News Portal

रेडियो सुन्नुहोस्

सम्झनामा पृथ्वी नारायण शाह

सिता न्यौपाने
११०९ पटक

सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेको छ। यस्ता तेजस्वी राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम संवत् १७७९ पौष २७ मा गोरखाका राजा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको कोखबाट प्रथम पुत्रको रूपमा जन्म भएको थियो। पृथ्वी नारायण शाहको बलिदान नेपाली पहिचान संग जोडिएको छ । हामी नेपाली स्वदेश तथा विदेश संसारको जुनसुकै कुनामा रहेपनि हाम्रो देश नेपाल र हामी नेपाली पहिचानबाट परिभाषित र परिचित हुने गर्दछौ। यसकारण सम्पूर्ण नेपालीहरूको आवाज सधैँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको एवम् राष्ट्रिय एकताको पक्षमा एकताबद्ध हुने गर्दछ।
पृथ्वीनारायण शाहलाई
आधुनिक नेपालको राष्ट्रनिर्माता मानिन्छ ।
यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
२००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा विभिन्न कार्यक्रम गरेर सबै नेपालीले मनाउदै आएका छन् । पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू(भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको थियो ।वि.सं. १८७३ सालमा सुगौली सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो । उनले काठमाण्डौ खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए।
त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए। उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे(मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे।
केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्। केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए।गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो। चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले। पूर्वतिरको अभियान भने केही सहज देखियो। पृथ्वीनारायणको सेना सजिलै नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो। यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुप¥यो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन्। उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो। तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन।
विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको ’पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार ’पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते’ भन्ने विवरण भेटिन्छ । विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ’नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ’पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो’ भन्ने उल्लेख छ।
तात्कालिक परिस्थिति हेर्दा पृथ्वीनारायण शाह राजा भएकाले उनले कहिल्यै सिकार खेलेनन् होला भन्न त सकिँदैन। रामजी उपाध्यायको ’नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा ’पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनको मृत्यु भयो’ भन्ने उल्लेख छ। सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ। सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र?
उनले त ’अब म बाँच्दिन’ भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको हामीले सुन्न पाइन्छ ।
पृथ्वी नारायण शाहको बलिदान नेपाली पहिचान संग जोडिएको छ ।
हामी नेपाली स्वदेश तथा विदेश संसारको जुनसुकै कुनामा रहेपनि हाम्रो देश नेपाल र हामी नेपाली पहिचानबाट परिभाषित र परिचित हुने गर्दछौ। यसकारण सम्पूर्ण नेपालीहरूको आवाज सधैँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको एवम् राष्ट्रिय एकताको पक्षमा एकताबद्ध हुने गर्दछ। राष्ट्रभक्ति र देशप्रेमी सबै नेपालीहरूको एकताका सूत्रधार तथा विशाल नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहको प्रेरणाको सन्देशले स्वाभिमानी वीर गोरखाली सम्पूर्ण नेपालीहरूको उत्साह र उमङ्गको साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती हरेक पौष २७ गते राष्ट्रिय चाडको रूपमा पृथ्वी नारायण शाहको स्मरणमा श्रद्धा सुमन अर्पण गर्दै गर्दा राष्ट्रिय एकताको अझ धेरै ऊर्जाशील शक्ति प्रदान गरेको छ।
विश्व महान् चित्रमा नेपालको अस्तित्व र संसार भरी नेपालीहरूको महत्त्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वी नारायण शाह नै हुन।
पृथ्वी नारायण शाहको बलिदान नेपाली पहिचान संग जोडिएको छ ।
हामी नेपाली स्वदेश तथा विदेश संसारको जुनसुकै कुनामा रहेपनि हाम्रो देश नेपाल र हामी नेपाली पहिचानबाट परिभाषित र परिचित हुने गर्दछौ। यसकारण सम्पूर्ण नेपालीहरूको आवाज सधैँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको एवम् राष्ट्रिय एकताको पक्षमा एकताबद्ध हुने गर्दछ। राष्ट्रभक्ति र देशप्रेमी सबै नेपालीहरूको एकताका सूत्रधार तथा विशाल नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहको प्रेरणाको सन्देशले स्वाभिमानी वीर गोरखाली सम्पूर्ण नेपालीहरूको उत्साह र उमङ्गको साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती हरेक पौष २७ गते राष्ट्रिय चाडको रूपमा पृथ्वी नारायण शाहको स्मरणमा श्रद्धा सुमन अर्पण गर्दै गर्दा राष्ट्रिय एकताको अझ धेरै ऊर्जाशील शक्ति प्रदान गरेको छ।
