News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य तर्फका पठन पाठन सुचारु गर्न माग

दीपा घर्ती (पौडेल)१८ भाद्र प्यूठान
१०३५ पटक
१८ भाद्र प्यूठान

टि–एसएलसी सरहका स्वास्थ्य क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरुमा पठनपाठन सुचारु गर्न माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ। प्युठान जिल्लामा सिएमए र ल्याव असिस्टेन्ट कक्षा सञ्चालन गर्दै आएको फोर्टिनाईन मल्टी टेक्नीकल इन्स्टिच्युट प्राली विजुवारले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
इन्स्टिच्युटले बुझाएको ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय पठाउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
सरकारले स्वास्थ्य तर्फका सिएमए, ल्याव असिस्टेन्ट, अनमि, आयुर्वेद सहायक यस वर्षदेखि हटाउने निर्णय गरेकोले निर्णय पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको फोर्टिनाईन मल्टी टेक्नीकल इन्स्टिच्युट प्राली विजुवारका अध्यक्ष खिम प्रसाद पार्धेले जानकारी दिए ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली २०५१ को मर्म र व्यवस्था विपरित निर्णय भएकोले ज्ञापन पत्र बुझाउनु परेको इन्स्टिच्युटका अध्यक्ष पार्धेको भनाई छ ।
सिटिईभिटि मार्फत सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुलाई स्तरोन्नतीका लागि समय दिनुपर्नेमा उल्टै कक्षा सञ्चालनमा रोक लगाउनु गलत भएको उनले बताए । उनले भने –“ ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण जनशक्तिको अभाव हुन नदिन समेत टिएसएलसी तहका यी स्वास्थ्य कार्यक्रमका कक्षा सञ्चालन गर्नुपर्दछ।”
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गत साउन ३० गते डिप्लोमा तह भन्दा तलका स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रमहरु यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...