News Portal

रेडियो सुन्नुहोस्

२ सय वढी युवाहरु नेकपामा प्रवेस, प्रदेस सांसद रिजालद्वारा पार्टीमा स्वागत

युवाहरु उत्पादन, श्रम र रोजगारीमा जोडिनुपर्छ: सांसद रिजाल

सिखबर संवाददाता२२ कार्तिक, प्यूठान
१८८४ पटक
२२ कार्तिक, प्यूठान

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेसवाट २ सय १२ युवा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन्। प्यूठान नगरपालिका ८ दम्ती निवासी महेश पाण्डेको नेतृत्वमा नेकपा प्रवेश गरेका युवाहरुलाइ प्यूठान जिल्ला निर्वाचन क्षेत्र १(ख) वाट निर्वाचित प्रदेशसभा सांसद हरिप्रसाद रिजालले पार्टीमा स्वागत गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल प्यूठानको आयोजनामा प्यूठानको वाग्दुलामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा युवाहरु प्रवेश गरेका हुन। प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै रिजालले अवको मुलुकको राजनितीको मुलप्रवाहमा युवाहरुको भुमिका महत्वपुर्ण हुने वताउनु भयो। समृद्घ नेपाल सुखी नेपालीको सपना साकार गर्न युवाहरु उत्पादन, श्रम र राजनितीमा जोडिनुपर्ने वताउनु भएको छ। आर्थिक समृद्घीका लागि श्रम र उत्पादन जरुरी रहेको र मुलुक परिवर्तनका लागि सुदृढ राजनिती जरुरी रहेको भन्दै उहाँले आजका युवाहरुले उत्पादन, श्रम र राजनीतिलाइ सापेक्षित हिसावले अगाडि वढाउनुपर्ने वताउनु भयो।

कार्यक्रममा वोल्दै नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले पार्टीलाई सुदृढ वनाउदै यहि पार्टीले मुलुक समृद्घीको सपना साकार पार्ने वताउनु भयो।
यस्तै नेकपा प्यूठानका सचिव कृष्ण अधिकारी प्रकासले नेपाल कम्युनिष्ट पार्टी एकता, संघर्ष र रुपान्तरणको प्रक्रियावाट एकढिक्का भई मुलुकको विकासको प्रक्रियालाई अगाडि वढाउने वताउनु भयो।

राष्ट्रिय युवा संघ नेपाल प्यूठानका संयोजक सुरज मगरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रिजाल प्रमुख अथिती रहनुभएको थियो। भने, नेकपा प्यूठानका अध्यक्ष तुल्शिराम शर्मा, सचिव कृष्ण अधिकारी, कार्यालय सदस्यहरु, जिल्ला सदस्यहरु, विभिन्न तहमा निर्वाचित जनप्रतिनिधी, युवा संघका केन्द्रिय सदस्य, विध्यार्थी संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक, एवं जिल्लामा क्रियासिल नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो। राष्ट्रिय युवा संघ प्यूठानका सहसंयोजक बिशेक थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अनेरास्ववियु प्यूठानका कार्यालय सदस्य दिलवहादुर दसौदीले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...