News Portal

रेडियो सुन्नुहोस्

२ सय वढी युवाहरु नेकपामा प्रवेस, प्रदेस सांसद रिजालद्वारा पार्टीमा स्वागत

युवाहरु उत्पादन, श्रम र रोजगारीमा जोडिनुपर्छ: सांसद रिजाल

सिखबर संवाददाता२२ कार्तिक, प्यूठान
२०२३ पटक
२२ कार्तिक, प्यूठान

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेसवाट २ सय १२ युवा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन्। प्यूठान नगरपालिका ८ दम्ती निवासी महेश पाण्डेको नेतृत्वमा नेकपा प्रवेश गरेका युवाहरुलाइ प्यूठान जिल्ला निर्वाचन क्षेत्र १(ख) वाट निर्वाचित प्रदेशसभा सांसद हरिप्रसाद रिजालले पार्टीमा स्वागत गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपाल प्यूठानको आयोजनामा प्यूठानको वाग्दुलामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा युवाहरु प्रवेश गरेका हुन। प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै रिजालले अवको मुलुकको राजनितीको मुलप्रवाहमा युवाहरुको भुमिका महत्वपुर्ण हुने वताउनु भयो। समृद्घ नेपाल सुखी नेपालीको सपना साकार गर्न युवाहरु उत्पादन, श्रम र राजनितीमा जोडिनुपर्ने वताउनु भएको छ। आर्थिक समृद्घीका लागि श्रम र उत्पादन जरुरी रहेको र मुलुक परिवर्तनका लागि सुदृढ राजनिती जरुरी रहेको भन्दै उहाँले आजका युवाहरुले उत्पादन, श्रम र राजनीतिलाइ सापेक्षित हिसावले अगाडि वढाउनुपर्ने वताउनु भयो।

कार्यक्रममा वोल्दै नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले पार्टीलाई सुदृढ वनाउदै यहि पार्टीले मुलुक समृद्घीको सपना साकार पार्ने वताउनु भयो।
यस्तै नेकपा प्यूठानका सचिव कृष्ण अधिकारी प्रकासले नेपाल कम्युनिष्ट पार्टी एकता, संघर्ष र रुपान्तरणको प्रक्रियावाट एकढिक्का भई मुलुकको विकासको प्रक्रियालाई अगाडि वढाउने वताउनु भयो।

राष्ट्रिय युवा संघ नेपाल प्यूठानका संयोजक सुरज मगरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रिजाल प्रमुख अथिती रहनुभएको थियो। भने, नेकपा प्यूठानका अध्यक्ष तुल्शिराम शर्मा, सचिव कृष्ण अधिकारी, कार्यालय सदस्यहरु, जिल्ला सदस्यहरु, विभिन्न तहमा निर्वाचित जनप्रतिनिधी, युवा संघका केन्द्रिय सदस्य, विध्यार्थी संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक, एवं जिल्लामा क्रियासिल नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो। राष्ट्रिय युवा संघ प्यूठानका सहसंयोजक बिशेक थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अनेरास्ववियु प्यूठानका कार्यालय सदस्य दिलवहादुर दसौदीले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...