News Portal

रेडियो सुन्नुहोस्

सापडाडामा प्रयोगशाला सेवा सुरु

सिखबर संवाददाताअसार ३१, २०७८/प्यूठान
९७० पटक
असार ३१, २०७८/प्यूठान

प्यूठान नगरपालिका वर्डा नं ३ सापडाडा स्वास्थ्यचौकिमा प्रयोगशाला सहितको सेवा सुरु भएको छ । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले आज एक कार्यक्रमका विच प्रयोगशाला सहितको सेवाको उदघाटन गर्नुभएको हो ।

प्यूठान नगरपालिका सहित माण्डवी गाउँपालिकाको केही भुभाग र मल्लरानी गाउँपालिकाको केही भुभागका सेवाग्राहिले समेत सेवा लिने उक्त स्वास्थ्य चौकिमा प्रयोगशालामा सेवा सुरु भएसंगै त्यस क्षेत्रका सेवाग्राही प्रत्यक्ष रुपमा लावान्वित हुने भएका छन् ।

प्रयोगशाला सेवाले नगर क्षेत्रका जनतालाई सानो समस्याको परिक्षणका लागी धेरै रकम र घन्टौँ समय खर्च गर्नुपर्ने वाध्यता घटाउने अपेक्षा गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो । “ यो सेवा सुरु भएसंगै नगरपालिका वासिन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने नगरपालिकाको विश्वास छ ।” नगरप्रमुख कक्षपतीले भन्नुभयो– “हामिले सवै स्वास्थसंस्थाहरुमा विस्तारै प्रयोगशाला सहितको सेवा सुरु गर्ने योजना वनाएका छौँ ।”

उपमेयर शान्ता आचार्यले नगरपालिकाको निती, कार्यक्रम, योजनाअनुसार जनतालाई सेवा प्रवाहको प्रत्यक्ष महसुस हुनेगरी कार्यसञ्चालन गरिने वताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी , वडाअध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...