News Portal

रेडियो सुन्नुहोस्

टिकटकद्धारा २ घण्टामा २४ हजार बढी रकम संकलन: मृगौला पिडित जिसीलाई सहयोग

बोम वहादुर परियार२८ भदौ, प्यूठान
१३९८ पटक
२८ भदौ, प्यूठान

नेपाली हर्ट टिकटक ग्रुुुुपले शनिवार दुबै मृगौला पिडीत प्रकाश जिसीलाई २४ हजार २ सय ९९ रुपिँया सहयोग गरेको छ । बिगत डेढ वर्षदेखी दुबै मृगौला फेल भई वुटवलमा उपचार गराईराखेका जिसीलाई टिकटकद्धारा २ घण्टा होस्ट गरी संकलित रकम बाणगंगा नगरपालिका वडा नं ४ कपिलबस्तु पुगी हस्तान्तरण गरिएको हो ।
पछिल्लो समय धेरै मानिसहरुले प्रयोग गर्दै आईरहेको सामाजिक सञ्जाल टिकटक मनोरञ्जन साधन भएपनि यसको माध्यमबाट विभिन्न सामाजिक कार्य गर्दै आएको टिकटकका अन्र्तराष्टिय होस्ट डिल्लीराज पराजुलीले बताउनुभयो । साथ उहाँले भन्नुभयो,– ‘ म प्रत्येक दिन बिहान टिकटकबाट लाईभ होष्टिङ्ग गर्छु । ’ लाईभमा देश तथा विदेशका मानिसहरुसंग कुराकानी गर्दै दुई घण्टामा २४ हजार २९९ सहयोग जुटेको उहाँले बताउनुभयो । विशेष गरी गरिब , अनाथ बालबालिका, विपन्न वर्गका व्यक्तिहरुलाई यसबाट संकलित रकम सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने होष्ट पराजुलीले बताउनुभयो ।
टिकटकबाट संकलित रकम पाएपछि मृगौला पिडित जिसीले आफुलाई केही दिन बाच्नका लागि हर्ट गु्रप टिकटक सहारा बनेकोमा खुसी व्यक्त गर्नुभयो । जिसीको एक छोरा र एक छोरी र श्रीमती छन् । प्युठानको झिमरुक गाउँपालिका वडा नं ४ बांगेमरोटमा स्थायी ठेगाना भएका जिसी हाल कपिलबस्तुमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। जिसीले आर्थिक अभावका कारण डाईलासिस गर्न समस्या परेको र थप सहयोगका लागि पनि अपिल गर्नुभएको छ ।
टिकटक ग्रुुुुपमा सहयोग गर्ने देशविदेशका सहयोगदाताहरु निम्नानुसार हुनुहुन्छ ।
१) सुस्मा मगर माण्डवी गाउँपालिका रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,०००÷–
२) डिल्लीराज पराजुली प्युठान नगरपालिका वडा नं ८ बाग्दुला प्युठान ः १,००० ÷–
३) रेस्मी आले काठमाण्डौ ः १,००० ÷–
४) भुवन सिंह प्युठान ः १,००० ÷–
५) रमेश बस्याल पाल्पा (हाल दुबै) ः १,००० ÷–
६) काजिमान तामाङ्ग (शुभलक्ष्मी) काठमाण्डौ ः १,०५० ÷–
७) मिना वली प्युठान ः १,००० ÷–
८) सञ्जु सम्झना फुर्याल(काठमाण्डौ) ः ५००÷–
९) क्षेत्री सोमा (काठमाण्डौ) ः १,००० ÷–
१०) अविरल थापा (प्युठान) ः १,००० ÷–
११) निरुता विष्ट रुकुम(हाल काठमाण्डौ) ः १,०५५ ÷–
१२) मनोज कार्की भक्तपुर ( हाल युएसय) ः ५,०७८÷–
१३) सुगम रिजाल ः प्युठान ः १,१०५ ÷–
१४) मोनिका बोगटी (काठमाण्डौ) ः १,००५ ÷–
१५) चुरामणी खड्का (रुकुम) ः१,००० ÷–
१६) अम्बीका खनाल बुद्धभूमि ४ कपिलबस्तु ः २,०००÷–
१७) निरुता निरौला बृतामोट झापा ः १,००० ÷–
१८) मगर ईच किङ्ग कैलाली ः ५०१÷–
१९) क्षितिज बेल्बासे बुद्धभूमि कपिलबस्तु ः १,००५ ÷–
२०) दिलबहादुर घर्ती रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,००० ÷–
उक्त नेपाली टिकटक गु्रपले यस अघि प्युठानका स्वर्गीय बालक थारुप मगरको परिवारलाई १४ हजार रुपिँया सहयोग समेत गरेको थियो । आगामी दिनमा पनि टिकटकबाट संकलित रकम सामाजिक क्षेत्रमा लगानी लगाउने होष्ट पराजुलीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली हर्ट गु्रपका सदस्य अविरल थापा, सुगम रिजाल, अम्बिका खनाल, पदम खनाल, प्रेस सल्लाहाकार बोमबहादुर परियार, वुटवलका शिव पोख्रेल र गणेश सापकोटा समेतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...