्कोमा जाँदा सय गुणा बिषादी अवशेष बढ्छ। बिषादीको असर तत्कालिन भन्दा दिर्घकालिन रुपमा बढ्दै जाने हुन्छ। जसको प्रत्यक्ष उदाहरण हाम्रो छिमेकी मुलुक भारतमा देख्न सकिन्छ। विश्वमा सबै भन्दा बढी अपांगता भएका ब्यक्तिहरु भएको देश भारत हो। जसको प्रमुख कारण अनियन्त्रित बिषादीको प्रयोग हो। हामीले प्रयोग गरेको बिषादीले हामीले चाहेको मात्र किरा मार्ने होइन बिषले जुनसुकै जिवित बस्तुलाई असर गर्दछ भन्ने कुरा कृषक स्तरमा ज्ञान नहुँदा बिषादीको दिर्घकालिन असरको शिकार स्वयम कृषक नै बनिरहेका छन्। सिंगो विश्वलाई खाने उत्पादन गर्ने कृषक दिर्घकालिन रुपमा बिषादीको शिकार भई मर्ने अवस्था अबको केहि समयमै हाम्रो सामु आउन सक्ने अबस्था रहेको हुँदा यस समस्याको निराकरणको लागि कृषक स्तरमा बिषादीको समुचित प्रयोग बारे ज्ञान सिप दिनु सम्पुर्ण कृषि क्षेत्रमा जोडिएको सरोकारवालाहरुको प्रमुख दायित्व हो। कृषक स्तरमा बिषादीको समुचित प्रयोगको लागि सम्पुर्ण सरोकारवाला निकायको ध्यान समयमै जाने हो भने यस समस्यालाई समाधान गर्नु ठुलो कुरा होइन। बिष जस्तो गम्भिर बिषयमा कृषकको जीवन जोडिएको हुनाले कृषकको जीवन सुरक्षाको लागि कृषि क्षेत्रमा कार्य गर्दै आईरहेका सरकारी, गैर सरकारी साथ साथै बिषादी बिक्री वितरणमा जोडिएका निजि क्षेत्रहरुले पनि पहल गर्न आवश्यक छ। तसर्थ………

सर्वप्रथम त रोग किराको प्रकोप र अवस्थालाई राम्रोसंग नियालेर मात्रै ब्यवस्थापनको उपाय बताउने गरौं ताकि हचुवाको भरमा बिषादीको सिफारिस नगरौं। कृषकलाई पहिलो कुरा बिषादी बिष हो औषधी होइन भन्ने कुरा बुझाऔं। बिषादीको प्रयोग पछि अबशेष रहने कुराको साथसाथै बिषादीको तत्कालिन तथा दिर्घकालिन असरबारे राम्रोसंग सिकौं। यदि कुनै कृषक समस्या लिएर आउँछ भने उक्त प्रकोपको अध्ययन राम्रोसंग गरेर सकेसम्म बिषादीको सिफारिस गर्नुभन्दा अन्य तरिकाहरुबारे जानकारी दिऔं। यदि कुनै एग्रोभेटमा कुनै कृषक बिषादी किन्न आउँछ भने एक पटक समस्या सोधौं र समस्या अनुसारको बिषादी सिफारिस गरौं ताकि आफुसंग भएको बिषादी बिक्रि गर्ने नियतले अन्य कुनै बिषादी कृषकलाई भिराएर नपठाऔं।
कृषकले बिषादी किनिसकेपछि प्रयोग मात्रालाई र प्रयोग बिधिलाई उसले बुझ्ने भाषामा दुई तिन पटक नभुल्ने गरि जानकारी गराऔं। कृषकले नबुझेको अबस्थामा नरिसाईकन ३ देखि ४ पटक सम्म निरन्तर रुपमा सिकाऔं ताकि त्यो कुरा उसले घरमा पुग्दा समेत नबिर्सियोस्। जहिले पनि बिष र बिषादीको कुरा गर्दा बिषले मानव शरिरमा पारेका असर र बिषादीको अनुचित प्रयोगबाट भएका समस्याहरुको कथन गरौं।

अन्त्यमा कृषकको समस्याको निराकरणको लागि बिषादी प्रयोग गर्नुपर्ने अबस्था आयो भने सम्बन्धित बिषादी उसलाई दिनुपुर्व प्रयोगको मात्र प्रयोग पुर्व र प्रयोग पछाडि अपनाउनुपर्ने ब्यक्तिगत सुरक्षा मापदण्डबारे उसले बुझ्ने भाषामा जानकारी गराऔं। नेपालको सन्दर्भमा कृषकहरु सामान्य साक्षर मात्र रहेको हुँदा जानकारी दिनुपर्ने कुरा धेरै छन्। यद्यपी सबै कुरा ब्यवहारिकतामा लागु नभएता पनि सामान्य रुपमा कृषक स्तरमा बिषादीको बढी मात्र प्रयोग गर्नु हुँदैन बिषादी प्रयोग गरिसकेपछि निश्चित समय कुर्नुपर्ने हुन्छ। बिषादीको बट्टाहरु जहाँ त्यहि फाल्नु हुँदैन बिषादी बच्चाबच्चीले भेट्ने ठाउँमा राख्नुहुँदैन ।हावा चलेको अबस्थामा बिषादी प्रयोग गर्नुहुुँदैन, सकेसम्म बिषादीको प्रयोग साँझको समयमा गर्नुपर्दछ र बिषादी प्रयोग गर्नेबेला शरिर पुरै ढाकिने गरि कपडा लगाउनुपर्दछ। चस्मा तथा पञ्जाको प्रयोग गर्नुपर्दछ। बिषादी प्रयोग गरिसकेपछि बाँकी रहेको अबशेषलाई सुरक्षित साथ खाल्टोमा गाड्नु पर्ने हुन्छ। बिषादी प्रयोग गर्दैगर्दा धुम्रपान गर्नुहुँदैन जस्ता सामान्य जानकारी कृषक स्तरमा पुग्दा नेपालको सन्दर्भमा करिब ७० प्रतिशत भन्दा बढी कृषक बिषादीको शिकारबाट बच्न सक्दछन। हामी उत्पादन र उत्पादकत्व बढाउने सपना देखिरहँदा कृषि विकासका क्रममा भएका केहि बिनाशहरुलाई पनि सम्झन उत्तिकै आवश्यक छ । एक तर्फ ध्यान हुँदा अर्को तर्फ ठूलो बिनाश भएको थाहै नहुँन सक्छ त्यसैले कृषक स्तरमा विषादीको असर हालको अबस्थामा उच्च रहेको छ। यसलाई समयमै ब्यवस्थापन नगर्दा भबिष्यमा ठुलो समस्या नपर्ला भन्न सकिदैन तसर्थ कृषक स्तरमा बिषादी ब्यवस्थापनको निमित्त सम्पुर्ण सरोकारवालाहरुको ध्यान तत्काल पुग्नुपर्ने देखिन्छ।

साभार ः लिस्ने जनसञ्चार साप्ताहिक मिति २०७७ भदाै ०९ गतेकाे अंक मा प्रकाशित ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी