News Portal

रेडियो सुन्नुहोस्

टिकटकद्धारा २ घण्टामा २४ हजार बढी रकम संकलन: मृगौला पिडित जिसीलाई सहयोग

बोम वहादुर परियार२८ भदौ, प्यूठान
१२९३ पटक
२८ भदौ, प्यूठान

नेपाली हर्ट टिकटक ग्रुुुुपले शनिवार दुबै मृगौला पिडीत प्रकाश जिसीलाई २४ हजार २ सय ९९ रुपिँया सहयोग गरेको छ । बिगत डेढ वर्षदेखी दुबै मृगौला फेल भई वुटवलमा उपचार गराईराखेका जिसीलाई टिकटकद्धारा २ घण्टा होस्ट गरी संकलित रकम बाणगंगा नगरपालिका वडा नं ४ कपिलबस्तु पुगी हस्तान्तरण गरिएको हो ।
पछिल्लो समय धेरै मानिसहरुले प्रयोग गर्दै आईरहेको सामाजिक सञ्जाल टिकटक मनोरञ्जन साधन भएपनि यसको माध्यमबाट विभिन्न सामाजिक कार्य गर्दै आएको टिकटकका अन्र्तराष्टिय होस्ट डिल्लीराज पराजुलीले बताउनुभयो । साथ उहाँले भन्नुभयो,– ‘ म प्रत्येक दिन बिहान टिकटकबाट लाईभ होष्टिङ्ग गर्छु । ’ लाईभमा देश तथा विदेशका मानिसहरुसंग कुराकानी गर्दै दुई घण्टामा २४ हजार २९९ सहयोग जुटेको उहाँले बताउनुभयो । विशेष गरी गरिब , अनाथ बालबालिका, विपन्न वर्गका व्यक्तिहरुलाई यसबाट संकलित रकम सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने होष्ट पराजुलीले बताउनुभयो ।
टिकटकबाट संकलित रकम पाएपछि मृगौला पिडित जिसीले आफुलाई केही दिन बाच्नका लागि हर्ट गु्रप टिकटक सहारा बनेकोमा खुसी व्यक्त गर्नुभयो । जिसीको एक छोरा र एक छोरी र श्रीमती छन् । प्युठानको झिमरुक गाउँपालिका वडा नं ४ बांगेमरोटमा स्थायी ठेगाना भएका जिसी हाल कपिलबस्तुमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। जिसीले आर्थिक अभावका कारण डाईलासिस गर्न समस्या परेको र थप सहयोगका लागि पनि अपिल गर्नुभएको छ ।
टिकटक ग्रुुुुपमा सहयोग गर्ने देशविदेशका सहयोगदाताहरु निम्नानुसार हुनुहुन्छ ।
१) सुस्मा मगर माण्डवी गाउँपालिका रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,०००÷–
२) डिल्लीराज पराजुली प्युठान नगरपालिका वडा नं ८ बाग्दुला प्युठान ः १,००० ÷–
३) रेस्मी आले काठमाण्डौ ः १,००० ÷–
४) भुवन सिंह प्युठान ः १,००० ÷–
५) रमेश बस्याल पाल्पा (हाल दुबै) ः १,००० ÷–
६) काजिमान तामाङ्ग (शुभलक्ष्मी) काठमाण्डौ ः १,०५० ÷–
७) मिना वली प्युठान ः १,००० ÷–
८) सञ्जु सम्झना फुर्याल(काठमाण्डौ) ः ५००÷–
९) क्षेत्री सोमा (काठमाण्डौ) ः १,००० ÷–
१०) अविरल थापा (प्युठान) ः १,००० ÷–
११) निरुता विष्ट रुकुम(हाल काठमाण्डौ) ः १,०५५ ÷–
१२) मनोज कार्की भक्तपुर ( हाल युएसय) ः ५,०७८÷–
१३) सुगम रिजाल ः प्युठान ः १,१०५ ÷–
१४) मोनिका बोगटी (काठमाण्डौ) ः १,००५ ÷–
१५) चुरामणी खड्का (रुकुम) ः१,००० ÷–
१६) अम्बीका खनाल बुद्धभूमि ४ कपिलबस्तु ः २,०००÷–
१७) निरुता निरौला बृतामोट झापा ः १,००० ÷–
१८) मगर ईच किङ्ग कैलाली ः ५०१÷–
१९) क्षितिज बेल्बासे बुद्धभूमि कपिलबस्तु ः १,००५ ÷–
२०) दिलबहादुर घर्ती रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,००० ÷–
उक्त नेपाली टिकटक गु्रपले यस अघि प्युठानका स्वर्गीय बालक थारुप मगरको परिवारलाई १४ हजार रुपिँया सहयोग समेत गरेको थियो । आगामी दिनमा पनि टिकटकबाट संकलित रकम सामाजिक क्षेत्रमा लगानी लगाउने होष्ट पराजुलीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली हर्ट गु्रपका सदस्य अविरल थापा, सुगम रिजाल, अम्बिका खनाल, पदम खनाल, प्रेस सल्लाहाकार बोमबहादुर परियार, वुटवलका शिव पोख्रेल र गणेश सापकोटा समेतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...