News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

झुलेनी नेटवर्क २०८२ भदाै २९ गते
८७१ पटक
२०८२ भदाै २९ गते

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ ।
जिल्लाका मुख्य – मुख्य बजारहरुमा चहलपहल बढेको छ भने विद्यालयहरु पनि खुलेका छन् । जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आएको नमस्ते यातायात प्रा.लि.का कार्यकारी निर्देशक दिल बहादुर दसौदीले जानकारी दिए । दशैं नजिकिदै गर्दा गाउँबाट किनमेल गर्न स्थानीय बजार झरेका छन् ।
जिल्लामा निषेधाज्ञा र कर्फ्यू हटाएर जिल्ला कारागार खलंगा वरिपरि आईतबार दिउसो ३ बजेदेखि अर्काे सूचना नआएसम्म निषेधाज्ञा जारी गरिएको छ । कारागारको २५ मिटर वरिपरिको क्षेत्रभित्र ५ जनाभन्दा बढि व्यक्ति जम्मा भई कुनै भेला,जुलुस,प्रर्दशन,बैठक,सभा,घेराउजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

जेन – जी आन्दोलनका क्रममा जिल्लामा नेकपा (एमाले),नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ । विभिन्न माग राखेर जेन–जी समुह भदौ २३ गतेदेखि आन्दोलनमा उत्रिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...