News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य तर्फका पठन पाठन सुचारु गर्न माग

दीपा घर्ती (पौडेल)१८ भाद्र प्यूठान
११२१ पटक
१८ भाद्र प्यूठान

टि–एसएलसी सरहका स्वास्थ्य क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरुमा पठनपाठन सुचारु गर्न माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ। प्युठान जिल्लामा सिएमए र ल्याव असिस्टेन्ट कक्षा सञ्चालन गर्दै आएको फोर्टिनाईन मल्टी टेक्नीकल इन्स्टिच्युट प्राली विजुवारले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
इन्स्टिच्युटले बुझाएको ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय पठाउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
सरकारले स्वास्थ्य तर्फका सिएमए, ल्याव असिस्टेन्ट, अनमि, आयुर्वेद सहायक यस वर्षदेखि हटाउने निर्णय गरेकोले निर्णय पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको फोर्टिनाईन मल्टी टेक्नीकल इन्स्टिच्युट प्राली विजुवारका अध्यक्ष खिम प्रसाद पार्धेले जानकारी दिए ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली २०५१ को मर्म र व्यवस्था विपरित निर्णय भएकोले ज्ञापन पत्र बुझाउनु परेको इन्स्टिच्युटका अध्यक्ष पार्धेको भनाई छ ।
सिटिईभिटि मार्फत सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुलाई स्तरोन्नतीका लागि समय दिनुपर्नेमा उल्टै कक्षा सञ्चालनमा रोक लगाउनु गलत भएको उनले बताए । उनले भने –“ ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण जनशक्तिको अभाव हुन नदिन समेत टिएसएलसी तहका यी स्वास्थ्य कार्यक्रमका कक्षा सञ्चालन गर्नुपर्दछ।”
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गत साउन ३० गते डिप्लोमा तह भन्दा तलका स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रमहरु यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...