विश्व महान् चित्रमा नेपालको अस्तित्व र संसार भरी नेपालीहरूको महत्त्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वी नारायण शाह नै हुन। यदि नेपाल देश नभएका भए हामी अहिले नेपाली पहिचानले परिचित हुन सक्ने थियनौं । त्यसैले हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइन्छ । यो दिन पृथ्वी जयन्ती मात्र नभई सिङ्गो राष्ट्रको राष्ट्रिय एकता दिवस तथा नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिनको रूपमा पनि स्मरण गरिन्छ। पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेका छ। यस्ता तेजस्वी राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम संवत् १७७९ पौष २७ मा गोरखाका राजा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको कोखबाट प्रथम पुत्रको रूपमा जन्म भएको थियो।
नेपालको एकीकरणको क्रममा स(साना राज्य रजौटामा बाँडिएको बाइसे तथा चौबिसे राज्यहरूलाई आधुनिक नेपालको खाकामा एकत्रित गरी विशाल नेपालको राष्ट्रनिर्माण गर्ने पृथ्वी नारायण शाह नै थिए । त्यसैले पृथ्वी नारायण शाहको सम्झनामा हरेक साल संसार भरका नेपालीहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाह विक्रम संवत् १७९९ साल चैत्र २५ गते, राम नवमीका दिन २० वर्षको उमेरमा गोर्खामा राज्यारोहण गरेका थिए ।पृथ्वी नारायण शाहको समयमा लिखित कानुनी व्यवस्था नभए पनि प्रचलन र परम्परा तथा मानवीय संवेदनाका आधारमा राज्य सत्ता चल्ने गरेको इतिहासकारहरूले बताउने गर्दछन् ।अहिले जस्तै मौलिक अधिकारको अवधारणा र कुनै सङ्गठित शैक्षिक संरचनाहरू भएको पाईदैन। तर पनि त्यस समयमा ज्ञान अनुसार धर्म, कर्मकाण्ड तथा सामाजिक मानसम्मान र सामुदायिक शिष्टाचारका आधारमा राम्रो(नराम्रो छुट्टौने गरिन्थ्यो ।प्रजातान्त्रिक समाजवादको विकास भएको पाईदैन। पुरातनवादी सोच थियो। औपचारिक रूपमा अर्थ शास्त्रको ज्ञान नभए पनि पृथ्वी नारायण शाहको चत्तुराई, कुशल नेतृत्वको कारणले राजनीतिक रूपमा त्यो अत्यन्त स्थिर राज्य व्यवस्था थियो । गोर्खा राज्य आर्थिक रूपमा सम्पन्न नभएको कारणले छिमेकी राज्यहरूसित लड्न सक्ने क्षमता पनि थिएन। तर संसार साम्राज्यवादीहरूको बिस्तारवादको चपेटामा परि सकेको थियो।पृथ्वी नारायण शाहलाई एउटा ठुलो चुनौतीपूर्ण प्रश्न र नेपालको एकीकरण गर्ने महत्त्वाकाङ्क्षी अवसर पनि थियो।
विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले नुवाकोटको युद्धमा पराजयको सामना गर्नुभएकाले आवश्यक हातहतियारहरू संकलनार्थ बनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे।बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह धेरै चिन्तित थिए । उता ब्रिटिस साम्राज्य इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा सनातन धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अंग्रेजले अनेकौँ अत्याचारहरू गरेको देखेपछि हिमवतखण्ड क्षेत्रलाई जोगाउन पृथ्वीनारायण शाहले हिमवतखण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जागृत भएका थिए।
नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ। पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक वि.सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले नुवाकोटमाथि हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धि गरेको पनि इतिहासकारहरूको भनाई छ उक्त सन्धि अनुसार दुवै राज्यबिच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो।
नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाडौँ र गोरखा बिचमा पर्ने नुवाकोट भू(भागलाई जितेर काठमाडौँमा प्रवेश गरेका थिए। काठ्माण्डौको चन्द्रागिरि डाँडाबाट जब काठमाडौँलाई नियालेका थिए।
नेपाल विश्वको प्राचीनतम मुलुकमध्ये एक भएकोले हामी सम्पूर्ण नेपालीहरू गौरव महसुस गर्दछौ। नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत्खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । तत्कालीन समयका अति प्रभावशाली लिच्छवि राजाहरूको पतन पछि क्रमशः विभिन्न सानाठूला राज्यहरू बन्दै र भत्कँदै पनि गए ।
पृथ्वी नारायण शाहले काठमाडौँलाई राजनीतिक राजधानी बनाई यहाँको कला,संस्कृतिको इज्जत(आमद, वैभव र उच्चतम मर्यादालाई आत्मसात् गरेको पाइन्छ। हिन्दु र बौद्धको प्राचीन सभ्यतालाई समानान्तर विकास गरी आपसी सद्भाव बढाउन पृथ्वी नारायण शाहको आधुनिक तथा बहुआयामिक र राजनीतिक दुरदर्शिता एवम् दीर्घाकालीन एकीकरणले राजा पृथ्वीनारायण शाह महत्त्वाकाङ्क्षा मात्र थिएन ।
उनले दिएका ‘दिव्योपदेश’ र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा बहुजाति र बहुभाषी सम्पूर्ण नेपालीहरूको नेपाल एउटा साझा फूलबारीका रूपमा देख्न चाहे ।
हिमवत्खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरी राष्ट्रिय सेनाको निर्माण एउटा ठुलो प्रयोगको उपलब्धि थियो ।
आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छन् । नव एकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटक पटक लडाइँ लडेका थिय । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । सबै जातजाति धर्म र क्षेत्रलाई साथमा लिएर नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकार पृथ्वीनारायण शाह नै हुन् भन्नेमा कुनै विवाद नै छैन ।
त्यसैले त अब उनी सम्झना मा मात्र छन ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...