News Portal

रेडियो सुन्नुहोस्

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न

स्वर्गद्धारी नगरपालिका लागू अाैषधकाे प्रभावमा छैन नगर प्रमुख : राेकाय

सिखबर संवाददाताअसार १२ प्यूठान
२१२० पटक
असार १२ प्यूठान

लागू औषध दुरुपयोग तथा ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०७५ मंगलवार देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैवीच प्यूठान जिल्लाका विभिन्न स्थानीय तहहरुले यस दिवसलाई भव्य तरिकाले मनाएका छन । प्यूठान जिल्ला भित्रको दुई नगरपालिकामा विशेष गरेर यस दिवसलाई मनाइएको छ । प्यूठान नगरपालिकामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर यस दिवसलाई मनाईएको छ। ।

स्वर्गद्वारी नगरपालिकामा प्रभातफेरि कार्यक्रम गरि लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । इलाका प्रहरी कार्यालय भिंग्री, स्वर्गद्वारी नगरपालिका स्तरिय लागू औषध विरुद्धको समिति तथा स्वर्गद्वारी नगरपालिकाको कार्यालय भिंग्री, प्यूठान प्लस ‐सेभद चिल्ड्रेन (ग्लोवल फण्ड) विजुवार प्यूठानको सहआयोजनामा कार्यक्रममको आयोजना गरिएको हो । ¥यालीमा सहभागीहरुले लागु औषध विरुद्ध लागू पदार्थको सेवन, गयौ जीवन, लागू पदार्थको नशा जीवनको दशा लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेर जलुके देखि भिंग्री सम्म ¥याली निकालेर कोणसभामा परिणत भएको थियो ।

कोेणसभा कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकायले स्वर्गद्वारी नगरपालिकामा लागू औषधको प्रभाव नभएको बताउनुभयो । तर छैन भनेर हुदैन यो भाेली जुनैैवेला पनि आउन सक्छ भन्दै समयमै सजग बन्न सबैलाई अनुरोध गर्नुभयो । लागू औषधको ओसारपसार र प्रयोगले गर्दा मान्छेको जीवन वर्वाद हुने र त्यसमा संलग्नलाई कानुनी कारवाही हुने भएकाले यस्ता खालका कुकार्यमा कोही कसैपनी नलाग्न सबैलाई सचेत गराउनुभयो ।

स्वर्गद्वारी नगरपालिका स्तरिय लागू औषध दुव्र्यसन विरुद्धको समितिका संयोजक गोमा रेग्मीको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममाको संचालन पत्रकार गोविन्द विश्वकर्माले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा भिंग्रीका प्रहरी प्रमुख घनश्याम केसीले लागू औषध दुव्र्यसन विरुद्ध दिवसलाई आफूहरु सँग समन्वय गरी कार्यक्रमलाई भव्य, सभ्य बनाउन सहयोग गर्नुहुन स्वर्गद्वारी नगरपालिका नगर प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, ¥यालीमा सहभागी विद्यालयका विद्यार्थी पत्रकार, समाजसेवी, बुद्धिजीवी उद्योगी, व्यापारी, लगायत सबै सरोवकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो। लागू औषधले मान्छेको जीवन नाशका साथै थुप्रै खालका नकरात्मक कार्यहरुको उत्पन्न गर्ने भएकाले लागू औषध देखि सधै टाढा रहनु पर्ने र यो दिवस मनाइरहदा दिवसले मात्र लागू औषधको नियन्त्रण गर्न नसक्ने भन्दै यसलाई कार्यन्वयनको पाटोमा लैजानुपर्ने बताउनुभयो। साथै उहाँले लागू औषध विरुद्धको अभियानलाई सफल पार्नको लागि सबैको सहयोग, र सल्लाहवाट मात्र संभव हुने भएकाले यसलाई सबैले आफ्नै अभियानको रुपमा बुझेर अगाडी बढ्नको लागि सबैमा अनुरोध गर्नुभयो ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । यस वर्षको नारा भने यूवा र बालबालिकाका कुरा सुन्नु नै उनीहरुलाई स्वस्थ र सुरक्षित राख्ने प्रथम चरण हो भनेर उल्लेख गरिएको छ । वास्तवमा घर परिवार अनि समाजले आफ्नो कुरा र आवाज नसुनिदिएकाले नै धेरे यूवाहरु लागुऔषको दलदलमा परेको पाइन्छ, तसर्थ यूवाहरुको अनि बालबालिकाको पनि कुरा सुनिदिने वातावरण को आवश्यक्ता धेरै छ ।

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताँउदछन् । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वमा गएको शताव्दीवाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको पाइन्छ, लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरुको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन् । सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयूक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागुऔषध प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर १७ वर्षपछि दोब्बर भन्दा धेरै भएको अनुमान छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्यावाट अछुतो छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै बिभिन्न रोगहरु जस्तै एचआईभी, हेपाटाईटीस लगायतहरु पनि यसैकारणले पनि सर्ने गर्दछ ।

नेपालमा पनि लागुऔषधको कारोवार र प्रयोग सन् १९६० पश्चातको हिप्पी सस्कारपछि बढ्दै गएको पाइन्छ। गाँजाको अनाधिकृत खेति र प्रयोग अनि भारतवाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यबस्थाका कारणले अहिले नेपाल पनि लागुऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर बिभिन्न लागुऔषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुख्खलाग्दो कुरा हो ।

उता नेपालमा कमजोर राज्यव्यबस्थाको उपयोग गर्दै लागुऔषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरुको सञ्जाल बिमानस्थल, भन्सार, सिमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । सामान्य बैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलाशी लिने अनि दुख्ख दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागुऔषध ल्याइन्छ तर त्यो भने देखिन्न । आजको दिन हामीसबैले लागुऔषधको कारोवार र तस्करका बिरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ है । अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा सबैको यस तर्फ ध्यान जाओस् ।

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...