News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

झुलेनी नेटवर्क २०८२ भदाै २९ गते
६४२ पटक
२०८२ भदाै २९ गते

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ ।
जिल्लाका मुख्य – मुख्य बजारहरुमा चहलपहल बढेको छ भने विद्यालयहरु पनि खुलेका छन् । जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आएको नमस्ते यातायात प्रा.लि.का कार्यकारी निर्देशक दिल बहादुर दसौदीले जानकारी दिए । दशैं नजिकिदै गर्दा गाउँबाट किनमेल गर्न स्थानीय बजार झरेका छन् ।
जिल्लामा निषेधाज्ञा र कर्फ्यू हटाएर जिल्ला कारागार खलंगा वरिपरि आईतबार दिउसो ३ बजेदेखि अर्काे सूचना नआएसम्म निषेधाज्ञा जारी गरिएको छ । कारागारको २५ मिटर वरिपरिको क्षेत्रभित्र ५ जनाभन्दा बढि व्यक्ति जम्मा भई कुनै भेला,जुलुस,प्रर्दशन,बैठक,सभा,घेराउजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

जेन – जी आन्दोलनका क्रममा जिल्लामा नेकपा (एमाले),नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ । विभिन्न माग राखेर जेन–जी समुह भदौ २३ गतेदेखि आन्दोलनमा उत्रिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...